
-नेपोलियन मरहट्टा
१)
बहकिने मनको पनि बह फरक भएपछी ,
बराबर हुन्न आँसु गह फरक भएपछी ।
बराबर हुन्न आँसु गह फरक भएपछी ।
देख्दिन म कोही पनि पुर्णिमाको चकोर झैँ,
कस्ले हेर्छ ? जुनेलीलाई चह फरक भएपछी ।
कस्ले हेर्छ ? जुनेलीलाई चह फरक भएपछी ।
रस खाई मौरी पनि भुल्दो रैछ फूललाई,
हरेक फूलै पिच्छे उस्को मह फरक भएपछी ।
हरेक फूलै पिच्छे उस्को मह फरक भएपछी ।
मेरो मन्ले तिमी भित्र सकेन है पौडी खेल्न,
तिम्रो मन्को दह भित्र रह फरक भएपछी ।
तिम्रो मन्को दह भित्र रह फरक भएपछी ।
ढिलै भए पनि आज एउटा कुरा बुझेँ मैले,
नजोडीदो रैछ मन तह फरक भएपछी ।
नजोडीदो रैछ मन तह फरक भएपछी ।
२)
कार्यालय भित्र फाइल रोक लागेपछी,
पास गर्छ हाकिमले भोक लागेपछी ।
काम हुन्छ तपाईंको,खल्ती छाम्नु भयो भने,
अड्किदैन त्यस्को हातको तोक लागेपछी ।
सुन खान पायो भने नून बिर्सिदिन्छ उस्ले,
होटेलमा व्हिस्की,बियर,कोक लागेपछी ।
सजिलो छ, हामीलाई पनि आज भोली,
कानूनको ठेली उस्लाई जोक लागेपछी ।
जात,धर्म,ईमान,जमान,पैसा जम्मा भई
के हुन्न र ? एकै ठाउँमा सबैथोक् लागेपछी ।
पास गर्छ हाकिमले भोक लागेपछी ।
काम हुन्छ तपाईंको,खल्ती छाम्नु भयो भने,
अड्किदैन त्यस्को हातको तोक लागेपछी ।
सुन खान पायो भने नून बिर्सिदिन्छ उस्ले,
होटेलमा व्हिस्की,बियर,कोक लागेपछी ।
सजिलो छ, हामीलाई पनि आज भोली,
कानूनको ठेली उस्लाई जोक लागेपछी ।
जात,धर्म,ईमान,जमान,पैसा जम्मा भई
के हुन्न र ? एकै ठाउँमा सबैथोक् लागेपछी ।
-चितवन
ईमेल: nepoleon_b@yahoo.com
No comments:
Post a Comment