Sunday, March 29, 2009

गजल










-कुसुम ज्ञवाली
भोकभोकै बस्नुपर्छ, एक्लै सबै खान्छु भन्दा
उल्टै लाग्छ आफैंलाई, अरुलाई हान्छु भन्दा

निर्दोशलाई बाँध्न खोज्दा , आफ्नै खुट्टो नेलमा पर्छ
आफ्नै जमिन धस्किने छ , सबको खुट्टो तान्छु भन्दा

पराजय निश्चित छ, वैर गर्र्यौ सबै सित
भासिने छौ तिमी आफैं, एक्लै पहाड थाम्छु भन्दा

अति गरे खति हुन्छ, भन्थे बुढापाकाहरु
समयले खोस्छ सधै, एक्लै सबै लान्छु भन्दा

बन्दुकले जित्ने हैन, मन जित्ने ठूलो मान्छे
आफ्नो सीमा तोक आजै, जनताले मान्छु भन्दा


-काठमान्डौ

No comments: