बिहानी ल्याउने पूर्बतिर
- राज राई 'संगम'
सधै बिहानी ल्याउने पूर्बतिर
परिबर्तनको ज्वरभाटाहरु फेरि चल्न थाल्यो रे
धोकै धोकामा फसाईएका सोझा किराँत माथि
सुन्दै छु आजभोलि
फेरि बन्दुकले दबाउन लागियो रे ।
बन्दुकले बिचार ढल्दैन भन्थ्यो उसैले
ब्यक्ती मारेर क्रान्ति मर्दैन भन्थ्यो उसैले
तर आज आफैले
सँस्कार र सँस्कृतिको खोजीको आवाज दबाउन
आफ्नो भूमिको सम्मानमा उठेको आवाज दबाउन
पबित्र शान्तिमय किराँत भूमिमा
ओसार्दै छ रे हतियारहरु
बढाउदै छ रे सुरक्षा बलहरु ।
सही अडानमा पथ्थर पगाल्ने किराँत ताकतहरु
बन्दुक र बमको जबाफ खुकुरीले दिने किराँत साहसहरु
तर के अब, झुक्लान् र कतै हतियारको साम्ने भूमिपुत्रहरु?
बेफ्वाँकमा एक मुठी कसैको खान नपरोस्
अनाहकमा कसैबाट एक पाईला पछाडि हट्न नपरोस्
हो, यही हो किराँत परिचय
ज्यान तल माथि होला कतै आफ्नो स्वभिमान गुमाउन नपरोस् ।
निस्कन लागे रे सुम्निमा र पारुहाङहरु
पोलिएको मुन्दुमको खरानी खोज्न
साल्पाको कसम खाएर यलम्बरको ईतिहाँसहरु
अनि मेटिन खोजिएको किराँत अष्तित्व खोज्न
न बन्दुक, न बम बारुद, न खुँडा खुकुरी
हतियारको मुटु हल्लाउने उही किराँत आँट लिएर
बोलीको पक्का स्वभिमानी किराँतहरुलाई
दिएर बिर्सिएको आस्वसनलाई सम्झाउन ।
सधै बिहानी ल्याउने किराँत भूमितिर
चण्डी,धान नाच र सेग्रो नाचिन लागियो रे
पोलिएको मुन्दुमको खरानी खोज्दै
यलम्बरहरुको ईतिहाँस लेखिन लागियो रे ।
-बिगुटार -४ सुर्के , ओखलढुंगा
हाल: शार्जाह , युएई
No comments:
Post a Comment