Friday, December 12, 2008

गजल











-अनिता वाग्ले
तिम्रो हातको एक चिम्टी सिन्दुर लाउने रहर मेरो
तिमी बिना सुनसान थियो हिजो यहाँ शहर मेरो

पलपल तिम्रो यादमा तड्पिएर बाच्नु भन्दा
खान लाग्दा खोस्यो उसले हातबाट जहर मेरो

धक फुकाई भन्छु बाबा तिम्रो काखमा सबै कुरा
अब भने नखोसीदेऊ फक्रिएको बहार मेरो

सत्य बाबा ढाट्या छैन उसंगका रातहरु
झस्किएर ब्युझे धेरै बिहानीका प्रहार मेरो


-सिंगापुर


1 comment:

Anonymous said...

didi gajal sarai ramro chha, nice pls keep it up.

garima_subba17@yahoo.com