'बधाई'
-मौलश्री लिम्बु
उनको वाग्दान भईसकेपछि मलाई भनिन्- 'तिम्ले मलाई माया गर्दैनौ रहेछौ,त्यसैले मसंग विवाह गर्न चाहेनौ ।' जवाफमा मैले भने- 'आफुलाई भन्दा ज्यादा तिम्लाई माया गर्छु तर आफ्नो स्वार्थका खातिर परिवारको खिलाफमा विवाह गर्दा कोही खुशी रहन सक्दैनौ ।कसैको दोष छैन,समय र परिस्थितीको यस्तो मोडलाई हामीले किमार्थ स्वीकार्नै पर्छ ।' मेरो अभिप्रायमा सहमत भईन्।उनको विवाहले मलाई मर्माहत पार्यो ।त्यसैले सम्हालिने वहानामा रोजगारिको लागि विदेश रमाना भएँ ।
पाँच वर्षपछि स्वदेश फर्किएँ ।गाँउघर परिवर्तन भईसकेकोरहेछ ।घरमा उनिलाई बाँझी ठहर्याईएकोले अनमेल भई माइती आएकी महिना दिन भएछ ।एक साँझ उनिसंग भलाकुसारी भो ।त्यसपछि हाम्रो भेटवार्ता बढ्न थाल्यो ।पाँच महिनापछि पाँच वर्षअघिको वाचालाई उनकै सहमतिमा पुरा गर्न उनको घर गएँ ।जहाँ उनको श्रीमान्,सासु-ससुरालाई देखेर म नि:स्तब्ध भएँ ।बस्ने ईशारा गर्दै बोलिन्- 'म दोजिया भएकी खबर पाउनु भएर लिन आउनु भएको रहेछ,म के गरुँ?' आफुलाई सम्हालेर उनको र मेरो बन्न लागेको सम्बन्धलाई तीलाञ्जली दिदै भने-'तिम्रो दाम्पत्य जीवनलाई मेरो हार्दिक बधाई ।'
-झापा
E-mail:-maulshri_limbu@yahoo.com
Saturday, January 31, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment