Friday, April 24, 2009

गीत









मैले बुझें तिम्रो बानी

-आचार्य प्रभा
मैले बुझें तिम्रो बानी, गल्ती गर्ने जानी-जानी
जब सत्य बुझ्न खोज्दा अनि गर्छौ आनाकानी

फाईदा जब लिन खोज्छौ, बोल्छौ तिमी आफ्नै ठानी
बेफाईदाको कुरा बुझे टाढा हुन्छौ पराई मानी

मैले सोँचे तिम्रो काहानी, स्वार्थ लुट्दै हिँड्ने बानी
जब अर्थ लाउन खोज्दा अनि भन्छौ 'हुइन म बेइमानी'

स्वार्थ लुट्न जब सोँच्छौ, बन्छौ तिमी साह्रै ज्ञानी
आफ्नो हिसाब जब मिल्छ अनि बन्छौ बेहिसाबी

मैले बुझें तिम्रो बानी ,गल्ती गर्ने जानी-जानी
जब सत्य बुझ्न खोज्दा अनि गर्छौ आनाकानी
(यात्राको क्रममा सिंगापुरमा रहदा रचना गरिएको गीत )


हाल: अमेरिका


2 comments:

Resam,Nayabazar,Ktm said...

Prabha g, geet man chhune khaalko chha.Keep it up!

Collection from world said...

Prabha Madam, koi yastai hunchhana satya lukaaera pandita banchhana, ke garne yastai chha chha kaliyugako kalilo mana, aba ke garau ta mana ta bujhaaunai paryo ni haina ta.....

anyway Super song keep it up.