घनघस्याको उकालोदेखि ऐसेलुखर्कसम्म
-डा.रामराज पन्थी
फागुनको तेस्रो हप्ता हाम्रो टोली ऐसेलुखर्क स्वास्थ्य शिविरमा जाने निधो भयो । खोटाङ्गको बसाई बल्ल १ वर्ष व्यतित भएको थियो । मनमनै त्यस ठाउँमा पुग्ने कल्पना त गरेको थिए तर बिना कार्यक्रम निस्कन ज्यादै गाह्रो । संयोग गर्दा जान पाइयो । हाम्रो ८ जनाको टोली दिक्तेलबाट अगाडि बढ्यो । यो भौगोलिक रमणिय खोटाङ्ग मनमोहक डाँडा पाखा पहिलो उकालो काट्नु साँच्र्चै चानचुने होइन । मेरो मानसपटलमा घनघस्याको उकालो नाचिरह्यो ।
मलाई साथीको सल्लाह ठिकै लाग्यो । मुढेको जाडोको राम्रो बन्दोबस्त नगरेको भए चिसोले मुटुनै हल्लाउला जस्तो भएको थियो । मैले बाक्ला लुगा, झोलामा कोचेको थिए । यो ठाउँ साच्चै दिक्तेलको उचाईमा रहेको रमणीय बौद्ध धर्मावलम्बीको ध्वजा पटाकाले स्वागत गरेको जस्तो भान पर्दथ्यो । पाखा पखेरा राम्रो देखिए पनि मुढेको उब्जाउ मुख्य आलु रहेछ । यहाँक्ो लेकाली आलुको वर्णन सुनेको थिए । हामीहरू यहाँ थोरै विश्रामपछि चिया पिएर अगाडी बढछौ । माक्पाको वास करिब करिब निधो भए तापनि हामीसँग रहेको मित्रले जालपा हुादै जाँदा निकै राम्ररी हिँड्नु पर्ने सुझाव दिइसकेका थिए । रुपाकोट डाँडो झट्ट हेर्दा चिया बगान जसतो देखिने तल नागबेली सकडमा गाडी ओहोर दोहोरले गर्दा दार्जीलिङ्गको सम्झना हुने । यहाँबाट चाँदी जस्तो टल्कने चित्राकर्षक हिमालहरू झन सामिप्य भए जस्तो लाग्थ्यो । यी सेताम्य अटल हिमाल सायद खोटाङ्ग जिल्लामा पर्दैनन् क्यार अर्का सहभागी साथीले अथ्र्याए । यसरी हामीहरू जाल्पाको बाटो ओरालो लाग्यो । जाल्पा पुग्दा झण्डै साँझ बिजुलीको पिलपिले उज्यालोले मेरो मन हषिर्त बनायो । स्थानीय व्यक्तिहरूको सामूहिक प्रयासले गर्दा यो श्वेत कोइलाको मिमिर्रे प्राय स्थानियका घरमा देखिन्थ्यो । बाटो अप्ठ्यारो भएपनि स्कुल, चौतारी, धारो, पानी सबैले गर्दा मलाई कास्ीको ह्यान्जाको संझना आयो । जहाँ म २०४७ सालतिर भाईलाई भेटन गएको थ्उि । तावाखोलाको झोलुङ्गपुल तरेर गणेशजीको घरमा त्यस दिनको रात बित्यो ।
यहाँबाट बिहानै हिँड्ने योजना बनाएअनुसार चिया पिएर सबै जना माक्पाको उकालो लाग्यौं । स्थानीय व्यक्तिहरू यस ठाउँबाट एैसेलुखर्क २ घण्टामै पुग्न सक्ने रहेछन तर हामीलाई भने २ घण्टामा पार गर्न निकै हम्मे पर्ने भयो । केही समयपछि नै तिर्खाले सतायो धारोमा प्यासको धित मायौ र त्यसपछि माक्पाको आधी उकालोमा पुग्ने पहिलो प्रयत्न गर्यौ । हामी सिस्टरहरूसँग भएकोले पनि हिडाई सहज भयो । त्यस विहान मेनुका राई कहाँ पुग्नु थियो बल्ल बल्ल पुग्यो । हाम्रै स्टाफ भएकोले परिवारमा घुलमिल हुन बेर लागेन । हल्का विश्रामपछि बिहानीको खाना त्यहाँ खाएर हामी माक्पाको बाक्लो बस्तीमा पुग्यौं । त्यहाँ उच्च मा। वि., हुलाक, हेल्पो पोटार मन्दिर आदिले हामीलाई कता कता बजारको अनुभव गरायो । त्यस ठाउँमा समाजसेवी दानविर क्या. मानबहादुर राईलाई पनि भेटयौ । उहाँ मेरा पिता तुल्य व्यक्ति साह्रै मिजासिला र दृढ ईच्छाशक्ति भएको पायौं ।
हामीहरू ठाडै उकालो लाग्दै चौतारीमा बस्दै पानी खादै क्यामेरामा अनुहार कैद गर्दै साच्चै ऐसेलुखर्क आई पुग्यौं । यो ठाउँ २०।२२ साल तिर सोलुखुम्बु जिल्लाको सदरमुकाम रहेछ । हेर्दा दोहोरो मिलेका ढुङ्गे छानो र कमेरो र रातो माटोले पटुका कसेका घरहरू देख्दा मलाई मेरै गुल्मी जिल्लाका घरहरूको झझको आयो ।
हामीहरू २ दिन लगाएर आएको यो स्थानको वर्णन गर्न गाह्रो छ । हामीले दिक्तेलबाटै देखिने केही हिम चुचुराहरू जे जस्तो अवस्थामा देखिन्थे यहाँबाट पनि सोही अवस्थामा अर्थात सम दुरि जस्तो लाग्दा अचम्म लाग्यो र मेरा मनको भ्रम हिमालको काखैमा छु भन्ने हटेर गयो । करिब २०७० मि। को उचाईमा रहेको यो रमणिय ठाउँ जाडो भने ज्यादै बढि महसुस भयो । हाम्रो प्रतिक्षामा रहनु भएका विशेष गरि लोक नेपालका अध्यक्ष धनकुमार राई लगायत स्थानीय संघ सस्थाका व्यक्तित्वसँग भेट हुँदा न्यानो अनुभव भयो । चार दिनका आँखा एवं स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविरको प्रारम्भ भोलीदेखि हुने कुरा प्रचार प्रसारको माध्यमबाट थाहा नै थियो । शिविरको तैयारी पूरा भएको हामीले पुग्दा खेरि नै थाहा पायौं । श्री त्रिभुवन उच्च मा. वि. को प्रागणमा सञ्चालन भएको पाइयो । हाम्रो टोलीसँग आँखा अस्पतालको टोलीको भेटपश्चात निकै खुसि लाग्यो । टोलीका साथीहरू आˆनो आˆनो धुनमा रहेको देखे पनि मलाई भने प्राकृतिक सौन्दर्यले आकषिर्त गराई रहृयो । हिमाली भाग वनपाखा जीवनशैली साह्रै लोभलाग्दो थियो । विधिवत कार्यक्रम सुरू भएपछि चार दिनमा हामीले करिब १५०० जनाको स्वास्थ्य परीक्षण गर्यौँ ।
हाम्रो स्वास्थ्य शिविर पनि महिला प्रजनन सम्बन्धी बढी केन्दि्रत हुने निधो भएको थियो । त्यसै कारणले होला हामीले महिलालाई जे जस्तो समस्य भइ पनि पाठेघरसम्बन्धी समस्यालाई कहिलै सोध्न छोडेनौँ । यो ग्रामीण भेगका अधिकांश महिलाहरूमा पाठेघरको समस्या रहेको देखियो । लजालु स्वभावका यहाँ महिलाहरू अधिकांश साँझ र घरायसी कामको बोझले गर्दा आˆनो स्वास्थ्यसम्बन्धी हेरचाह गरेको देखिएन पाठेघर आङ्ग खस्ने मुख्य कारणहरू-धेरै सन्तान जन्माउनु, जन्मान्तर थोरै समय हुनु, प्रसूति कालमा आराम तथा राम्रो आहार नहुनु, सुत्केरी स्वास्थ्य संस्थामा नगराई परम्परागत किसिमले घरैमा गराउनु, धेरै बोझिलो -गह्रौ) भारी बोक्नु, घरका परिवारजनबाट काममा सहयोग नपाउनु, शारीरिक रोज जस्तै दम, खोकी लाग्नु र सूर्तिजन्य पदार्थको सेवन गर्नु आदि कारणले गर्दा आङ्ग खस्ने समस्यालाई स्थानीयस्तरमा हामीले ठयाक्कै मेल खाने कुरा पायौ । ज्यादै दयनिक स्वास्थ्य अवस्था हुँदा मात्र बल्ल तल्ल दिक्तेलअस्पतालसम्म पुगेको पाईयो । हामीले अस्थायी आङ्ग खस्ने समस्याको समाधान रिङ्ग राखेर र स्वास्थ्य शिक्षा दिएर कर्तव्य पूरा गरेको महसुस गर्यौँ तर यहाँ काम गर्न धेरै बाँकी रहेको छ ।
छोटो अवधिमा लोभै लाग्दो वातावरणमा हामीले वडो सहज किसिमले शिविर सम्पन्न गर्यौँ । यसको व्यवस्थापन मूलतः लोक नेपाल, स्थानीय हेल्पिङ्ग हेण्डस, उद्योग वाणिज्य सङ्घ र राजनैतिक कर्मीहरूले लिएका रहेछन् ।
यही क्रममा स्थानीय आमाबुवासँग पनि चिनापर्चि गर्ने मौका मिल्यो । यो रमणीय ऐसेलुखर्क साँच्चै सगरमाथाको काखमा दुध कोशीले सिमांकन गरी लमतन्न परेको छ । यहाँका अधिकांश व्यक्तिहरूको चाहाना मोटर बाटो र बिजुलीको भरपर्दो व्यवस्था रहेछ । साँच्चै यो ठाउँ विगतमा सोलु, सल्ले, फाप्लुसँग व्यापारिक नाका रहेछ । यो चहलपहल अहिले ज्यादै न्यून रहेको स्थानीयबासिन्दा बताउँछन् ।
विगत १०-१२ वर्ष जन युद्धको चपेटमा यो ठाउँ पनि अछुतो रहेनछ । सायद ६०-६१ साल तिरको दोहोरो भिडन्तको त्रासदि ऐलेसम्म पनि बिर्सन सकेका छैनन ऐसेलुखर्कबासीहरूले । त्यो भीडन्तमा कैयौँले ज्यानै गुमाए तर कसैको पनि हारजित भने भएन भन्छन् बृद्ध बुवा आमाहरू । किन भने जसको ज्यान गयो जताको भए पनि नेपाली नै थियो/हाम्रै दाजुभाई थियो । त्यसैले सम्झन्दै आँखा रसाए एक महिलाका ।
हाम्रो बिदाई हुने कार्यक्रम पहिले नै तय भएको थियो । हाम्रो यात्रा भरी राताम्य लालीगुराँसका फूलले गला सजिएका र अविरले राता अनुहार रङ्गिएको अवस्थामा हामीले गला अवरुद्द पार्दै बिदा लिने भयौँ । शिविर कार्यको जनसमुदायले मुक्तकण्ठले प्रशंसा गरे । फेरि पनि यस्तै कार्यक्रम लिएर तपाईहरू माझ रहने बाचा पनि गर्यौँ । हाम्रो गन्तव्य एकमन सोलुतर्फ लाग्ने कि भन्ने दोधारमा पनि थियो तर ज्यादै चिसो र असिनासहितको वषर्ाले गर्दा बिना पूर्व तयारी हाम्रै टोली अगाडी बढन सकेन र अन्ततोगत्वा पुरानै पदचापलाई पच्छयाउदै हामी दिक्तेल तर्फ नै हानीयौ ।
अब हामीलाई जाल्पाको उकालो ठूलो चुनौती बनेर पर्खेको थियो । हामीले बिहानीको सुर्योदयसँग पुरै उकालो सकी हाल्यौँ । यसरी आठौँ दिनमा दिक्तेलमा आइ पुग्यौँ ।
यस जिल्लामा पर्यटन व्यवसायको सम्भाव्यता प्रचुर छ । पूर्वको पशुपतिनाथले चिनिने प्रसिद्ध हलेसी महादेवस्थानको परिचय आफँै प्रयाप्त छ । त्यस्तै अति अग्लो पहाड त्याम्के । वराहा पोखरी व्यवस्थित गर्न सकेमा आन्तरिक एवं वाहृय पर्यटनको विकास हुने थियो । यहाँका हस्तकला एवं अन्य साना तिना घरेलु उद्योगले समेत आर्थिक टेवा पुग्न सक्ने थियो ।
खोटाङ्ग जिल्लाको जुनसुकै भागमा गए पनि प्राकृतिक रमणिय छ तर सबै ठाउँमा यातायातको व्यवस्था छैन । यदि यातायातको समुचित व्यवस्था भई दिएको भए नेपालको राम्रो आकर्षक जिल्ला बन्ने कुरामा दुईमत छैन । यहाँबाट दक्षिणतर्फ बग्ने अनेकन खोला नालाबाट बिजुली निकाल्न सकिने हो भने साच्चै सबैको घर झुपडीको मुहार फेरिने थियो । बिजुलीबाट उद्योग कलकारखानाहरू खुल्ने थिए र यहाँका जीवनस्तर माथि उठ्ने थियो । यद्यपि यहाँका युवाहरू वैदेशिक रोजगारीतर्फ आकषिर्त छन् तर स्वदेशमै काम पाउँदा कसलाई पो जान मन लाग्थ्यो र ?
(साभार: गोरखापत्र )
Thursday, March 26, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment