Saturday, March 21, 2009

गजल











-राम बाबु न्यौपाने
फोन गरी जिस्काउनेलाई देख्न पाए कस्तो हुन्थ्यो
बोली सुन्दै मन छोयो भेट्न पाए कस्तो हुन्थ्यो

यै फोनमा माया बस्यो चिनजान हाम्रो भाको छैन
कलेज तिर जाने बाटो छेक्न पाए कस्तो हुन्थ्यो ।

उनको दिलमा मेरो चित्र कोर्न पाए कस्तो हुन्थ्यो
उनीबाटै उनकै मन चोर्न पाए कस्तो हुन्थ्यो

न्यानो माया दिन्छु भन्छिन् उन्को रूप देख्या छैन
उनीसँग अँगालिँदै घुम्न पाए कस्तो हुन्थ्यो

विदेशमा आएपछि माया लाउन पाको छैन
उनी रुँदा झर्‍या आँसु पुछ्न पाए कस्तो हुन्थ्यो

मुस्कुराउँदा मस्किन्छिन् रे चन्द्रमाको चाँदनी झै
भरिएका जवानी रस चुस्न पाए कस्तो हुन्थ्यो


-सिङ्गापुर
ईमेल: RamBabu.Neupane@kbr.com

No comments: