Thursday, February 5, 2009

कबिता

कवि र जिम्मेवारी

-कृसू क्षेत्री
कवि
जङ्गलमा
कविता लेख्न एक्लै टोलाइरहेको छ
कविकै छेउमा
उफ्रँदै खेलिरहेको छ
भर्खरै जन्मेको मृगको बच्चा ... ।
जङ्गलमा
सिंह छ
बाघ छ
चितुवा छ
ब्वाँसो छ
भालु छ
सबै भोकाएका छन्
यस्तोबेला
आमाको दूध खाँदै गरेको
त्यो मृगको बच्चा बचाउनुपर्ने
जिम्मेवारी छ कविमाथि ... ।
छेउको समुद्रमा
गोही छ
र्सार्क छ
हृवेल छ
अक्टोपस छ
हिपोपोटामस छ
यस्तोबेला
तिर्खाएर पानी खान
किनारमा उभिएको
त्यो मृगको बच्चा बचाउनुपर्ने
जिम्मेवारी छ कविमाथि ... ।
घाँसे मैदानमा
अजिंगार छ
किङकोब्रा छ
गोमन छ
करेत छ
एनाकोण्डा छ
यस्तो बेला
घाँस चर्दै गरेको
त्यो मृगको बच्चा बचाउनुपर्ने
जिम्मेवारी छ कविमाथि ।
नीलो आकाशमा
बाज छ
चिल छ
गिद्द छ
काग छ
चमेरो छ
यस्तोबेला
घाम तापेर निदाइराखेको
त्यो मृगको बच्चा बचाउनुपर्ने
जिम्मेवारी छ कविमाथि ।
छेउको सहरमा
भगवान छ
राजा छ
नेता छ
सेना छ
व्रि्रोही छ
र, सबैको नङ्ग्रा पलाएको छ
दाह्रा उम्रिएको छ
बन्दुक बोकेर
शिकार खेल्न
जङ्गलतर्फदौडदै गरेको दृश्य छ
यस्तोबेला
खेल्दै उफ्रँदै गरेको
त्यो मृगको बच्चा बचाउनुपर्ने
जिम्मेवारी छ कविमाथि ।
चारैतिर
असुरक्षाको घेरामा
मृत्युको मुखमा परेको
त्यो मृगको बच्चाको
सुरक्षित भविष्य सोचेर
अहँ ! कविले लेख्न सकेन
कुनै नयाँ कविता ।

No comments: