Wednesday, April 8, 2009

गजल










-राज लम्साल 'यात्री'
आफ्नो भनी सम्झेका टाढा हुदा रै'छन
अन्जानका मान्छे बरु गाढा हुदा रै'छन

सम्बन्ध र बन्धनलाई लत्याएर अघि
बढी जाने निर्मोही छ्या !छाडा हुदा रै'छन

पबित्र बिश्वासमा कुठाराघात गरी
सम्झौताको कुरा गर्दा सादा हुदा रै'छन

कति फरक नारी बीच हेर्दा उस्तै लाग्ने
कोही फूल गुलाफ कोही काडा हुदा रै'छन



-महारानी झोरा-३,झापा
ईमेल:
anjal_raj2003@yahoo.com
हाल: अबुदाबी,यूएई
फोन्: ०९७१-५५-७०१३६२६






No comments: