Sunday, October 19, 2008

गजल





-डिआर निश्छल
आरामै छु भन्नु पर्ला दुई मुठी सास छ नानु
घाटी उधो ननिलिने परदेशीको गास छ नानु

हिजो पेनांग अस्ति जोहोर सुत्या सुत्यै भए भन्दा
भेटै नभई मरिन्छ कि मनमा ठुलो त्रास छ नानु

दसक बित्यो कमाई सुन्य हाडछाला कति घोटू
बेकार भो जिंदगी नै समयको नास छ नानु

दिनभर कामको बोझ राती यसो थकान मेटन
उडुस भा'को कंटेनरमा जेन्तेन मेरो बास छ नानु

धैर्य गर बिश्वासले आउदैछु म अर्को साल
'निश्छल' लाई आफ्नै देशमा केही गर्ने आस छ नानु

-महेश्वरी-२,सानोदुम्रे ,खोटांग
( मलेसिया )

No comments: