Thursday, January 1, 2009

गजल

-ज्ञानुवाकर पौडेल
हेर्दाहेर्दै जिन्दगी भो आज कति उजाड लौ हेर !
महङ्गो पर्यो समयसितको त्यो खेलबाड लौ हेर !!

बाँडेर खुसी जिन्दगीभर पियो जसले केवल आँसु
खोसिएको आज उसैको मुखको माड लौ हेर !!

पुगे को-को शिखरमा बनाएर क-कसलाई भरयाङ्ग
सेकिने हो भोलि क-कसको ढाड लौ हेर !!

सुरु भो खेल चटकेको परिणाम अब के होला
साँपसित छ मित्रता उसको प्रगाढ लौ हेर !!

मजस्तो अग्लो यो दुनियाँमा छैन कोही भन्थ्यो
देख्नथाल्यो अब उँटले पनि पहाड लौ हेर !!

No comments: