Monday, January 5, 2009

गजल













-निराजन बतास
भेटिदैछन् ओइलिएका डाली बाटोभरि ।
जीवन माग्ने रित्ता-रित्ता थाली बाटोभरि ।

कतिखेर धस्किएर हिलोमा डुब्ने हो ज्यान
टेक्दा -टेक्दै हिड्नु पर्ने आली बाटोभरि ।

मेरो राम्रो तेरो नराम्रो भन्छन् सबै यसै
कसले कसको सुन्ने यहाँ गाली बाटोभरि ।

एउटा रुँदा अर्को हाँस्ने मान्छे बुद्धिमानी
ठेस लाग्दा अट्टाहसका ताली बाटोभरि ।

अझै पनि चेतनामा ताराहरु चम्किरहेछ
कहिले होला विहानीको लाली बाटोभरि ।

-काठमान्डौ (त्रिबि, कीर्तिपुर)


1 comment:

Anonymous said...

तपाई त,
गजल लेखेरै भएपनि पाउनुहुन्छ ताली बाटोभरी
आफ्नो खे कै भनुँ जीवन नै खाली खाली बाटोभरी

अलि कति केही गरौ भन्दै अघि बढि टोपले
तर जताततै सोभुयाउने फटाहा जाली बाटोभरी

आफ्नो मान्छे भनेर नै साथ मैले दिएको हो
सियो मात्रै देख्थे पहिले आजकल फाली बाटोभरी

दिनदिनै हुँदा रहेछन् सुन्दरी प्रतियोगिता जताततै
राम्री त कहाँ गइन आपुूलाई त काली बाटोभरी ।

desunone@yahoo.com