Friday, April 24, 2009

गजल








-केशब आचार्य
तिमीसँग जिन्दगीको धेरै कुरा गर्नु थियो
ओभानो त्यो तिम्रो सिउँदो सिन्दूरले भर्नु थियो

उजाड यो जिन्दगी यो सधैंभरी आफ्नो लागि
चन्दा मागी तिमीसँग माया केही छर्नु थियो

आँधी चल्छ छाती भित्र निराशाको भेल संगै
परिसक्यो जिन्दगी यो भुमरीमा पर्नु थियो

आफ्नै बाटो आफ्नै साथ जिन्दगीको यात्राभरी
झरिसक्यो कोपिलामै जिन्दगी यो झर्नु थियो


-अमेरिका

No comments: