Monday, January 5, 2009

गजल













-अनिता वाग्ले
फेरि तिमीलाई सम्झिएर रुन्न अब यो अनिता
तिम्रो प्रेममा पागल जस्तो हुन्न अब यो अनिता

जती खानु खाइसके पिरतीमा चोटहरु
बिरहमा आशुले मन धुन्न अब यो अनिता

काला गए गोरा आउछन मेरा अघि पछि लाग्ने
फेरि फर्की तिम्रो तस्वीर छुन्न अब यो अनिता

बैस हुँदा ऐश हुन्छ खुट्टा भए जुता कत्ती
जानी सकी आफ्नो बाटो चुन्न अब यो अनिता

या त जलोस् तिम्रो चित्ता या खरानी म भए पनि
चाहदिन तिम्रो बोली सुन्न अब यो अनिता

हाल: सिङ्गापुर


3 comments:

Anonymous said...

अरुलाई पर्दा अनिता छे अनितालाई कोही छैन ……

विम्ब गजल संग्रह २००७ मलेसिया

Anonymous said...

feri pani breck up???

Anonymous said...

unko yaadma tadpiyera rudaina....
vaytarindai pagal jasto hudaina...

yo gajal aaj vanda ak saal aghi tapaikai nikat ko ak jana sathile lekheko thiyo jasto lageko chha malai,
amir, ipoh