Sunday, January 4, 2009

गीत







त्यो रातको कथा मेरो

-दीपक जडित
त्यो रातको कथा मेरो तिमीलाई सुनाउदिन
भागी - भागी टाढा भएँ तिमी सामु आउँदिन ।

ईन्द्रेणी परेको आकाशमा तिमीलाई ब्यर्थै खोजेँ
हजारौं फूलहरु छाडेर भिरकै फूल किन रोजें
यि आँखामा फेरी अब सपना सजाउँदिन
त्यो रातको कथा मेरो तिमी लाई सुनाउँदिन ।

निर्दोश मेरा यि आँखाहरुमा तिम्रो तस्वीर सजाएथें
कोमल मेरो यो हृदयमा तिम्रै संगीत बजाएथें
यो मुटु मा फेरी अब धून बजाउँदिन
त्यो रातको कथा मेरो तिमी लाई सुनाउँदिन ।

त्यो रातको कथा मेरो तिमीलाई सुनाउदिन
भागी - भागी टाढा भएँ तिमी सामु आउँदिन ।


-गौरादह - ३ , झापा , नेपाल
हाल : एँकरेज , अलास्का, युएसए

1 comment:

Unknown said...

खुशी लाग्यो मेरो गीत यता देखेर । यस ब्लगको सफलताको शुभकामना !