Saturday, April 25, 2009

कबिता









आमा कहाँ बिलायौ ?

-आचार्य प्रभा
आमा तिम्रो मातृत्वको परिभाषा
कसरी म दिउँ ?
जब कि तिमीले त मलाई
न्यानोपनको आभाष नदिई
छाडेर गयौ,
बात्सल्यताको महत्व नबुझाई
बिलिन भयौ,
म भने आमा... आमा चिच्याई रहें
तिमी त कठोर बनी
शुन्यमा बिलायौ ।

जब मलाई तिम्रो न्यानोपनको
आवश्यकता थियो तब तिमी त
आँफै चिसिएर बगर बन्यौ
जब मलाई तिम्रो उपदेशको चासो थियो
तब तिमी त वाक्यहिन भै क्षितिजमा निदायौ
भन... आमा तिमी कस्तो सजाय दिई
टाढा-टाढा अस्तित्वहिन भै
कुन नभमा बिलायौ ?
मलाई जन्म दिई सहाराहिन किन बनायौ ?
आमा कुन क्षितिजमा हरायौ ?
मेरो बात्सल्यताको अर्थ किन लुटायौ ?


-अमेरिका

1 comment:

Collection from world said...

Gunaaso garne adhikaara chha, tara aamko dosha kahile hunna prabhaa jee, uni jahile pani Eutee satya ani komal hunchhina, chhodera jaadaa gunaasoko bhelale haina shrdwaako aashu arpana garna saknu parchha, kinaki uni mahaan chhina haamilaai duniyaa dekhaaera yahi duniyaamaa bilaaina bhane unako dosha haina samayako maaga ho.