Saturday, May 2, 2009

गजल







-इन्द्र नारथुंगे
बोझ धेरै भयो देशमा थाप काँध भाइ
रातो कफन फुकालेर निलो बाँध भाइ

सबै मान्छे आफन्तै हुन् कोही छैन पर
एक हुन नदिने त्यो भत्काउ बाँध भाइ

केही छैन असम्भव आँटे पुग्छ सबै
अँध्यारोलाई हटाउने बन चाँद भाइ

कोही हिड्न नसक्लान् यो शान्ति यात्रामा
तिमी अझै स्वस्थ छौ हाल छाँद भाइ

एक थियौं एकै छौं एकै रहन्छौं हामी
दुनियालाई ब्यूँझाउनु छ गर नाद भाइ


-ईन्द्राणीपोखरी, खोटांग

No comments: