Friday, December 19, 2008

गजल

-गरिमा सुब्बा
गर्व लाग्छ मलाई कान्छा तिम्रो सिन्दुर लाएकी छु
भाग्यमानी रहेछु कान्छा मैले तिमीलाई पाएकी छु

मारे पाप पाले पुण्य मर्जी अब तिम्रो नै हो
बाबु माइती छोड़ी कान्छा तिम्रो समीप आएकी छु

जत्रै आधी तूफान चलोस छुटने छैन हाम्रो साथ
यसै भनी मैले कान्छा कसम पनि खाएकी छु

यति मिठो तिम्रो माया सधै भरी मेरै रहोस
भाकल गर्दै मैले कान्छा धेरै मन्दिर धाएकी छु

यो जन्म मात्र होइन तिम्रो सिन्दुर लाउने रहर
जन्मौ जन्म मैले कान्छा तिमीलाई नै चाहेकी छु

-नर्थ बोस्टोन

3 comments:

Debendra Khapung said...

-देवेन्द्र सुर्केली

आफैमा उभिएर जिउनुछ अर्वौ अर्व कान्छी
जाबो मेरो सिन्दुर लाएर किन गर्व कान्छी ।

म त भाग्य होइन तिम्रो न भविष्य तौलने
मान्छेमाथि विश्वास राख्दै किन बर्ब कान्छी ।

हुनसक्छ म पनि तिमीजस्तै पागल बनुला नै
तर यत्रो सामू फैलाउने किन पर्व कान्छी ।

सिन्दुर लायौ माइती छाड्यौ मलाई पायौ
माया हाम्रो सदा रहोस् किन लर्ब कान्छी ।

लर्ब - लर्बराउने अर्थमा बर्ब - बर्बराउने अर्थमा ।
desunone@yahoo.com

Anonymous said...

Of course, all our Kanchhis and Kanchhas should awake for freedom.

Excellent.

Dr Lal-Shyãkarelu Rapcha
Univ of Leipzig
Deutschland (Germany)

Anonymous said...

garima g yeti ramro gajal kasari furchha ho? bastabik ghatanama aadharit ho ki kalpana ho ta? bhjna paye hunthyo, tapaiko email id pau na.
bikas rawal
rawal.bksrpl@gmail.com