Sunday, July 19, 2009

कबिता









'नाङ्गी’ द्रौपति

-दिपा एवाई राई
नाङ्गी द्रौपदी
आलिशान त्यस महलको
भव्य कुर्सीमा विराजमान
महाराज धृतराष्ट्रलाई
यो द्रौपदीको प्रणाम ।

जंगल र तालहरूमा
गोपीनी नङ्ग्याउने
कृष्णले भारी सभामा मेरो
वस्त्र हरण हुन दिएन
आज आफै
अस्तित्वको लागि
अधिकारको लागि
न्यायको लागि
कृष्णवादको विरुद्धमा
दुस्साहसनवादको विरुद्धमा
मनुवादको विरुद्धमा
सुलीमा चढेर
नाङ्गिन चाहान्छु
र भारी सभालाई चुनौती दिँदै
नाङ्गिदै सडकमा
प्रदर्शित हुन चाहान्छु ।

दुस्सासनले मलाई नङ्ग्याएन
यो सय गजको धोती र पेटीकोटले
मलाई पुराणदेखि
आजसम्म बटारिरहेको छ
स्वतन्त्रता
अस्तित्व
अधिकार
समानता
मेरा सबै-सबै
जीवनका मूल्यवान समय
त्यसैले स्वयँ
यस महामानवहरूको सभामा
उपस्थित भएर
विद्रोह गर्न चाहान्छु ।

योद्धा
राजनीतिज्ञ
समाजसेवी
साहित्यकार
दार्शनिक
पत्रकार
आम जनता
सबै-सबैको बीचमा
म द्रौपदी तुरुन्तै
मेरो स्वच्छन्दताको
सीमारेखासम्म नाङ्गिन चाहान्छु ।

मेरो वस्त्र हरणको समयमा
युधिष्ठिरको सत्यवादी आत्मा
विदुरको मौन नीति
धृतराष्ट्रको पुत्र मोह
भीष्मको प्रतिज्ञा
द्रोणको गुरुचरित्र
गान्धारीको पति प्रतिज्ञा
दुर्योधनको अभिमान
र सकुनी मामाको षडयन्त्र
रसपादनको अट्टाहास
सबै सबैलाई
हृदयदेखि धन्यवाद छ ।

मेरो अस्तित्वको कवज
मेरा पाण्डव पतिहरु
मलाई नै दाउमा राखेर
आफ्नो पुरुषार्थ
सिद्ध गरिरहेको बेला
स्वयँ म महाभारतको
यस सभामा खडा भई
नाङ्गिएर ढुक्क हुन
र बनाउन चाहान्छु
कौरवहरुको प्यासी
लोभ र स्वाभिमानको अगाडि
कहिले नखोलिएको
मेरो नग्नताको पर्दा खोल्न चाहान्छु ।

अपुरो वस्त्र हरणले
म निसास्सिएकी थिएँ
र वस्त्रले बेह्रेर मलाई
बलात्कार गरिएको थियो
योनीछेद गरिएको थियो
जताततैबाट लैङ्गिक आक्रमण गरिएको थियो
म वस्त्रभित्र कुँञ्जिएकी
निरीहताले जलेर राख भएकी
अपमानबोधले ‘सती’
यतिखेर आगोमा दनदनी बलिरहेकी छु ।

ओ….गान्धारीहरू !
आँखा खोलेर हेर,
म कसरी ‘दक्षप्रजापति’को अघि
जलिरहेकी छु !
आँखामा कहिलेसम्म
धृतराष्ट्र बोकेर हिँड्छौ ?
कहिलेसम्म विवेकमा
ठेडी कोचेर बस्छौ ?
मेरो विप्लव सुन्यौ होला,
यहाँ उपस्थित सबै-सबैलाई
म नाङ्गिएर प्रणाम गर्दछु !!
नाङ्गी द्रौपदी ।


-हङकङ

2 comments:

sanjay said...

स्यबास,दिपा तिमीलाई!
तिम्रो कबिता संसारको कुनै ऊत्क्रिस्ट एउटा सङ्ग्रहमा सजाएर राखु झै लाग्यो।
keep it on....
अनी तसलिमाको सम्झना गरायो मलाई,यो तिम्रो लागि है त,,,,,
'तिमी केटी हौ राम्रो सँग ख्याल गर्नु
तिमीले घरको संघार नाघ्यौ भने
समाज टेढो आँखाले हेर्ने छ
तिमी गल्ली हुँदै निस्कियौ भने समाज
पछी लाग्नेछ,सिटी बझाउनेछ
तिमी गल्ली पार गरेर
मुख्य सडक मा पुग्यौ भने
समाज तिमीलाई चरित्रहिन ठान्नेछ
यदी तिमी निर्जिब हौ भने फर्किनेछौ पछाडि
होइनौ भने जसरी जादैछौ
जानेछौ।

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।