Saturday, May 2, 2009

गजल









-दिलिप योन्जन
साँचो झुटो थाहा नहुनेलाई, मायाको के कुरा
चोखो पनि जुठो हुनेलाई, सगुनको के कुरा

माया प्रितिका मिठो बाचा, तोड्नेको के कुरा
अमर प्रेमलाई पैसाको तराजुमा,जोख्नेको के कुरा

टाढा हुँदा मर्छु भन्नेले, छोडेको के कुरा
नजिक हुदा नचिनी दिने,मायालुको के कुरा

हासी खुसी जिउने मर्नेले, रुवाएको के कुरा
एउटै मुटु दुइटा हुँदा, दुखाउनेको के कुरा

जन्म जन्म साथ दिनेले, तड्पाएको के कुरा
रात दिन नछुटाउने मायाको, जिन्दगीको के कुरा


-अस्टिन , अमेरिका

No comments: