Thursday, April 30, 2009

स्वदेश गान











जय होस् नेपाल नेपालीको

-राज राई 'संगम'
जय होस् नेपाल नेपालीको
जय होस् देशभक्तिको
गुञ्जिरहोस् जय नेपाली वीर अनि शहिदहरुको।

भक्ति रहोस मातृभूमिमा मेचीकाली बढीरहाँ
सयौ थुँगा फूल हामी हिमाल तराई फुलीरहाँ
अनेकतामा एकताको एउटै लाम बाँधौं
सिङ्गो देश मिलीजुली प्रगतीपथमा बढौं
जय होस् हाम्रो संस्कृति अनि परम्पराको
गुञ्जिरहोस् जय हाम्रो स्वभिमानको।

नजर परुन् यसको शान्तिमय बुद्ध भूमि हो
न्याय पाऊँ सधै रगतमय शहिद भूमि हो
स्वतन्त्रतामा वाँच्न पाऊँ नेपाली वीर भूमि हो
यो विश्व सामू शीर नझुकुन सगरमाथाको देश हो
जय होस् हाम्रो गौरवताको
जय होस् हाम्रो शानको
गुञ्जिरहोस् जय सारा नेपाली आस्थाको।


उर्वर होउन भूमिहरु मोति फलुन् पसिनाहरु
लिएर आउन उन्नति सधैं नयाँ विहानीहरु
जय होस् नेपाल नेपालीको
जय होस् देशभक्तिको
गुञ्जिरहोस् जय नेपाली अखण्डताको।


-बिगुटार-४, सुर्के ओखलढुंगा


No comments: