Monday, February 2, 2009

गजल








-राज रोबर्ट अजनबी सुब्बा
खुल्ला किताब थियौ तिमी पढ्नलाई थिएन गाह्रो
पढे पछि सम्बन्ध त्यो बढ्नलाई थिएन गाह्रो

सम्बन्ध जो बढे पछि निभाउनै पर्ने रिति
तिम्रो माया मेरो मनमा गढ्नलाइ थिएन गाह्रो

बैशको त्यो मदहोसीमा हामी दुई मै ताप थियो
त्यही तापमा हाम्रो यौबन डढ्नलाई थिएन गाह्रो

सगरमाथा चढ्ने साहास बोकेको यो 'अजनबी' लाई
तिमी थियौ अन्नपुर्ण चढ्नलाई थिएन गाह्रो।

-मामाखे, ताप्लेजुंग

No comments: