Sunday, May 31, 2009

गजल









-आचार्य प्रभा
केहीपल टाढिदै छु टाढा मलाई नठान्नु है
बिछोड भो त के भो र ? पराइ नमान्नु है

सधैं साथ कहाँ हुन्छ ? छुट्टिनु त छदैछ
झझल्कोले पिरोले,माया बढेको जान्नु है

एक्लो पलले पीडा दिए, बाडुलीमा आइदिनु
कल्पनाको संसार नै मिठो भेट ठान्नु है

हरेक पलको बिछोडमा तड्पिएरै बाँच्नु पर्छ
कही कतै माया खोजे, मेरै माया छान्नु है

- अमेरिका

4 comments:

Gobind Prasad Upadhyay said...

KASLE THANEK CHHA RA . HAJUR TA AFFANAI HO NI.BIRANO CHAINAM

Collection from world said...

नजिक टाढा मायामा दुरी हुन्न भन्छन
सबै सबै यी बिबशता र मजबुरी भन्छन
टाढा हुनुलाई बिछोड भन्न मिल्दैन होला
किनकी माया गर्नेहरु आकाश धर्ती जोड्छु भन्छन।

acharya prabha said...

raamro comment...............,
man ta ho yo mandai,mandaina
yo manle duri jandai,jandaina

manle khaayekolaai khojchha yo man
arulaai aba man chandai chandaina

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक