Sunday, April 19, 2009

गजल










-टंक चन्द
जोबनसंग जोबन साट्छ्यौ कि ठूली
अनमोल रात एक्लै काट्छ्यौ कि ठूली

प्रहार-प्रहरका अनगिन्ती क्षणमा
केराको पातसरी फाट्छ्यौ कि ठूली

चन्चल नाभीमा चक्षु हराउने त्यो
मन्द मुस्कान सधै बाड्छ्यौ कि ठूली

हिरा मोतीसरी सुन्दरताको तिम्रो
वजन हुदा नि खुब झाट्छ्यौ कि ठूली

शानदार पवन बीचको हेराइ भित्र
शंका लाग्छ है ढाट्छ्यौ कि ठूली


-तुलसीपुर -९ बेलुवा, दाङ
ईमेल: chhitijpari_88@yahoo.com

No comments: