Monday, January 5, 2009

गजल












-भावना पोखरेल
अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर
ढाल्यौं बाहिरी तानाशाहा आफू भित्रकै ढलेन हजुर ।

समानताका कुराहरु डिनर लञ्जसँगै खायौं
गोलीको घाउमा डण्डा बस्र्यो हाम्रो पानी चलेन हजुर ।

टुटे पहाड भनिएका झुके देउता बन्नेहरु
बरफ बन्छु भन्छ आगो यथास्थिति गलेन हजुर ।

चियाउँदै छन् दुलैबाट आधा जलेका साँपहरु
हाम्रा सपना जल्न थाले बेथिति यो जलेन हजुर ।

कहाँ सक्छन् भोकै बस्न बरु बिक्छन् ठूलाघरे
बरु काटिए हाम्रा हात कसैको पाउ मलेन हजुर ।

-ठमेल, काठमान्डौ

1 comment:

Anonymous said...

भावना जी,
ताकी ताकी हानिरहेछ, कुसंस्कारले हामीलाई
लाग्छ भनेर देख्दा देख्दै पनि छलेन हजुर

कति कति विरोधका, राँकोहरु सल्काउँ भन्थे
देख्दा ज्वाला थियो नै तर, मनबाट बलेन हजुर

कसलाई पोख्नु र यो व्याथा सारा नेपाली माझ
ठूला के दोष सानो नि माथि गएर कम दलेन हजुर
desunone@yahoo.com