Wednesday, March 25, 2009

कबिता












अबिरल नदी

-आचार्य प्रभा
'अबिरल' नदी भएर बग्नु पर्दछ तिमीले
खहरेको भेल हुनुहुन्न कहिल्यै
शिशिर बसन्त भएर धर्ती सजाउनु पर्छ तिमीले
उजाड मरुभूमि बनेर 'ब्याकुल' हुनुहुन्न कहिल्यै ।
तिमीले त उद्देश्य र आकांक्षाका पुरक भएर बाँच्नु पर्छ
खिन्नता र बेदनालाई पन्छाएर हाँस्नु पर्छ
तिमी अटल क्षितिज बनेर रंगिनु पर्छ
उदासी र फिक्का नभलाई तिमीले रंगाउनु पर्छ ।
तिमी आशाबादी मात्र हुनुहुन्न
पीडा छ मनमा भनेर रुनु हुन्न
तिमीले त कठोर र शाहसी बनेर अघि बढ्नु पर्छ
सघर्ष र समस्यासँग सधैं लड्नु पर्छ ।
दिवास्वप्न सजाएर भ्रममा फस्नु हुन्न तिमीले
झुठो मायाको पासो कस्नु हुन्न तिमीले
तिमीले त मनुष्यत्वको उदाहरण हुनु पर्छ
तिमीले त 'अबिरल' बग्ने नदी नै हुनुपर्छ ।



-अमेरिका

No comments: