Monday, October 20, 2008

कबिता

तन्देरी युग

-मुना निश्चल

कयौ परिहरूले

त्यो निरंकुस अदिप्त हिरासत भित्र

त्रासमग्न दीप बाल्दै

लुकीछिपी गासेका बरमाला

मौसमानुकुल पुस्पहरुको

केबल तिम्रो बग्दो उमेरको

उदाउदो यौबन देखेर

तर बिडम्बना

परिबर्तित युग सेपीहरू

दबी रहे नयाँ रूप

आदिम युगको घुम्टो ओढाई

ढुन्गे युगका परिहरु

जलाई रहे खोजी-खोजी

समयशील बारमाला

तिनै कुसस्कार र कुरीतिको

जंजीर भित्र

खुन र पसिनाको पुष्पा गुच्छा

बिना स्वयंबर सेलिरहे

प्रतिगामी सडयंत्री पन्जामा

ज्युदै मरीरहे

अग्रगामी ठेला गाढाहरु

योग्य प्रमाणपत्रको

अयोग्य प्रतिलिपिसंगै दुखेर

तर युग तिमी त ज्युदै रहेछौ नि हैन ?

बग्दो गतिको तन्देरी

अब मन बिश्वस्त ...निश्चय नै

नब युग

दमनकारी बक्ष

बिच्छेदक अटम

नयाँ प्रजातीय अंकुरण

हिमपतिया क्रुर ज्यादातिहरू छिचोल्दै

धमाधम तुसाउदैछन

गल्ली गल्ली

नयाँ स्मरणसूचक

बरमाला लिई
तिम्रो स्फटिक तुल्य यौबन चूमना

तछाड़ -मछाड यज्ञघरमा परिहरु

ऐ तन्देरी युग !

यो पल तिम्रो स्वयंबर निश्चित ...

अनि बैज्ञानिक बिधिको बेहुलो

तन्देरी युग !!!

No comments: