Friday, December 12, 2008

कबिता








बास्तबिक सपना

-राज रोबर्ट अजनबी सुब्बा
परालको गुन्द्री र च्याधर ओछ्याएको
मेरो सर्बहारा ओछ्यानबाट,
एक साझ.....
प्रधानमन्त्री निवास बालुवाटारलाई
सपनै सपनामा देखे।

सर्बहारा बर्गको सरकारको निवास
म उसै पनि सर्बहारा नै...
मेरो नेताको बासस्थान् लाई
सपनामा देखे त के भो..?
तर सपना अचाक्ली नै देखे
बालुवाटार
ह्वाईट हाउस जस्तै बनेको देखे
बालुवाटार
नारायणहिटी भन्दा नि सुबिधा भोगी देखे


हिजो नारायणहिटीले
मेरो जस्तै भोको पेटहरु काटेर
करोडौको भान्सा बसाउथ्यो,
ऊ , खान्थ्यो /थुक्थ्यो/ मिल्काउथ्यो
त्यसै त ऊ, निरङ्कुश तानाशाहा ,
ऊ मनपरि नै गर्थ्यो।

तर,। सर्बहारा बर्गको महान नेता
हिजो परालको गुन्द्रीमा॥
हामी संगै सुत्ने
गरीब निमुखाहरुको नेता
कसरी सुबिधाभोगी हुन सक्ला र?
तर सपना अचाक्ली नै देखे
बालुवाटारमा
लाखौको ओछ्यान देखे
बालुवाटारमा
लाखौको भान्सा बसाको देखे
यति मात्र होइन बालुवाटारमा
वरि परि घेरिएको परिवारबाद देखे।

मैले सपनामै अर्को सपना खोजे
प्रार्थना गरे भगवान संग
"आज यो जे देखे यो सपना भैदियोस्"
तर त्यति नै बेला
आकास्बाणी गरे शहिदहरुले
र भने.........
"तिमीले देखेको सत्य हो
हाम्रो बलिदान त्यसै खेरा गयो"
म मुर्छित भए ,
म मर्महात भए ,
म लज्जित भए,
सर्बहाराको परिभाषा के हो?
अनुत्तरित् भए
शहिदहरु झुट बोल्दैनन्
सपना बास्तबिक नै रहेछ।

-मामाखे,ताप्लेजुंग
ईमेल: atm_sms6pal@yahoo.com

Thursday, December 11, 2008

गजल











-अनिता वाग्ले
रमाएर चढ नानी सजिएको डोली तिम्रै
जेठको घाम्,बर्खे झरी सहन पर्ने भोलि तिम्रै

अधर झै पाईतालामा चस्स घोचे मुर्छा पर्थ्यौ
सघारबाट भित्र पस्दा रिझाउने बोली तिम्रै

छोरी आँफै श्रीस्टी हो कमजोर बन्न हुन्न बाबा
नबोलेरै सहिदिनु दुख्ने बचन गोली तिम्रै

बिर्सि दिनु छरिता ती पहिरन र माइतीघर
समालेर लाउनु नानी अब गुन्यु चोली तिम्रै


-सिंगापुर

गीत

प्यासी -प्यासी भँए

-मौलश्री लिम्बु
प्यासी -प्यासी भँए म त यो रातको दासी
कसर विना बिताउ तिमीसँगै हाँसी

तन मेरो समय कैयन प्रतिक्षाको
कोरिने भो पल आज मेरो सदिच्छाको
अपशोच के लिनु क्षणिक प्रिती गाँसी
कसर विना बिताउ तिमीसँगै हाँसी

बेकसुर चाहमा एक गुनाह गरुँ
गुनासो रहन्न बरु रात पछि मरुँ
आतुर छु वैश पोख्न मान यही मासी
कसर विना बिताउ तिमीसँगै हाँसी

प्यासी -प्यासी भँए म त यो रातको दासी
कसर विना बिताउ तिमीसँगै हाँसी


-झापा
ईमेल: maulshri_limbu@yahoo.com

लघुकथा

पुरस्कृत कृति

-कुसुम ज्ञवाली

"...उहाँका रचनामा आख्यानको शिलशिलाबद्ध श्रृङ्खलाले गर्दा बेलायतका प्रख्यात लेखकहरूको सम्झना हुन्छ । प्रस्तुतिको मौलिकतालाई तारिफ नगरी रहन सकिन्न । घटना संयोजन ज्यादै सुन्दर छ । कितावलाई अभूतपूर्व भने पनि उपयूक्त हुन्छ ..." । पुस्तक विमोचनमा समालोचकहरुले आफ्नो टिप्पणी राखेका थिए ।

प्रकाशित भएको एक महिनामै दोस्रो संस्करण छाप्नु पर्ने भयो । छपाई खर्च नपुगेर वनारस पठाएको किताव अब कृतिस्व (रोयल्टी) दिएर नेपाली प्रकाशकले किन्ने भए । लेखकले पाएको पुरस्कारको रासी साच्चै लेखकको जीवनभरको आर्थिक उपलब्धी भन्दा अग्लो थियो । अब अर्को कृति कसरी लेखे भने राम्रो हँदोरहेछ , लोकप्रिय हुनेरहेछ, त्यसको एउटा जीउँदो नमूना पाएको अनुभूति गरेका थिए लेखकले ।

उनी यति वेफुर्सद थियो की त्यो किताव जसले यत्रो पुरस्कार प्राप्त गर्‍यो, त्यो समेत पढ्ने फुर्सद थिएन ।

थुप्रै बधाई, थुप्रै प्रशंसा पाएको यो पुस्तक अंग्रेजीमा उल्था गरिने कुरा पनि चल्यो । उसलाई लाग्यो अंग्रजीमा पनि म आफैं लेखुँ । विश्व साहित्यमा पनि योगदान भयो भने ठूलो कुरा हो। ०००

जब उनले आफ्नो पुस्तक पढे उसलाई अचाक्ली नरमाइलो लाग्यो । तुरुन्तै उनले छोरीले किताव छपाएर पठाउँदा सँगै वनारसबाट पठाएको चिठी पनि पढे । "....... वुवा कितावको झण्डै एकतिहाई पाना छुट्न गएछ । मैले हेर्न पाईन, छापाखानामा गडबड गरिदिएछन् । च्याप्टरहरु पनि अगाडीको पछाडी, पछाडीको अगाडी परेछ । अर्को पल्ट संस्करण निस्किएछ भने मिलाउँला । तपाईँको कृति जे जस्तो छ त्यस्तै रुपमा प्रकाशन हुन सकेन । बुवा क्षमा पाऊँ, अहिलेलाई विदा ।......."

कथा

परित्याग

-सन्जु बजगाई 'नेपाल'
अव्यक्त भावमा खडा छ ऊ धेरै दिनदेखि । भित्ताभरि, शान्त बुद्धका टाँगिएका थाङ्का जस्तै । तर आज यो मृत चित्रले बोल्नु छ । पोखिएका रङ्गहरुले ब्युझँनु छ । र्ब्यर्थ टाँगिनुको अर्थ छैन ।
म छोड्छु ....... मेरो भन्नेलाई । अन्ततः ऊ बोली । भित्ताहरुमा प्रतिध्वनि फैलियो । रङ्गहरु एकपटक फेरी ब्यँतिए ।आध्यात्मिक संगीतको गुञ्जनभित्र उसका वाक्यका अर्थ रवीन्द्रले बुझेन । निर्जन वनको सुर्साई जस्तो एकोहोरो भजन मात्र गुञ्जीरह्यो ।
मानसिक सीमारेखाहरु भत्किएर आकारहीन भएका छन् । कसले जोड्ने यी रेखाहरु ? यो त ज्यामितिय समस्या भैसकेको छ । आफ्नो अस्तित्वको प्रतिरक्षा गर्ने सामर्थ्य छैन । बन्द छन् स्नेहका द्वारहरु । किन? केका लागि? र कसका लागि चोईटिरहनु उसले अरु ?
यो हिमपात, यी लत्याईरहने छालहरु अनि बेमौसमी बर्षात र मुटु कठयाङ्गिरने चिसो स्याँठबाट मेरा पाईलाहरु बाहिरिदै छन् । निर्णय भन्छे उसले ।घण्टी बज्नु पर्ने पूजाको । उषाकालीन समय उठ्न नपाउँदै धुपबत्तिको बासना छरिनु पर्ने सधै झै । तर त्यसो नभएर केही अन्यथा भैरहेछ । अप्रत्यासित...ऊ बिल्कुलै अप्रत्यासित उद्घोषको जवाफ मागिरहिछे । जवाफ कहाँ खोज्ने?
उतार-चढाब थियो केही समयदेखि । छाल उठेका थिए । तर्सथ हुत्तिएर आफसेआफ किनारा लागे विकारहरु भन्ने कुरामा रवीन्द्र निश्चिन्तप्रायः थियो । संवाद थिएन र कहिल्यै भएन पनि । संवाद गर्न धैर्यता चाहिने, खुला मन चाहिने । यी सब उसमा कहाँ हुनु? त्यसैले संवादको औचित्य ऊ नजान्दो थियो । संवाद त सचिवालयहरुमा हुन्छन्, राष्ट्रिय-अर्न्तराष्ट्रिय सभाहरुमा हुन्छन् । कुनै व्यक्तिको घरमा संवाद कसरी हुन्छ? घरभित्र त आदेश चल्छ जुन बर्षौदेखि चलिआएको छ । जा न काँ जानु छ । उसले अर्को आदेश छोड्यो ।
हातको पत्रिका हुत्याएर एकटक भयो अनि छेवैको दराजमा एक मुक्का बजार्यो । बिचित्र चरित्र हेरिरहेछ । अपमानित भैरहेछ । एउटी बैंश काटिसकेकी आईमाई लोग्ने, जीन्दगीको आधार नै तोडेर जाँदैछु भन्दैछे । फेरी ऊ भाग्दै छैन । पुरापुर घोषित छ ।

यो मेरो झोला । मेरा कपडाहरु छन् । मेरो नागरिकता । मेरो बाल्यकालको यो सानो तस्वीर र बाँकी अगाडी उभिएकी म । लोग्नेको चेकपोष्ट अगाडी उसले आफुलाई आवश्यक तैयारीका साथ उभ्याएकी छ ।
यो घर र दराजका चाबी ।चाबीको झुत्तो समेत थमाईसकी ।साँच्चै यो त जोगिनी पो हुन लागि कि क्या हो ! चाबीसँग झस्किन्छ ऊ ।आईमाईको जात धन, सम्पत्ति, बिलासितामा लिप्त हुने भन्ने धारणा राख्ने उसलाई यो एउटा मिठो थप्पड थियो ।
यत्तिका बर्षम्म निस्तेज रहेको आरतीको शान्त चरित्र यसरी ब्रि्रोहीले बोकेको नाल जस्तो बिस्फोट किन भयो ? हतास प्रश्न गर्छ आफैसँग । के गरोस्? भित्तामा झुण्ड्याएको बन्दुक तेर्स्याउँ भने प्रभात छ । चारैतिर शंखध्वनि गुञ्जिरहेछ । उता छिमेकमा दुलही भित्रयाउनेको भिड छ । कसरी हुनसक्छ यस्तो ?उत्तेजित हातहरुले नाल स्वास्निको कञ्चटमा तेर्स्याउने हिम्मत बटुल्न सकेनन् । कहाँ गयो उसको त्यो पुरुषत्व, ऊभित्रको त्यो राप, ताप? यो प्रसङ्ग एकाएक कसरी निस्कियो, किन निस्कियो ? अनुत्तरीत प्रश्नका जवाफ कसलाई माग्ने ? हुनत अन्तिम निर्णयलिएर उभिएकी सावित्रिलाई उसको ताप र रापको कुनै प्रभाव पर्नेवाला छैन । उसले त्यही रात भनेकी थिई अब अन्तिम निर्णइ गर्नेछे । रवीन्द्रले भन्यो - 'तेरो अन्तिम निर्णयबिहानै उठेर भात पकाउने नत्र मैले छोड्ने गोलीको खोका खाने । पेशाको हिसाबले ऊ ठुलो पदको मान्छे । त्यसैले भाषा पनि ऊ ठुलै बोल्छ ।
खलबलिएको थियो केही समय यता । सरकारी जागिर छोडेर एन।जि.ओ.कै पछि किन लाग्नु ? र्घर्ुछ । बिचारीन्छ अनि सशंकित आँखा घुमाउँछ । मानौ ऊ जुवाको खालमा बसेको छ र उसले पूर्व अनुमान र्सतर्कतापूर्वक लगाउनु पर्छ ।

आईमाईको घमण्ड र घोडाको हिनहिनाहट उस्तै हो । म फरक देख्दिन । ढोका एकपटक बन्द भएपछि खोलिने छैन । यो तात्विक ढोका हो ।एकपटक धम्कीकै भाषा बोल्छ ऊ ।यो ढोका मेरा हातले बनाएको, वास्तर्ुकर्म पुरा गरेर मेरै हातले ठड्याएको र यसलाई आत्मैदेखि म बन्द गर्दैछु । त्यसैले तिमी जे भन्दैछौ त्यो तिम्रो भ्रम हो । ऊ थप्छे -म तिमीलाई छोड्दैछु आजैदेखि
आज ऊ थामिएकी छैन सधै झैं । थामिनुको सीमा हुन्छ । साँझदेखि तिम्रो घरको चुल्हो चिसै रहने छ । अरु चिस्याउँछे ।अनि भोलिदेखि म मृत्युशैयामा छटपर्टाईरहेको हुनेछु । रवीन्द्र थप्छ ।तिम्रो अस्तित्व अवश्य पनि आर्यघाटमा पुग्नेछ । ऊ रोकिन्न ।तँ उत्सव मनाईरहेकी हुनेछेस् । ऊ अलि बढी नै झोकिन्छ ।
उत्सव र शोक दर्ुइ विपरीत ध्रुव । उत्सव मनाउन हितैषी चाहिने । शोक त्यसै शोक नै हो । उसलाई उत्सव चाहिएको होईन । बेइमान मनले तराजु तौलिएको मौन भई हेर्ने धर्यता रहेन अरु ।
निस्कनु अगाडी म त्रि्रा आँखाहरु नियाल्न चाहन्छु । रजतबर्षमनाएको हाम्रो दाम्पत्य जीवनभर हेर्ने नसकेका त्रि्रा आँखाहरु.... लोग्नेको भष्मासुर चरित्रमाथिको कटाक्ष ।
बोल्दैन केही ऊ । साबित्रीसँग प्रतिवाद गर्ने सामर्थ्य भेटिरहेको छैन रवीन्द्र । के भनोस् ? आजसम्म आफ्नै आदेश सर्वोच्च थियो । अब कसरी भनोस् मलाई नछोड ।सोध्न सकिरहेका छैनौ एक पटक, किन छोड्छेस् भनेर? मै भन्छु ...... सावित्रीलाई मन खोलेर छताछुल्ल पार्नुछ ।तेरो त्यो जर्जको एन।जि.ओ..........भाँडमा जाओस् । तँ उसैकी केमिकल प्रोड्युक्सन । च्याँठिन्छ ऊ ।
तिमी झुठो प्रतिवाद गर्दैछौ । कारण र कारक पत्ता लगाउन तिमी चाहिरहेका छैनौ । कारण जर्ज होईन । त्यो तिम्रो आक्षेप हो । साबित्री सहमत हुन्न ।
तिम्रो जैविक प्रोडक्सनमा थाहा छ मेरो ब्राण्ड लेबल के थियो ? जुठा भाँडाको थुप्रो, मैल्याएर छरेका लुगाहरु, कसिङ्गरले भरिएको घर, थप जागिरे जीवन र सन्तानको स्याहार चाकर....... तैपनि म खुशी थिएँ । आज म एन.जि.ओ. को केमिकल प्रोड्युक्सन नभएर नयाँ प्रयोग अर्थात फ्युजन हु । ऊ भन्छे । रवीन्द्रलाई न फ्युजन मन पर्छ न त फिक्सन । ऊ प्रयोगवादी मान्छे होईन । त्उसैले त ऊ सधै प्रो. पाण्डेसँग प्रयोगबादको प्रतिवाद गर्छ । उसलाई परम्परा मन पर्छ । तर साबित्रीले परम्परामा परिवर्तन खोजि जुन संभव छैन । सावित्रीमा परिवर्तन आएका छन् । आत्मविश्वास भरिएको छ उसमा । ऊ आफू र आफ्नोभित्रको परिभाषा खोज्न थालेकी छ । यदि सम्पुर्ण जिम्मेवारी नजानिदो हिसाबले पुरा गरिरहेकी छ भने किन उसले आफ्नो अस्तित्वको वकालत गर्न नपाउने ? साबित्रीको आफ्नै तर्क छ ।
तर रवीन्द्र स्वास्निको यो परिवर्तनलाई मान्न तैयार छैन । उही खवटेपन, उही निन्याउरोपनमा नारीशुलभता खोज्नु र भेट्नु उसको दैनिकी हो । भान्साको चुल्हो स्वास्निले नै जलाउनु पर्छ भन्नेमा रवीन्द्र अडीग छ । यो उसको संस्कार हो । ऊ हर्ुर्किएको परिवेशको उपज हो अनि उसको समाजले सिकाएको पाठ हो । यो उमेरमा आएर यी सबै मान्यताहरु एकाएक कसरी हटेर जान सक्छन् ?पर्सनालिटी क्लास ...... रवीन्द्रको बिश्लेषण ।

ग्लानी भैरहेछ उसलाई । आत्माग्लानी भैरहेछ । आजसम्म बन्द कोठामा बन्द भैरहेका दर्ुइ दाम्पत्य चरित्रको खुलासा हुँदा यो समाजले आफुलाई कस्तो मुल्याङ्कन गर्ला ? अदृष्य डरले पछयाईरहेछ रवीन्द्रलाई । हरेक साँझ अगाडीको चौकमा भेला हुने नेता,अभिनेता,समाजसेवी प्रोफेसर, डाक्टरबिच बैचारिक बहस कुन हैसियतले गरुँला ? अर्की स्वास्नि ल्याए पनि पहिलेकी स्वास्निले छोडेर अर्कीसँग घर गरेको भनिहाल्छ यो समाज । अझ त्यो चियापसले मतिराजले के भन्ला ? सधै मेरासामु जोडिने उसका हातहरु भरेपनि उसैगरी जोडिएलान् ? के थाहा स्वास्निले छोडेको घटिया ठानी लोप्पा पो ख्वाउने हो कि ? घर अगाडी लम्पसार परेको यो सडक, कार्यालयका समकक्षी, चप्रासी सबैले उसरी नै स्वागत गर्लान् ? पक्कै पनि त्यो चप्रासी........! सबै भन्छन् उसले आफ्नी स्वास्निलाई पुलपुल्याएर राखेको छ । तलब लिन कस्ती पुतली जस्ति भएर आउँछे । दृष्यहरु तँछाड-मछाड गर्छन् उसका आँखा अगाडि ।
मरिमरी काम गरेर कमाएको तलब स्वास्निले थाप्ने ? कस्तो नामर्द चप्रासी रहेछ भन्ने लाग्थ्यो उसलाई । चप्रासी भन्थ्यो- 'सर मेरी रामकुमारीले घर साह्रै राम्ररी सम्हालेकी छ । छोराछोरीको स्याहारचाकर, सरसफाई, खानेलाउने, जोडजाम गर्ने, भैपरीलाई जगेडा गर्ने सबैसबै । यत्तिका भाँति म कहाँ पुर्याउँथे । पैसो त हातको मैलो । तलब उसैका हातमा जाहोस् । म खुशी छु । मति भ्रष्ट हुनलागे कसको के लाग्छ ? लोग्नेस्वास्नि भनेकै विश्वास, माया र एकअर्काप्रतिको आत्मसम्मान न हो ।ओहो त्यो चप्रासीले बोलेको एक वाक्यांशको किन मैले उपहास गरे ? अर्ती त र्घर्तीको पनि मान्नु भन्ने पाकाको भनाई किन ममा लागु भएन ? शायद यो पहिलो आत्मा समीक्षा हुँदो हो रवीन्द्रको ।
त्रि्रा प्रेमपत्रका कलेक्सन फायल चाहिएमा मेरै दाईजोको दराजभित्र खोज्नु । साबित्रीले अत्यन्तै महत्वपूर्ण कुरो छुटे झै गरी स्वर चर्काउँछे ।
कत्रो सौख थियो तिम्रो प्रेमपत्र कलेक्सन गर्ने ! त्रि्रा सरस्वति, पार्वती, उर्मिला, शर्मिलाका प्रेमयुक्त भावहरु.....उफ् ! मलाई भलै तिमीले तिम्रो बल्छिको चारोमा अल्झ्यिएको माछा संझिएका हुँदा हौ । यहीनेर त तिमी चुकिसकेका थियौ । के गर्र्छौ बिरालोको घाँटीमा घण्टी बाँधिईसकेको थियो । त्यसैले त मैले म्याउँ-म्याउँकै जीन्दगी स्वीकारे । मन पोल्छ सावित्रिको ।
गाडी आईसकेको छैन साबित्रीको । बाँकी छ केही समय ।पल्लो घरमा निम्ता मान्न नबिर्सनु । छिमेकी तिमीलाई आवश्यक पर्छन् ।रवीन्द्र पहिले यस्तै आदेशहरु दिने गथ्र्यो । शायद नोस्टाल्जि हुनेछ अब । भित्ताको घडीले बिहानको नौ बजायो ।
मलाई लाग्छ मैले मेरो हिस्सार् इमान्दारीतासँग निर्वाह गरे । तर तिमी नै स्थिर रहन सकेनौ । आफैमा विरोधास्पद छौ तिमी । मलाई सारीचोलो अनि सिउँदो फर्काएर चुल्ठो बाटेर जागिरे दिनचर्यामा पठायौ । मैले नितान्त पुरा गरे । फेरी जर्ज तिम्रो साथी भेटियो । नारीको आत्मासम्मानको संवाहक बनेर आएको त्यो खैरेले उसको एन.जि.ओ.मा मलाई स्थान दिने भयो झट्पट् मेरो सरकारी नोकरी तिमीले नै छोडायौ । फाईदा त तिमीले नै लियौ । छोराछोरी पाश्चात्य मुलुकमा उतार्यौ । आर्थिक उन्नति पनि राम्रै भयो । समग्रमा सबै राम्रै थियो केवल तिमीमा तरलताको हावी भैरह्यो । उसको स्पष्टिकरण ।ऊ बोल्न चाहिरहेको छैन अगाडी । आँखाहरु भ्यालका सेताम्मे पर्दाहरु छेडेर कहीं अडिएका छन् एकटक । यहाँ सिनेमाको अन्त्य जस्तो मिलनको संभावना छैन । किनकी यथार्थ जीवनको ऊ लोग्ने मान्छे हो । ऊ सिनेमाको पेशेवर पात्र होईन ।
ऊ आफुमा मनुजबाबु मिश्रको पुरुष बिश्लेषण लागू भएको मन पराउँछ । कान र नाकका प्वालहरुमा झयाप-झयाप्ति पलाएका रौंहरुले ढाकिएको भड्खालो, कपाल लहलहाएर लम्बिएको र खर्ुइलिएको तालु, बाहिरको अनुहार गुरिल्लाको जस्तो,अनि भित्रको अनुहार ह्रि्रक पशुको जस्तो बास्तवमा पुरुष हुनुका सांकेतिक गुणहरु यिनै हुन् जुन उसमा निहीत छन् र त्यसैलाई लम्याई रहन चाहन्छ । मुख अझै खोलिएन । लोग्नेमान्छेभित्रको साँगुरो मानसिकता तोडेर स्वास्नी सामु स्वीकारोक्तिको नयाँ बाटो खोल्न सकेन रवीन्द्रले । मौनता साबित्री तोड्छे ।
म आफूलाई पूर्ण नारी संझेर निस्कदैछु । मलाई लाग्छ तिमी त्रि्रा गल्तिहरुप्रति अनभिज्ञ पक्कै छैनौ । त्रि्रा ती पछिल्ला आक्षेप र हस्तक्षेपहरु मानव स्वरुपले स्वीकार्न सक्ने छदैछैनन् । म त्यसलाई खोल्न चाहन्न । किनकी भोलि तिमीले यही सडकमा हिड्नु छ । बाँकी जर्जसँगको तिम्रो अन्धो व्रि्रोह । उफ् ! तिमी जानाजान आफ्नो वौद्धिक कदलाई छोट्याउँदैछौ । जर्ज आफै सवास्निले छोडेपछिको एक्लो जीवन जीउँदै छ । उसले त आईमाईको जातको कट्टर बिरोध गर्नुपर्ने हो । तर......फरक छ ऊ कहिल्यै आफुलाई छोडेकी स्वास्निको अपव्याख्या गर्दैन अझ थप त कुनै पनि आईमाईलाई हर्ेर्ने उसको दृष्टिकोण नकारात्मक छैन । बिडम्वना ! तिमी जर्ज हुन सकेनौ । अब म एकाएक तिमीलाई के भयो जान्न चाहन्न । मेरो केवल ठहर्याई छ तिमी स्वार्थी र ढोङ्गी हौ । सावित्री ठोकुवा गर्छे ।
मैले त तिमीलाई छोड्ने बेला भैसक्यो । मेरो गाडीले हर्न बजायो । म सम्बन्धबिच्छेद माग्दिन । मेरो बिच्छेदन तिमीसँग होईन, तिम्रो बैचारीक चरित्रसँग हो । यदि तिमीलाई चाहिए मेरो आध्यात्मिक बाटोभित्र कागजका पानाहरु लिएर तिमी कुनैबेला आउन सक्छौ । बाँकी सम्पत्तिका कागजपत्रहरु त्रि्रै नाउँमा छन् । म केवल बाँच्न सक्ने हिम्मत मभित्र लिएर जाँदैछु । मैले तिम्रो चारीत्रिक हत्या कसैसँग गरेकी छैन । म हिजो जस्तै अदृष्य-अदृष्यै छु आजपनि ।
सावित्री निस्किई । रित्तोरित्तै तर भरिएको मन लिएर । रवीन्द्रले पर पुगेसम्म सुनिरह्यो गाडीको र्घर्ररर्र भित्रभित्रै धस्रिएको पोल्ने मन लिएर । आँगनमा फूलहरु लहरिरहेका थिए ।


-ब्रसेल्स, बेल्जियम

Monday, December 8, 2008

गजल

-भुपेन्द्र महत
माया दिई खोस्ने भन्दा दुश्मन नै जाती
सुम्सुमाएर घोप्दा रैछन् आफ्नैले छाती

सबका लागि उत्सब भो,मुटु चिर्ने खेल
जूनतारा निदाएछ पुर्णिमाको त्यो राति

गान्धी बोकी बुध्द बोल्ने बजार भरी कति
हासीहासी नासी दिने कस्ले चिन्छ घाती

तेरो मेरोको घेरो किन बनायौ तेडोमेडो
बाङगो पनि सिधा भन्ने मनै छ कि काती

मन्दिर भत्कियो मुर्ती बेखबर कता पुगे
सुकेरै गयो आखिर पूजाको फूलपाति



हाइकु

-नवराज सुब्बा

नबग्ने ढल

च्याप्पिएको सडक
ठ्वाँस्स दुर्गन्ध ।

मच्छर घर

ओर्लेर घाम उफ्
घँवराहरू

लाइन जाँदा

मृततुल्य शहर
मलामीहरू

तरकारी छ
सस्तो सस्तो जस्तो
म गोलभेडा

समथर छ

भल नबगेर म
थुनिन्छु बाटो ।

-बिराटनगर,नेपाल

निबंध

एक पागलको डायरी

-मोमिला
मेरो देशको एक पतझड मौसम !
उकुसमुकुस सडक पार गरूँ भन्दाभन्दै रेडलाइट बलिहाल्यो । सुस्केरासहित सडकको वार िकिनारमै टक्क उभिएँ ।
मध्य चैतको घाम, बाफिलो सडक, हुरी र बतास । पुतलीसडकचोकमा बाटो क्रस गर्ने ध्याउन्नमा जेब्राक्रसिङ्नेर उभिएर म ग्रीनलाइट अधीरतासाथ पर्खन लागेँ ...। टाढाबाट बाढीले बगाउँदै ल्याएका वस्तुहरू कतै पर पुर्‍याएर किनारमा थुपारेजस्तै मेरापछि म उभिएको किनारमा एक निमेषको समयले बाटो पार गर्ने हूल मान्छे थुपारसिकेको थियो । म एकोहोरो ग्रीनलाइटको प्रतीक्षा गर्दै रहेँ ...। जब ग्रीनलाइट बल्यो, होडमा बाटो पार गरूँभन्दा त मसँगै उभिएको मान्छेको बाढी उर्लेर उहिल्यै रातो बत्ती छिचोल्दै सडकपार िपुगेर पनि आ-आफ्नो गन्तव्यतिर छिन्नभिन्न भइसकेछन् । दायाँबायाँ हेर्छु त साथमा नजिकै एक पागल मात्र उभिएको देखेँ । म र पागल दुवैले सँगसँगै बाटो क्रस गर्‍यौँ । नचिने पनि उसले मलाई नमस्कार गर्‍यो, मैले पनि स्वाभाविक नमस्कार फर्काएँ र आ-आफ्नो बाटो लाग्यौँ । त्यो पागलभित्रको धैर्य र शिष्टताले म प्रश्निल आश्चर्यमा अलमलिरहेँ । सोचेँ, ऊ त पागल नै थियो रे ! असामान्य थियो रे ! तर, म आफूलाई सद्दे कसरी ठानूँ ! जबकि, नियम पालन गर्ने म भर्खर मात्र राम्रैसित पागल सावित भइसकेकी थिएँ । आखिर त्यो समाज नामको हूल सबैले मलाई पागलको साथ छाडेर एक्ल्याएका थिए । मलाई साथ दिने त्यो पागल अहिले पनि काठमाडौँको व्यस्त फुटपाथका हूलहरूमा यसै हिँडिरहेको भेटिन्छ त कहिले जहाँसुकैको चौबाटो सडकको बीचमा उभिएर ट्राफिकले झैँ समयसूचक, दिशासूचक र नियमसूचक हात हल्लाइरहेको हुन्छ
... इमानलाई अधिक प्रेम गर्ने ऊ पनि सायद मजस्तै जीवनको नियम इमानदारपूर्वक पालना गर्दागर्दै एक्लो बृहस्पति झूटो भएसरह बेइमानहरूको भीडबाट छुटेको -अलग्गिएको) इमानी पागल हुनुपर्छ ।... हुनसक्छ, तोड्नकै लागि बनाइएका हुन्छन् नियम र संविधानहरू । त्यसमा पनि भ्रमद्वारा भ्रमकै लागि भ्रमित नियम र संविधान उफ् नियम नतोडिँदा पो पागल ...।
अक्सर कहीँकतैका लागि मेरो प्रस्थान प्रारम्भ समयमै भए पनि प्रायः पुग्दा समयभन्दा ढिलै पुग्ने मान्छे म, सभ्यहरूको सङ्गमस्थल कहीँ सभा-सम्मेलनहरूमा समयभन्दा अघिको त के कुरा ! समयमै मात्र जब म पुग्छु, जरुर पागलको उपहार मिल्दछ । यस्तैयस्तै अनुभूतिहरूको आवाज उही पागलले सुन्ने र पागललाई सुनाउनुदेखि बाहेक कहीँकतै कुनै अडेसा नरहँदा अन्ततः आफैँमाको एकान्तले खिचेर मलाई डायरी लेख्न अनुरोध गर्‍यो । बुझ्यौ ! यो क्षण तिमी त्यही पागलको डायरी पढिरहेछौ ।
जब तिमी यो डायरी पढ्छौ, सम्झ तिमी कुनै दिनको उज्यालोमा गएको रातको सपना सम्भिmरहेछौ, जुन अतीतले तिमीलाई विशेष सुख त दिँदैन नै तर विशेष दुःख पनि दिँदैन । क्रमशः ओझेल पर्दै जान्छ दिन जसै, अन्तरक्ष्िामा पुगेर गुमाएको धर्तीको तस्बिर खिचेझैँ तिमी मेरो डायरीको पिँजरामा आफ्नो संसार खोज्न थाल्नेछौ र भेट्नेछौ आफ्नै पि्रय कोठा, जहाँ वर्षौंदेखि तिमी दोस्रो व्यक्तिको व्यथा सिरानी हालेर सुत्छौ र बिर्सन्छौ आफ्नो पीडाको कथा ।
मलाई त्यो लेखक सबैभन्दा बढी मन पर्छ, जसलाई पढ्दा जोकोहीमा तर्क र चेतनाको सीमान्त विन्दुमा पुगेर हृदयालु पागलपनको रौनक छाओस् । एक लेखकीय सन्दर्भमा नै जबजब हामी एउटा कलात्मक सीमा पार गर्छौं र पागलपनको रमरममा डुब्छौँ, तब थाहा लाग्दछ कि हामीले सीमा पार गरी छाडेर आएको संसारचाहिँ पागल रहेछ ... । यसैले त लाग्छ, हरेक सिर्जनात्मक क्षण हाम्रा पागल आकाङ्क्षाहरूको प्रतीति हो । चाहे त्यो किशोरकुमार र अरूणा लामाका दर्दभरकिा गीतहरू होऊन, चाहे हरभिक्त कटुवालका कविताहरू, चाहे सरुभक्तका पागल प्रेमका पहेलीहरू, चाहे भ्यानगगका प्रेमिल पागल पेन्टिङ्हरू होऊन्, जो आफ्नै जिन्दगीप्रति कृतघ्न बनेर एक अञ्जान समय शब्दमा ध्वनित हुन्छन्, धुनमा झङ्कृत हुन्छन्, रङ्गमा एकाकार हुन्छन् ... । यसरी आफ्नै जिन्दगीप्रतिको मेरा कृतघ्न पहेलीहरू नै डायरीबद्ध हुँदै जान्छन् ...।
...यथार्थतः डायरीबद्ध मेरो उद्धृत समयले न कुनै भूमिका लेख्यो, न कुनै सम्पादकीय नै लेख्यो ! केवल आफ्नै मानसभूमिमा त्यो समय बिलकुल अवैध कल्पना बनेर फैलिरह्यो ... ।

हुन पनि बुद्धको आत्मा कपिलवस्तु जलिरहँदा राजनीतिक दोहोरीमा राजधानीका सडकहरू उत्सवमय हुन्छन् । घरभित्र लोग्नेस्वास्नीको झगडा हुन्छ, टायर बल्छ बाहिर सडकमा । बाह्रबिसे घटनाको पहिरो खस्छ जडीबुटीको चोकमा र अवरुद्ध हुन्छ उही सडक । चेतना कतै विदेशमा बन्धकी राखेर यहाँ 'हो' मा 'हो' को नाराजुलुसले सडक ढाकिरहन्छ, आमाहरू सडकमै सुत्केरी हुन्छन् र धिक्कार्छन् भाग्यलाई । पुल्चोकबाट प्रारम्भित पेट्रोलपङ्क्तिहरूले दुई हातको फैलावटजसरी दुवैतिर भारत र चीनको सिमाना छोइसकेका छन् । उही पङ्क्तिको सीमामा कुुर्दाकुर्दै पत्थरमा अनूदित हुन्छन् अहल्याहरू र कुल्चिइनुपर्ने सडकको अकाट्य हिस्सा बन्छन् । यसरी जनता बिच्छिएको अवरुद्ध सडकमा जनतालाई किचेर अब कति दिन कुद्छन् अग्रगामी चिल्ला गाडीहरू !
विश्वास नै हुँदैन कि म भने गन्तव्य कँुदिएको खुला सडकमा निर्बिघ्न यात्रारत छु ... । यद्यपि, उही पागलसँग, त्यो पनि नितान्त मेरो निजी सपनामा, जो केवल मात्र मेरो अर्थात् एक पागलको हो ।आँखामा पर्दा हालेर पनि यात्रामा सदा म नयाँ नेपालको दर्शन गररिहेछु । अञ्जानमै छुटेका क्रूर शासकका सालिकबाहेक त्यहाँ कुनै कविका सालिकहरू छैनन्, पुरातात्त्विक दरबारहरू छैनन् । सङ्ग्रहालयमा परचियहीन मानवकङ्कालहरू सङ्गृहीत छन् । कतै देखेदेखेजस्तो, चिनेचिनेजस्तो तर साइनबोर्ड बदलेर आफ्नै इतिहासको चिहानमा उभिएका बडेमाका ल्यान्डमार्कहरू त्यहाँ छन् र जम्मामा म बाँचेको युगमा रङ्गहीन रङ्ग पोतिएको छ । अब समकालीन आमाहरूका साथमा आफ्ना सन्तानहरूलाई आफू बाँचेको युगको परचिय दिने सन्दर्भित कुनै मौलिक कलाकृतिहरू रहेनन्, उज्यालो-अँध्यारो कुनै पृष्ठभूमिहरू छैनन्, जहाँ रत्तिो भाँडा बजेसर िनयाँ र आधुनिकताको निगाहमा बजिरहेछन् रििमक्स धुनहरू... !
यतिखेर इतिहासको अमूर्त अवधारणायुक्त परदिृश्यमा भयानक सपनाबाट बिउँझेसर िथकित र चकित यो क्लान्त पागल पात्र आफन्तहरू छुट्टी मनाउन गएको दसैँको उदास राजधानीलाई आफ्नो डायरी पढेर सुनाइरहेछ ... !

खै कहाँबाट सुरु हुन्छ म उभिएको धर्तीको आकाश ! र, खै कहाँ पुगेर अन्त्य हुन्छ ! आकाशको त कुनै दोष छैन तर ऊ बिनाकारण धर्तीका नीलडामहरू स्वयम्मा खापेर बाँच्न अभिशप्त छ ! साँझ पनि उदास छ किनभने कोही आउँदो प्रभातको जड नै उखेलिरहेजस्तो छ, यहाँ ! जीवन जप्दैजप्दै भङ्ग भएको तत्पश्चात्को निस्सार पहेलीजस्तो, सर्वस्व ठानेको डायरी हराएपछिको एकतमासको खाली र अधुरो जीवनजस्तो आगामी अनिष्टको भयमा सन्नाटामय गुमसुम छ बस्ती ! सुकेको पात झरेको आवाजले पनि झस्कन्छ गाउँसहर !यसरी आफ्नै जिन्दगीसँग कस्तरी दूरी बढेको छ, यहाँ सभ्यताको चिहानघारीमा कहिले फुल्छ, अर्को फूल !यथार्थमा तिम्रो स्वीकृत एकान्त र मेरो इच्छित एकान्त जरुर भिन्न होला । तिमी कोहीकसैबाट एक्लिएर आफैँसँग रहेका छौ, सायद ! तर, म आफूबाट एक्लिएर दुनियाँमा जिउन चाहन्छु, तिमीसँग हाँस्न-रुन चाहन्छु । फेर िपनि सकिरहेकी छैन । र पनि मेरो एकान्तमा एकएक वृक्षको आवाज अनि हरेकलाई स्पर्श गरेर बहने हावाको भिन्नभिन्न सुगन्धलाई महसुस गर्न चाहन्छु । तिनीहरूमध्ये म जुन सुगन्धले बेस्सरी स्पर्शित हुन्छु, सिर्फ उसैको पछि बहन्छु, जबसम्म म उसलाई सम्पूर्ण महसुस गर्दिनँ । यद्यपि, एकाग्रता अर्को पागलपन हुनसक्छ ।
पि्रय भावक ! मेरो डायरी अब तिमीले सम्झेको पागलको कहानीभन्दा कहाँ भिन्न रह्यो र ! जसले हर सुखदुःखमा मेरो साथ निभाएको छ, जसको साथ म आफूलाई सम्पूर्ण सुरक्षित महसुस गर्छु, आत्मीय अनुभूत गर्छु ।

जब म पारजिात सोच्छु, यी कथनहरूमा म उनलाई याद गर्छु- 'जीवन जतिजति बाँच्दै गयो, उतिउति अनुभूतिहरूको विशाल काव्य बन्दै जान्छ !' यथार्थमा यो उनको जीवनप्रतिको कलात्मक अवधारणा थियो । जीवनप्रतिको मेरो अनुरागमय कलासंवेदन सायद त्यहीँबाट प्रारम्भ हुन्छ । त्यहीँबाट डायरीबद्ध हुँदाहुँदै यहाँसम्म आइपुग्दा मेरो दुस्साहस काव्यमय बनेछ क्यारे ! यसर्थमा नै उनीप्रति म आभारी छु र रहनेछु ।जब म उनलाई पढ्छु, उनको आँखा र हृदय निकै नै खाली भेट्छु । पढ्दा उनका उपन्यासका कतिपय पानाहरू पनि खाली भेट्छु, जतिबेला म उपन्यासमै पागल भएर हराएको हुन्छु । कति सुखद छन् ! पाना खाली रहेका क्षणहरू, जहाँ स्वयम् म खाली पानामा एकाकार भएर डायरीबद्ध भइसकेकी हुन्छु ।आज म यो पागलको डायरी मेरो समयलाई उपहारस्वरूप चढाउन चाहन्छु । पि्रय समय ! कतै तिमीले फुर्सदमा यो डायरी पढेछौ भने जहाँजहाँ खाली पाना भेट्नेछौ, सम्झ त्यो पाना तिमी-म उभिएको धर्तीको नाममा समर्पित छ !

कविता

इच्छा

-बिमल निभा
पहिले ऊ जन्म्यो
त्यसपछि उसका इच्छाहरू
बिस्तारै-बिस्तारै

ऊ चाहन्थ्यो
अकाशजत्रो कसौंडीमा
भात पकाउन
र धरतीका समस्त भोकाहरूलाई
पेटभरि खुवाउन
ऊ भेडाहरूसँग
प्रेमपूर्वक ऊन माग्न चाहन्थ्यो
र जाडोले थरथरी कामिरहेकाहरूलाई
एक-एकवटा स्वेटर
बुन्न चाहन्थ्यो
पहाडसँग ढुङ्गा,
बादलसँग माटो
सापटी लिएर भए पनि
एउटा विशाल घर बनाऊँ
जहाँ सबै घर नभएकाहरू
अटाउन सकून्
केही दिनदेखि ऊ
इच्छाको गरिरहेको थियो
एकदिन वादशाहलाई
उसको इच्छाको खबर भयो
क्रुद्ध भयो बादशाह
र गर्जिन थाल्यो
मेरो राज्यमा
यस्तो इच्छा राख्नु अपराध हो
समात त्यो व्रि्रोहीलाई
र हाजिर गर मेरो दरबारमा
बादशाह अघि ल्याइयो उसलाई
कड्केर भन्यो बादशाहले
तँ खतरनाक इच्छाहरूको
दोषी होस्
अब मर्नलाई तयार हो
भन्, तेरो अन्तिम इच्छा के छ
उसले पनि कड्केर जवाफ दियो
मेरो अन्तिम इच्छा त्यही हो
जो मेरो पहिलो इच्छा हो
दोस्रो इच्छा हो
तेस्रो इच्छा हो
बादशाह यो सुनेर
झन् क्रुद्ध भयो
र भन्यो
फाँसी दे यसलाई
अन्ततः उसलाई मारियो

उसको हत्याको केही दिनपछि
बादशाह सवारीमा निस्क्यो
उसको बधस्थलनेर पुगेर
चकित भयो बादशाह
जहाँ उसलाई मारिएको थियो
त्यहाँ जीवित थिए इच्छाहरू
सास लिइरहेका
र सक्रिय
यो देखेर बादशाह

क्रोधले बहुलायो
र कराउन थाल्यो
मार, मार इच्छाहरूलाई
तर जति प्रयत्न गरे पनि
हात्ति, घोडा, भाला, तरबार,
सेना, तोप लगाएर पनि
इच्छाहरूलाई मार्न सकिएन

थकित भए
हार माने
सेनापति, भारदार, गुप्तचर र सिपाहीहरू
यही असफलताको शोकमा
बादशाहको मृत्यु भयो
यति भनेर चुप लाग्नुभयो मेरा पिता
मैले प्रश्न गरेँ
के कथा सकियो बुबा ?
उहाँले एउटा लामो सास तानेर
भन्नुभयो
हो छोरा, यो कथा
यहीँ समाप्त हुन्छ
तर समाप्त भएको छैन
उसको इच्छा
अहिले पनि त्यहाँ
जहाँ उसलाई मारिएको थियो

देख्न सकिन्छ
उसका इच्छाहरू

जीवित एवं उत्साहित
चारैतिर फैलिँदै फैलिँदै
गइरहेका इच्छाहरू
अगाडि-अगाडि बढिरहेका इच्छाहरू
एकबाट अनेक भइरहेका इच्छाहरू
असङ्ख्य असङ्ख्य इच्छाहरू
छोरा, उसको इच्छा
आज पनि जिउँदो छ
इच्छाहरू कहिल्यै मर्दैनन्
मेटिन सक्दैनन् इच्छाहरू
के तिमीसम्म त्यो इच्छाको ताप
पुगिसकेको छैन छोरा ।


Sunday, December 7, 2008

लघुकथा

राजनीति

-प्रदीप प्रधान
पिच सडकमा गाडीहरू रोकिदै गए । हेर्दाहेर्र्दै कमिलाको तातीझैँ गाडीहरूको लस्कर लाग्यो । कोही यात्री पिसाब फेर्न ओर्लिए । कोही धारामा पानी पिउन झरे । सबभन्दा अगाडिको ट्रक चालकले रोकेपछि यो रोकिने क्रम जारी भयो । त्यस ट्रकअगाडि ढुङ्गाहरू थुपारिएको थियो । तर ढुङ्गा पन्छाएर ट्रक अगाडि बढाउन ड्राइभरको हिम्मत नै भएन । रोकिएको चारवटा बस पछाडिको बसमा दूइ जना यात्रीहरू कुरा गर्दै थिए । -"अब बर्बाद भयो ।" एक जनाले भन्यो । -"दुर्घटनामा परेर छोरा टिचि अस्पतालमा छ । आजै पैसा लिएर आउनु भनेर खबर पठाएपछि हतार-हतार आएको । अफिसमा पनि कुनै खबर नगरी हिँडेको । दोस्रोले भन्यो । अर्को यात्री भन्छ- "मेरो आजै राती दुबई उडानको टिकट छ । बल्ल-बल्ल टिकट पाएको । एक लाख खर्च गरेर भिसा आएको हो । मत ठूलो सङ्कटमा परेँ ।" सबैका आआफ्ना गुनासा थिए । कोही जागिरमा हाजिर हुने कर्मचारी, कोही व्यापारी, कोही एम्बुलेन्स लिएर दौडिएका बिरामी थिए । दुइ जना कुरा गरिरहेको बेला एक जना बीचमा बोल्यो, "हैन, आज बन्द भनेर कहीँ पनि भनिएको छैन । केको ढुङ्गा थुपारेको होला, हटाएर गए हुँदैन ?" अर्को यात्रीले प्याच्च बोल्यो, "फेरि पड्कियो भने के हुने हो ?" यस्तै-यस्तै तर्कले कसैको हिम्मत पलाएन रोकिएको ठाउँको वरिपरि दसबाह्रवटा होटलमात्र थिए । यात्रीहरू भोकाउन थाले । होटेलमा आएर खाना खान थाले । होटल प्याक भयो । होटेलमा स्टक केही रहेन । होटलवालालाई खाना पुर्‍याउन पनि धौधौ भयो । अन्त्यमा होटल मालिक कृष्ण पाण्डेले होटलको कामदार दिलीपलाई भन्यो- "खाना सबै सकियो । जा ढुङ्गाहरू हटाई दे ।" दिलीप सरासर गएर ढुङ्गा हटाइदियो । गाडी यात्रीहरू खुसी भए । "गाडी खुल्यो ।" भन्दै आआफ्नो सिटमा बसे ।

गजल

-सीमा सुब्बा
जो सुकैको मुटु भित्र पस्नु हुन्न भन्छन्
निर्मोहीको प्रेमजालमा फस्नु हुन्न भन्छन्

आफ्नो स्वार्थ सिद्द गर्न प्रयोग गर्ने प्रेमी संग
एउटै घरमा तड्पिएर बस्नु हुन्न भन्छन्

बासनाको भोकमा सधै छड्के नजर लाउने सित
तर्की-तर्की हिड्नु बरु, डस्नु हुन्न भन्छन्

माया किन्न खोज्छन् कोही सम्पत्तिको घमन्डले
यस्ता सङ्ग लगन गाठो कस्नु हुन्न भन्छन्

साचो माया गर्नेहरु माया मै जिउछन् मर्छन्
यस्ताहरुको पिठ्युमा छुरा धस्नु हुन्न भन्छन्

जवानीमा सबै कुरा ख्याल गर्नु जरुरी छ
पछि फेरि पस्चातापमा खस्नु हुन्न भन्छन्।

हाल: यूके
ईमेल: hi_seema005@yahoo.com

Friday, December 5, 2008

गजल

-ईन्द्र नारथुंगे
धेरै पछि भेट भयो बोली देऊ न सानु केही
गाठो पर्ला मन मै राखे खोली देऊ न सानु केही

बिर्सिएर दुनिया माया गरु तिमीलाई भन्छु
लठ्ठै पार्ने चीज होला घोली देऊ न सानु केही

आखा लाग्ला पराईको मोहनी त्यो अधरमा
मै हु तिम्रो आफ्नो भन्ने बिटोली देऊ न सानु केही

कस्तो मात जबानीको मनै ठेगान हुन्न अचेल
पर्खाईमा थाकिसके मोली देऊ न सानु केही

जे जे पर्ला गाठे सहनलाई तयार 'ईन्द्र'
एकै छिन बसी कतै रोली देऊ न सानु केही

-ईन्द्रेणीपोखरी ,खोटांग

कबिता

आकाशको खोजीमा निस्किएँ

-शशीकला तिवारी
स्यानो छँदा
म सपनामा उड्ने गर्थेँ
एउटा रूखबाट अर्को रूख
एउटा पहाडबाट अर्को पहाड
बादलसितै माथिमाथि उडिरहन्थेँ
तर... तर पछि एकाएक
मेरो उडान रोकियो
मैले उडेको सपना देख्न छोडेँ
तर मैले आˆना पखेटाहरूलाई
कुँजिन दिइन
जतनसाथ राखिरहेँ,
ती आˆना पखेटाहरूलाई
एक दिन अनौठो भयो...
घाममा सुकाएका पखेटाहरू हेर्दाहेर्दै
आफैँ उड्न थाले
माथिमाथि आकाशमा
फन्को लगाउन थालेँ
कावा ?... रगन थालेँ
आश्चर्यचकित भएर
उडिरहेका आˆना पखेटाहरूलाई
मैले हेरिरहेँ
आँखा झिमिक्कै नगरी
एक टक हेरिरहेँ
हेर्दाहेर्दै तर केही वेरमै
केही समयमै
पखेटाहरू एकाएक
अचानक काटिएको चङ्गाजस्तै
मेरो अगाडि आएर ˆयात्त खसे
काँपिरहेका भयभित
ती पखेटाहरूलाई
मैले विस्तारै उठाएँ
अनि सुम्सुमाएँ ... ढाढस दिएँ..
आतङ्कित पखेटाहरूलाई
विस्तारै विस्तारै सुम्सुमाएँ
र सोधे.ँ...
किन डराएको ? किन फर्किएको
आज यति छिट्टै किन फर्किएको ?
चिरबिर चिरबिरको
आवाज निकाल्दै
पखेटाहरूले कम्पित स्वरमा भने
अब हामी यो आकाशमा उड्दैनौ
यो विषाक्त भयावह आकाशमा
अब कहिलै कहिलै उड्दैनौ
हामीलाई एउटा अर्कै आकाश दिनोस्
एउटा यस्तो आकाश जहाँ
मृत्युको जाल थापिएको नहोस्
जहाँ गुलेली र बन्दुकको गोलीको
त्रास नहोस्
भयमुक्त भएर उड्न सकियोस्
हामीलाई स्यानै भए पनि आˆनै
एउटा स्वतन्त्र आकाश खोजिदिनोस्
जहाँ स्वतन्त्र भएर
निश्चितताका साथ उड्न सकियोस्
यो सुनेपछि
म स्तब्ध भएँ
मेरो उड्ने रहर पनि
एकाएक पग्लिएर आँखाबाट खस्यो
मैले आˆना ती पखेटाहरूलाई
चुपचाप ब्यागभित्र राखे
र नयाँ आकाशको खोजीमा निस्किएँ ।


साभार: मधुपर्क

कथा

गुलियो

-राजेन्द्र पराजुली
सोझै हानियो संसद् भवनबाट प्रदीप शर्मा नगरकोटतिर । त्यस दिन, जुन दिन प्रदीप शर्मा कतै नहेरी र कसैको वास्ता नगरी नगरकोट गएको थियो- संसद् तातो बहसका साथ चलिरहेको थियो । सङ्घीय, लोकतान्त्रिक, गणतन्त्र नेपालको भाग्य निर्माता संसद्को बैठक महìवपूर्ण विषयको टुङ्गोमा पुग्न भनी जारी थियो । चालू सरकारलाई पुनर्गठित गर्नुपर्ने बहस तातेको थियो संसद्भित्र । त्यसैभित्र यसो कतै ठाउँ पाएको थियो- मुलुकभरको इन्धन हाहाकारले । ऊ आपूर्ति मन्त्री भएका नाताले सांसदहरूले गरेका प्रश्नहरूको जवाफ उसले दिनै पथ्र्यो ।
उसले नगरकोट जाँदा बाटामा भेटेका पेट्रोल पम्पहरूमा सवारी साधनका लामालामा लाइन देखेको थियो । संसद्मा उपस्थित संासदहरू कहिलेसम्म इन्धन अभाव भइरहन्छ ? सर्वसाधारण जनताले कहिलेसम्म यो यातना भोगिरहनु पर्छ ? कहिलेसम्म नेपाल आयल निगमलाई गरिब जनताले तिरेको करको पैसा बुझाउँदै बचाउनु पर्छ भन्दै प्रश्नहरू गरिरहेका थिए । संासदहरूको प्रश्नको जवाफ प्रदीपले पनि त्यसरी नै दिएको थियो जसरी ऊभन्दा अघि आपूर्ति मन्त्री हुनेहरूले दिने गर्दथे ।
प्रदीपलाई जवाफ दिन कुनै गाह्रो थिएन । मुलुकमा तेल उत्पादन हुँदैन, अन्तबाट ल्याउनुपर्छ र जनता गरिब भएका कारण परल मूल्यभन्दा कम भाउमा बेच्नु पर्छ । अन्त महँगो हुँदा यहाँ पनि महँगै हुन्छ, अन्त नपाइँदा यहाँ पनि पाइँदैन, आयल निगम अबौर्ँ रुपियाँ घाटामा छ, बस् यही हो उसको बनिबनाउ जवाफ तर रहस्य यहाँ के उत्पन्न भएको छ भने अचानक प्रदीप किन संसद् चलिरहँदा कुर्सी छाडेर बाहिर निस्किए ? किन उनी ड्राइभर, अङ्गरक्षक, आफ्नै दलका सहकर्मीलगायत कसैलाई नभनी र साथमा कोही पनि नलिई अचानक बाहिर निस्किए ? आफ्नो कुर्सीबाट प्रदीप हठात् उठ्दा मिनेटौंसम्म कुर्सी बेतोडले फनन घुमिरहेको थियो । प्रायः आफैैं गाडी चलाउन त्यति मन नगर्ने प्रदीप किन त्यस दिन कसैको वास्ता नगरी र केही नभनी बाहिरिए ? रहस्य यिनै प्रश्नहरूमा लुकेको थियो ।
त्यस दिनको संसद्मा एक जना पश्चिमतिरकी महिला विधायिका-सांसदले मट्टीतेलको अभावमा बल्न नसकेको स्टोभ प्रदीपको टेबुलमा राखिदिँदै भनेकी थिइन्- 'मन्त्री महोदय यो रित्तो पेट हो, कसरी भरिदिनुहुन्छ यसलाई ?'
यो प्रश्नसँगै प्रदीप झस्किए र उनले आफू स्वादिलो भोजनले अघाएको भए पनि भोको अनुभव गरेका थिए, आफूले खाएको भोजन अमिलो महसुस गरेका थिए । अन्य केही सांसदहरूको अभावका प्रश्नहरूले कुनै अप्ठेरो महसुस गराउन सकेको थिएन तर जब ती महिलाले रित्तो स्टोभ ल्याएर आˆनो टेबुलमा राखिदिइन् प्रदीप अवाक् भएका थिए । उनलाई संसद्भित्र बसिरहन नसक्ने बनाएकै थियो- त्यो प्रश्नले । स्वयम् रित्तो स्टोभ नै सजीव भएर आफूलाई प्रश्न गरिरहेजस्तो लागेको थियो । उनले मनमनै भनेका पनि थिए- संसद् भवनको मूल ढोकामा बस्ने यी तिघ्रे सेना-प्रहरीका जवानहरू के हेरिबस्छन्, संसद्भित्र स्टोभ बोकेर ल्याउँदा पनि ? किन जथाभावी वस्तु बोकेर प्रवेश गर्नेहरूलाई रोक्न र केही भन्न सक्दैनन् ? के संसद् भनेको रित्तो स्टोभ ल्याउने थलो हो ? 'होइन' ।
आफ्नो प्रश्नको जवाफ आफैंले दिएर प्रदीपको मन शान्त भएको थिएन ।
बाटामा तेल भर्न पालो पर्खिरहेका मान्छेलाई उनले उही महिला सांसदले देखाएको स्टोभ जस्तै देखेका थिए, लाम लागेका सवारीसाधन पनि त्यही स्टोभकै अनुहारसँग मेल खाने खालका थिए । उनी जताततै रित्तो स्टोभ देखिरहेका थिए । रित्तो स्टोभ उनको ठूलो दुश्मन बनेर उपस्थित भइरहेको थियो । र, उनलाई हरेक क्षण बिथोलिरहेको थियो । यसो कहिलेकाहीँ त राजनीतिप्रति वितृष्णा नै पैदा गराइरहेको थियो । -तर प्रदीपका निम्ति राजनीति अधिक पि्रय पेशा थियो, राजनीति नगर्नु उनका लागि सास नफेर्नु जतिकै थियो ।)
प्रदीप अघिपछि भन्दा निकै छिटो, लगभग आधा समयमा नगरकोट पुगे । सुन्दर प्रकृतिसँग उनले के विश्वास गरेका थिए भने- संसद्भित्रको झन्झावात सबै समाप्त हुने छन्, उनको मनमा केवल प्रकृतिजस्तै सुन्दर भावहरू उत्पन्न हुनेछन् । उनका वरिपरि आनन्द नै आनन्द उत्पन्न हुनेछ । उनी राजनीतिक बजारमा उत्पन्न यावत् उछालकुद र संसद्को तनावबाट उन्मुक्त हुनेछन् ।
नगरकोटको आकाशमा थोरै बादल थियो- जे पनि कल्पना गर्न सकिने उन्मुक्त बादल । प्रदीप तिनै बादलका बुट्टाहरू हेर्न थाले- एउटा सानु डाँडामाथि चढेर । एकछिन त प्रदीप निकै आह्लादित भए प्रकृतिको काखमा ।
टुक्रा-टुक्रामा विभाजित बादललाई प्रदीपले मान्छेहरू देख्न थाले- संसद्भित्र उपस्थित 'सांसद' नामका मान्छेहरू । बादल छुट्टएिर सानासाना टुक्रामा विभाजित हुँदै थियो- प्रदीपले त्यसलाई सांसदहरूको सङ्ख्यामा वृद्धि भएको देख्यो- तिनको सङ्ख्या ३ सय र ६ सय एक भएको अनि दलहरूमा व्याप्त विभाजन वा फुट देखे । असङ्ख्य र गन्न नसकिने ती टुक्राहरूले त्यही प्रश्न गरिरहेका थिए- जुन प्रश्नको सामना प्रदीपले संसद्मा गरेका थिए तर संसद्मा गरिएका प्रश्नले उनलाई त्यतिबिघ्न असहजता उत्पन्न गराएका थिएनन्, उनी यतिखेर निकै असहजता महसुस गरिरहेका छन् ।
अचानक बादलबीचबाट उही महिला सांसदको अनुहार भएकी अर्की प्रश्नकर्ता आई र त्यसैगरी प्रश्न गर्न थाली- रित्तो स्टोभ देखाउँदै भन्न थाली- कहिलेसम्म आफ्नो पेट मात्र भर्छौ माननीय महोदय, जनतालाई भोकै राखेर ?
उता सिंहदरबार हुँदै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुगेको विधायिका-संसद्भित्र कसको नेतृत्वमा सरकार बन्ने ? रक्षा, गृह, परराष्ट्र, अर्थ, सञ्चारलगायतका महìवपूर्ण मन्त्रालय आफूले पाउनुपर्ने, मर्यादाक्रममा आफूलाई ठूलो भनिनु पर्नेलगायतका मागहरू राजनीतिक दलहरू जोडतोडले उठाइरहेका थिए । ठूला भनिएका दलहरूका आँखा सेना र प्रहरीसँग जोडिएको रक्षा मन्त्रालयमा ठोकिएको थियो । आफूले भनेको मन्त्रालय नपाए सरकारमा नजाने अड्डी कसिरहेका थिए दलहरू । सरकार बनाउन र आफूले रोजेको मन्त्रालय पाउन अनेकथरिका चलखेल आरम्भ भइसकेको थियो । संासद किनबेच आरम्भ हुन थालिसकेको थियो । यस्तो अवस्थामा यो जाबो इन्धनले मलाई किन यतिधेरै उद्वेलित बनाएको होला ? -प्रदीपले आफैंलाई प्रश्न गरे ।
प्रदीपका आँखा विस्फारित हुनथाले । अचानक बादलका बुट्टाहरू एकत्रित भएर जोडिन थाले र एक ढिक्का भए । एकछिन त्यो एकत्रित बादललाई प्रदीपले हेर्न सकेनन्, हिम्मतै जुटेन उनीभित्र त्यो एकसूत्रमा बाँधिएको बादल हेर्ने । जनता एक भएर उनीमाथि प्रश्नहरूका कोर्रा लगाउन तयार भएर आएको जस्तो लाग्यो उनलाई । उनलाई डर लाग्यो बादलको रूप देखेर । उनले आँखा चिम्लिए । केही बेरपछि उनले आँखा खोले र हेरे- एकत्रित बादलको ढिक्कोको अनुहार स्टोभ जस्तै थियो, जस्तै मात्र के ठ्याम्मै स्टोभ थियो त्यो- कसैले त्यो स्टोभ हल्लाइरहेको थियो- हल्लिँदा थाहा हुन्थ्यो त्यो रित्तो थियो- एकदम रित्तो ।
प्रदीपका निम्ति यो क्षण निकै पीडादायी सावित भयो । उनी जुरुक्क उठे । देखे- हुस्सुले उनलाई पूरै ढाकिसकेको थियो । बाक्लो हुस्सुका कारण उनी बसेको ठाउँबाट आकाश देखिँदैनथ्यो । आकाश नदेखिएपछि बादल पनि देखिँदैनथ्यो । यसबखत उनले आफूलाई उन्मुक्त महसुस गरे । खुसीले उपिmएर संसद्भित्रको गोलमालबाट मुक्त भएर नगरकोट आउनुको सार्थकता महसुस गरे । आवाज निकाले- 'धन्यवाद नगरकोट, तिमीलाई लाखलाख धन्यवाद ।'
हुस्सुको बाक्लो पर्दाप्रति प्रदीप निकै नतमष्तक बनेका थिए किनकि अब त्यहाँ कसैको प्रश्न थिएन । यो गज्जबको उन्मुक्तिमा प्रदीप अचानक नोस्टाल्जिक बन्न पुगे । आफू जन्मेको पश्चिम पहाडको कुनै एउटा अभावयुक्त गाउँ सम्भिmए र भुल्न थाले सबै राजनीति, पद, संसद्, लुछाचुँडी, किनबेच र यावत् वर्तमान । गोठालो हुँदाका क्षण सम्भिmए, भोक लागेर छटपटी भएपछि मात्र खान पाइने त्यो पनि भोकजति होइन- त्यो अवस्था पनि सम्भिmए । घाँस-दाउरा गर्नुपर्ने तत्कालीन यथार्थ सम्भिmए तर आफूले भोगिसकेका यी दुःखले अहिले उनलाई कुनै दुःख दिइरहेका थिएनन्, बरु यी सबैको सम्झनाले उनी आनन्दित बनेका थिए, आफू जिन्दगीमा निकै सफल भएको ठानेका थिए । पक्षी बनी उडेर उही जन्मथलो पुगूँपुगूँ लागेको थियो प्रदीपलाई ।
'ए पर्दिप -प्रदीप) तँ ठूलो भएपछि के बन्छस् ?' उनको असाध्यै मिल्ने साथी नेत्रले सोधेको थियो । 'म त शिक्षक बन्छु र यही गाउँका सर्वसाधारणलाई बाटो देखाउँछु- उज्यालो भविष्यको ।' -प्रदीपले साथीलाई पनि सोधेको थियो - 'तँ चाहिँ के बन्छस् नि नेत्र ?'
नेत्रले बढो चन्चलताका साथ जवाफ दिएको थियो- 'म त राजनीति गर्छु अनि मन्त्री बन्छु र देशको सेवा गर्छु ।' -अहिले परिस्थिति ठ्याक्कै उल्टो भएको छ- प्रदीप मन्त्री भएको छ नेत्र गाउँमै शिक्षक छ ।)
अचानक उनी बसिरहेको ठाउँमा मान्छेहरूको आवाज आयो- चर्को आवाजले प्रदीपलाई धेरैबेर नोस्टाल्जिक बन्न दिएन । आवाजले घेर्‍यो उनलाई । एक हूल मान्छे उनी भएतिरै आइरहेका थिए ।
अहिले हुस्सु हटिसकेको थियो, आकाशमा पुनः बादल लागेको थियो । प्रदीपतर्फ आइरहेका मान्छेहरूका हातमा रित्ता स्टोभ थिए । आकाशको त्यही बादल नै अहिले फेरि मान्छे भएको झैं लाग्यो उनलाई र, सोही बादल नै रित्तो स्टोभ भएजस्तो । प्रदीपलाई एकैपटक आफू बसिरहेको डाँडाबाट फाल हालुँ जस्तो भयो, यतै कतै झाडीभित्र कहिल्यै कसैले देख्न नसक्ने गरी लुकुँजस्तो भयो । राजनीतिका कारण पाएका यावत् पीडाबाट सदाका निम्ति मुक्त बनूँ लाग्यो उनलाई तर उनी आफूले सोचेको केही पनि गर्न नसक्ने अवस्थामा थिए ।
प्रदीप मान्छेहरूद्वारा घेरिए, एकछिन त उनलाई रिङ्गटा लाग्ला जस्तो पनि भयो ।
अनायास उनले आˆनो राजनीतिक गुरु सम्भिmए । उनको राजनीतिक गुरु अरू कोही नभएर आˆनै पार्टीका अध्यक्ष थिए ।
अध्यक्षले एकपटक प्रदीपलाई भनेका थिए- जनतालाई गुलियो खान दिनु पर्छ, लठ्ठ भइहाल्छन् ।
गुरुमन्त्र प्रदीपको दिमागमा धेरै पटक गुन्जियो । अहिले गुरुमन्त्रले उनी स्वयम्लाई लठ्ठ बनाएको थियो ।
एउटा राजनीतिक कार्यक्रममा छिमेकी मुलुक भारत जाँदा त्यहीँका एक जना मन्त्रीले उपहार दिएको छालाको ब्याग प्रदीपसँग सधैँ रहन्थ्यो- त्यही ब्याग खोले प्रदीपले । ब्यागमा सधैँ भइरहने चकलेटको पुरिया निकाले उनले र बाँडिदिए सबैलाई भाग पुग्ने गरी -बढी कराउनेलाई दुईचोटि दिए) गुलियो चकलेट ।


Wednesday, December 3, 2008

कबिता













शुन्यतामा
-उषा गिरी
आजकाल किन
दोबाटोमा अत्रिप्त प्यास
र गुम्सेको भावनाले
मानबता बिछ्याइ रहेकाछौ
पूर्णबिरामलाई बिर्सिएर
अन्तरिक्षको सपना
मात्र सुन्यतामा?
बर्तमानको सिढीलाई
जीवनको मात लागेकोछ
आजको यान्त्रिक मनुष्य
पाइला पाइलामा
पछुताउछ
मौन रुन्छ एकान्तको
काखमा,
बिते थुप्रै बिभत्स
यामहरु यथार्थमा तिम्रा,
भबिष्यले तिम्रो
कृतिहरु कोरिरहेछ
असन्ख्य बिचारहरुमा
अभिसापको युग
सल्बलाउछ
स्वतन्त्रताको धरातलमा।


-चारपाने,झापा (हाल: ब्रुसेल्स )

गजल

-मनु मन्जिल
तिमीलाई सम्झी आफ्नो नाम भुली आएँ
जून भेट्ने रहरमा घाम भुली आएँ।

पाखाभरि फुल्ने गुराँस 'बैँस लैजाऊ' भन्थे
तिम्रोलागि फूलैफूलको इनाम भुली आएँ।

एकछेउ आँचल देऊ न गोप्य लिखत दिऊँ
हतारमा दौडेको थेँ, खाम भुली आएँ।

कोइलीहरू हराएको धुन खोज्दै होलान्
आउँला भन्दै हिँडेको म जमान भुली आएँ।

तिम्रै तस्वीर बनाऊँ कि एक जिन्दगी म ?
यसकै लागि आखिर सारा काम भुली आएँ।

कथा

रहस्यमय पलायन

-मालिकराम राई
दुधकोशी अविरल बगिरहेकी थिई, स्वाss स्वाss । चार दिनदेखि लगातार पानी परिरहेको थियो, झर झर । चारोको अभावले होला त्यसैको खोजीको धुनमा नदी वारिपारिका चराचुरुङ्गीहरु कराइरहेका थिए, चिरबिर चिरबिर । पारिपट्टिको जंगलको ओढारमा बाघ गर्जिरहेको थियो, घ्वार्र घ्वार्र । मज्जाले चर्न नपाएर होला भेडाबाख्राहरु कराइरहेका थिए, म्या म्या, भ्या भ्या । मेघ गर्जिरहेको थियो, गुडुङ्गडुङ्ग गुडुङ्गडुङ्ग । बिजुली चम्किरहेको थियो, झिलिक झिलिक । साँझको दश बजेको थियो, कनके राँकोको उज्यालोमा मनमा अनेकौं तर्कना गर्दै कोशी गडतीरतिर लाग्यो । वारिपारिकाहरु पनि राँकाको उज्यालो फैलाउँदै ऊ झरेतिरै झरेका देखिन्थे । कनकेले पहिल्यै थापेको बल्छी हेर्न थाल्यो । बल्छीमा नभन्दै ठूल्ठूला र धेरैनै माछा परेको थियो । उसले ढडिया हेर्यो । त्यसभित्र पनि निकै माछा थिए । नक्कली कुरमा हात हाल्यो । त्यहाँ त्यति माछा थिएन । उसले अलि पछि खोल्ने विचार गर्यो । उसले बल्छीमा परेका माछा हेर्र्दै मनमनै बोल्यो,- “यो बेचेपछि पचास साठी त हुँदो हो । अरु एक डेढ सय थप्यो भने त मलाई विदेश जान पुग्दो हो । यै माछा मारेर त जीवन कसरी बिताउनु होला ! विदेश लागे केही त गर्न सकिन्छ कि !”
कनके खुशी मनले घर फक्र्यो । थोरै माछा र माछाको लोहासँग ढिँडो खाएर सुत्यो । आज ऊ मज्जाले निदायो । मीठो सपना देख्यो । भारत या भुटान कहाँ हो उसलाई एकिन भएन कुनैे एउटा शहरमा ऊ एउटा रम व्यापारी थियो । उसको रमको भट्टीपसल ठूलो थियो जहाँ नेपालीसहित अनन्य जाति पनि रम पिउन आउथे जान्थे । ठूलाठूला व्यापारी उसका साथी थिए । त्यही व्यापारको जादूले गर्दा उसले एउटी सुन्दरिसँग बिहे गर्यो जसले गर्दा उसको जीवन झन सुखमय र आनन्दको भयो । जब आमाले पानी छम्काउदै उठाइन् त्यो सपना थियो । बिहानको उज्यालो भइसकेको थियो । हतार हतार ढडिया, बल्छी र जाल बोकेर ऊ कोशीतिर लाग्यो । हिजो थापेको ढडिया हेर्यो । केही माछा थिए । कुरुवा बार्यो, ढडिया थाप्यो । अनि जाल हान्न थाल्यो । आज उसले जालमा निकै माछा पार्यो । सँधैभन्दा निकै खुशी देखियो ऊ । एक हप्तामा उसले दुइ सय बनायो । त्यसपछि ऊ दुइ जना साथीहरुसँग भागेर विदेश लाग्यो ।
उसले पर्देशको नाममा माछा बेच्न, नुन तेल, लताकपडा लिन त्यहीँ बेल्टार, गाईघाट, कटारीसम्म गएको थियो । अरु ठाउँ त उसले सुनेको मात्र थियो । उनीहरु फत्तेपुरबाट बसमा चढेर धरान पुगे । धरान देखेर ऊ छक्क पर्यो, चारैतिर जताततै घरैघर । पुरानो बजार, नयाँ बजार, रत्नचोक, देशी लाइन, घोपा क्याम्प देख्यो, ऊ उसै उसै खुशी भयो । ब्रिटिश क्याम्प देखेर उसलाई पनि लाहुरे हुन मन लाग्यो । मनमनै बोल्यो,- “लाहुरे हुन पाए त मालामाल भइन्थ्यो । तर आफ्नो त भाग्य नै छैन । फेरि आफ्नो मान्छे पनि त चाहियो । यो संसार स्वार्थले चलेको छ । आफ्नो मान्छे नहेरेर अरुलाई हेर्र्ने चलन छैन ।” दुइ दिन धरान बसेर ठाउँ चिन्ने एक जना भेगारी मानिससँग उनीहरु झिलझिले पुगे । धान काट्ने, खेतबारी जोत्ने काम पाए उनीहरुले । महिना दिनजति बसेर उनीहरु भारततिर लागे । प्रथमतः उनीहरु सिलिगुडी पुगे । तीनै जना नयाँ थिए, कतै कोही चिनेका थिएनन् । अचानक एउटा नेपालीले उनीहरुलाई भेट्यो । ऊ चाल्सा मालबजार छेउबाट काम गर्ने मान्छे खोज्न आएको रहेछ । के खोज्छस् कानो - आखो, भनेझैँ भयो उनीहरुलाई । उनीहरु त्यहीँ मान्छेसँग उता लागे । एक हप्ताको खर्च लिएर उनीहरु जंगल पसे जहाँ जंगल फाडिन्दै थियो । जंगलभरि अन्य नेपालीहरु थिए । कोही भरखर आएका, कोही धेरै आगाडि आएका । उनीहरु आउनुमा अरुलाई कुनै अनौठो थिएन । किनभने उनीहरुजस्तै नेपालीहरुको आवत जावत भइरहन्थ्यो त्यहाँ । भोलिपल्टदेखि उनीहरुले काम गर्न थाले । ठूला-ठूला रुखलाई विविध काममा लगाउने उद्धेश्यले आराले गिंडेर गाडीमा लगिन्थ्यो । रुखका हाँगा र सानातिना बिरुवाहरु दाउरा -चैली)को रुपमा काट्नु पथ्र्यो । चार चार फिट लम्बाइ चौडाइको थुप्रो बनाउनु पथ्र्यो जसलाई पील भनिन्थ्यो । पीलको हिसाबले पारिश्रमिक दिइन्थ्यो । कसले कति पील काट्यो, कसले कति ऋण लियो, कसले कति पाउने भयो, कसलाई कति ऋण छिचोल्नु बाँकी भयो आदिको हिसाब किताब महिनाको अन्तमा हुन्थ्यो । कनकेले निकै परिश्रमले काम गर्यो । तैपनि उसले पहिलो महिनामा ऋण तिर्न सकेन । अर्को महिना अझ निकै दुःख गर्यो कनकेले । बल्ल तल्ल उसले दश रुपियाँ पाउने भएछ । त्यहीँ दश रुपियाँ लिएर सँगैको साथीहरुलाई छाडेर उसको बाबु सुरवीरले सँधै भनिरहेको सुक्टी भुटान सोध्दै पुग्यो, ऊ ।
भारत र भुटानको सिमानाको यो बजार त्यति ठूलो थिएन । तर नेपालीहरुको बस्ती ठूलो थियो । सरकारी कार्यालयका कर्मचारी, पुलिस, सेना, शिक्षक सबै लाप्चे -भोटे)हरु थिए, साधारण नागरिक अत्यधिक नेपाली थिए । होटेल, रेष्टुरेण्ट, डिष्ट्रिलरी -भट्टी), पसल आदि धेरै जसो नेपाली कै थिए । कनके केही दिन त्यहीँ बस्तीभित्र हरायो । यता उता काम खोज्यो । बल्ल बल्ल एउटा होटेलमा उसले काम पायो । गाउँघरबाट आएको केटो काम गर्न फुर्तिलो थियोे । होटेलवालाले उसको कामलाई मन परायो । हट्टा कट्टा, फुर्तिलो केटोलाई अरुले पनि मन पराए । सबैसँग चाँडै परिचित भयो ऊ । रुपमा पनि एकदमै हिस्सि परेको थियो, ऊ । त्यहाँको हावापानी, रहनसहन, लवाइखुवाले अझ सुन्दर देखियो, ऊ । उसको सुन्दरतामा धेरै केटीहरु आकषिर्त भए । जसमा त्यै होटेलवालाकी भान्जी उर्मिलाले पनि उसलाई मन पर्राई । उर्मिला पनि निकै सुन्दर थिई । जसले गर्दा कनकेको मन पनि पग्लँदै गयो । उनीहरु कहिले दाउराको बहाना बनाउँदै वनजंगल जान थाले, कहिले फिल्म हेर्न चित्रघर । रहँदा बस्दा ती दुइ एकदमै नजिक भए । दुवैले एक अर्कालाई माया, प्रेम गर्न थाले । हुँदा हुँदा उनीहरुको मायाको डोरी कसिलो हुँदै गयो ।
उर्मिला पाँच वर्षी हुँदा बाबु नेपाल फर्केको थियो । उनीहरुलाई भेट्न एक पटक आएपछि कहिल्यै आएन, ऊ । पहिला उनका बाबु भारतको बिरपाडा बस्थ्यो । आमा सुक्टी भुटान । बिरपाडाका सुन्दरे कान्छा भनेपछि सुक्टीसम्मका सबैले चिन्थे । खाइलाग्दा, हिस्सि परेको केटो देखेर धेरै केटीहरु सुन्दरे कान्छासँग आकषिर्त हुन्थे । उर्मिलाकी आमा पनि सुक्टी भुटानका राम्रा केटीहरुमध्ये एक थिई । धेरै केटाहरु झुमिन्थे, उर्मिलाकी आमा सुन्तलीसँग । त्यसमध्ये सुन्दरे कान्छाले नै उसको मन तान्न सक्यो । दुवैमा माया प्रिती बस्यो, अनि बिहे भयो । वर्षदिनमै उर्मिला जन्मी । छोरोको रहरमा डेढ वर्षो अन्तरमा अर्की छोरी प्रमिला जन्मी । सुन्दरे कान्छाको आफ्नो जग्गा थिएन । उसले अरुको जग्गा कमाउथ्यो । परिवार ठूलो भयो, खान पुग्न छाड्यो । गरिबीले सताउन थाल्यो । लोग्ने स्वास्नीको झगडा हुन थाल्यो । मानसिक तनाव र दुःखले गर्दा ‘विनाश काले विपरितम् बुद्धि’ भनेझैँ सुन्दरे कान्छा कुलततिर लाग्न थाल्यो जसले गर्दा घर झगडा चर्कन थाल्यो । त्यहाँ बस्न गाह्रो भयो । मधेशमा सुकुम्बासी जग्गा पाइन्छ भन्ने सुनेर उनीहरु नेपालको पथ्री आएर बस्न थाले । त्यहाँ पनि उनीहरुले सोचेजस्तो कुनै प्रगति भएन । केही नलागेपछि जन्मथलोको आफ्नो अंश लिने बहनामा सुन्दरे कान्छा पहाड निक्लियो । चाँडै फर्केर आउँछु भनेर गएको सुन्दरे कान्छा निकै पछिसम्म फर्केर आएन । निकै लामो समयसम्म उसको आउने प्रतीक्षामा बस्दा पनि लोग्ने नआएपछि सुन्तली दुइ छोरीहरु लिएर सुक्टी भुटानतिर लागी ।
केही वर्षछि एक पटक सुन्दरे कान्छा निक्लिएको थियो, सुक्टी । सुन्दरे कान्छाले धोका, दुःख दिएकोले सुन्तलीले उसलाई वास्तै गरिन । बरु अपमान र बेइज्जत गरेर उसलाई फर्काइ दिई । दुःखमा साथ नदिने लोग्नेसँग बस्नु उसलाई उचित लागेन । त्यसैले उसले सुन्दरे कान्छालाई सँधैलाई त्यागी पोइला गई । उर्मिला र प्रमिला मामाघर बस्न थाले । मामाले दुवै भान्जीलाई जोङ्खा स्कूलमा पढाए किनकि भुटानमा त्यसबेला नेपाली पढाउने स्कूल थिएन । मामाले भान्जीहरुलाई आफ्नै छोराछोरीजस्तै गरेर हुर्काए । उनीहरु कुनै अभाव र दुःखविहीन हलक्क बढे । उनीहरु आमा जस्तै सुन्दर भए । तर उर्मिला नोकर जस्तो केटा कनकेसँग लागिसकेकी थिई । ऊ कनकेभन्दा अर्को केटा नहेर्र्ने भइसकेकी थिई । उनीहरु दुवै एक अर्कोबाट अलग हुन नसक्ने स्थितिमा पुगिसकेका थिए । उनीहरुले भागेर जाने निश्चय गरिसकेका थिए । त्यो सुनेर उसकी बहिनी र साथीहरुले उसलाई धेरै सम्झाए । बहिनी प्रमिलाले,- “बाबु भने पनि आमा भने पनि मामा नै हुन् हाम्रा संरक्षक । कमसे कम एक पटक सल्लाह र अनुमति मागेर बिहे गर्” भनेर सम्झाई । कति साथीहरुले,- “जस्तै भए पनि जन्म दिने आमा हो एक पटक भेटेर सोधेर मात्र बिहे गर” भने । तर उर्मिलाले कसैको कुरो सुनिन । ती दुइ लापत्ता भए सुक्टीबाट । सबैतिर हल्ला भयो कि जयनेपाल रेष्टुरेण्ट एण्ड होटेलकी भान्जी उर्मिला, होटेलको भाँडा माझने केटा कनकेसँग भागी । यो घटना सुनेर सबै छक्क परे ।

कनके र उर्मिला धरान आए । कनकेले बिहेको लागि भनेर त्यहाँ एउटा औंठी, एउटा साडी, एउटा ब्वाउज, एउटा च्यादर, दुइ जोर पुरुष महिला जुत्ता, एक बट्टा सिन्दूर, एउटा ऐना, एक जोर दौरासूरुवाल, एउटा कोट, एउटा मखलर किन्यो । बाबुलाई दौरासुरुवाल, आमालाई लुङ्गी, चोली, भाइबहिनीलाई एक एक सरो लुगा पनि किन्यो । दुइ तीन दिन धरान बसेर लागे घरतिर ।
त्यो ठाउँको नाम खयरवास थियो । दुधकोशीको गडतीरमा रहेको यो ठाउँबाट माथि अलि ठूलो गाउँ या बस्ती थियो । त्यहाँका गाउँलेहरु माछा मारी जीवन गुजार्थे । वर्षायाममा जति हिउँदमा आम्दानी हुदैनथ्यो जसले गर्दा यी गाउँले हिउँदमा निकै दुःखी हुन्थे । वषर्ा याममा त यी गाउँलेहरुले लगभग अठाह्र घण्टा पानीमै बिताउने गर्थे किनकि यो बेला माछा बढी मार्न सक्थे उनीहरुले । धमिलो पानीले गर्दा माछाहरु बिचल्ली हुन्थे, संकटमा पर्थे । लेउ जति पानीले बगाइलाने हुँदा खानेकुरोको अभाव हुन्थ्यो । त्यहीँबेला बच्चा काढ्ने समय पनि हुन्थ्यो । तदनुरुप खाना र बच्चा काढ्ने उचित ठाउँको खोजीमा पानीमाथि बहँदै नदीको माथिमाथि पुग्थे माछाहरु । चाराको खोजी गर्न या धमिलोबाट बच्न छेउछाउ लाग्दा ती बिचरा माछाहरु जालहारीको जालमा र बल्छीमा पर्थे जसले गर्दा गाउँलेहरुले निकै माछा मार्न सक्थे । मारेको माछा गाइघाट, बेल्टार, लाहान, फत्तेपुर, धरान, बिराटनगर, काठमाण्डू लगी बेच्थे र लुगाफाटा, नुनतेल, चामल आदि आवश्यकीय सामग्री लिएर आउँथे ।
यहाँको बासिन्दाकोे लागि हिउँद अभिशाप थियो । साँच्चै, मृत्युशय्याको कालखण्ड थियो, हिउँद । कपडा प्रशस्त नभएको र पातलो एक सरो लुगाले जीवन बिताउनु परेको कारण मरेर बाँच्नु यहाँको बासिन्दाको बाध्यता थियो ।
यहीँ जीवन जिउन उर्मिला यो गाउँ आई । प्रवास पनि कष्टकर नै थियो तर त्योभन्दा पनि अझ कष्टकर जीवन बिताउन उर्मिला यहाँ आइपुगेकी थिई । सायद, उसले यो जीवनको कल्पना पनि गरेकी थिइन । चारैतिर आँखा लाउँथी । पारिपट्ट िजंगल थियो, तल नदी बगिरहेको थियो, तलमाथि कोशीको गडतीर मात्र देखिन्थ्यो । घर भन्नु मात्रको थियो । टाट्नाले बारिएको, फुसको छाना भएको छाप्रो, आकाश छ्याङ्गै देखिन्थ्यो । मनै भर‹ हुन्थ्यो, मन उकुस मुकुस भएर आउँथ्यो । त्यस्ती शहरकी केटी उर्मिला कोशीको गडतीरको टाट्नाले बारेको घरमा बस्न थाली । कहीँ कहीँ एक दुइ घर फाट्टफुट्ट देखिन्थे । तल स्वा˜˜˜ स्वा˜˜˜ कोशी सुसाइरहन्थ्यो, निरन्तर । ह्वाङ्ग परेको घरमा खानेकुरो केही थिएन । सम्पतिको नाममा माछा मार्ने एउटा जाली पर तलामाथि झुण्ड्याइएको थियो । माछा राख्ने दुइ वटा भुने, केही बल्छीको टाँगा र धागाहरु, माछा मार्ने दुइ तीन वटा ढडिया घरको खम्बामा झुण्ड्याइएका थिए । पानी भर्ने माटाका दुइ वटा गाग्रा र आठ दश वटा बाँसका ढुग्राहरु पनि अर्को खम्बामा झुण्ड्याइएका थिए जसमा केही पानीले भरिएका पनि थिए । ध्वाँसोले पर्ूण्ातः कालो भइसकेको पुग नपुग दश झुत्ता मकै अगेनामाथि झुण्ड्याइएका थिए । लुतोले मर्न लागेको एउटा कुकुर थियो । त्यो सँधै डल्ला परेर कनिन्दै पर लडिरहेको हुन्थ्यो । कालो एउटा बिरालो स्याम्टा पेट लिएर मानिसको नजिक म्याउ म्याउ गर्दै घुमिरहेको हुन्थ्यो । घर पछाडि एउटा रोगी गाईको बाच्छा थियो, जो अलि परको घाँस खान लम्किरहेको हुन्थ्यो । तल करेसामा एउटा सुँगुरको पाठो खानेकुरोको खोजीमा माटो उधिन्दै गरेको हुन्थ्यो ।यता बिहान बेलुकी कनके बाबुको बींडो थाम्न जाल लिएर कोशी झथ्र्यो । केही माछा लिएर आउँथ्यो र तेल र मसलाविनाको तरकारीसँग ढिँडो खान्थे, ती परिवारले । केही दिन त उर्मिलाले ढिँडो निल्नै सकिन । अलि पछिदेखि अलि अलि निल्न थाली । तर उसलाई यो तन्नाम दुःख देखेर साह्रै दुःख लाग्यो । कनकेसँग दुःखमा साथ दिने वाचा फिर्ता लिउँझै लाग्थ्यो, उसलाई । तर भाग्यलाई दोष दिदै दिन बिताउथी । नौलो ठाउँ, नौलो परिवेश, नौलो जीवनदेखि ऊ स्वभावैले उदास, निराश थिई । विगतको सुखदुःख सम्झेर एक पटक मनलाई राम्ररी रुवाउँथी । उसलाई माथि डाँडामा निक्लेर डाको छोडेर रुन मन लाग्थ्यो । तर पनि मन बाँधेर बसेकी थिई ।उनीहरुको जोडी देखेर कनकेकी आमा एक पटक औधि खुशी भई । सुरवीर मेलाबाट फर्केपछि उनीहरुको बिहे गराइदिने विचारले एक दिन ऊ माथि गाउँ निक्ली । सबै दाजुभाइ र आफन्तहरुलाई निम्ता दिंदै भनी,- “कनकेले बुहारी लिएर आए छ । उसको बाबु मेला मानिवरि यो आइतवारसम्ममा आइपुग्छ होला । यसो बुहारीलाई चुल्होमा देखाउनु, दाजुभाइ, आफन्तलाई चिनाउनु पर्यो भन्ने विचार छ । त्यसैले सोमवार बिहानै सबैले झरिदिनु पर्यो है । दुःख सुख हाम्रै हो ।” सबैले स्वीकृति दिए ।
त्यसबेला सुरवीर माछा लिएर गाइघाट मेला भर्न गएको थियो । त्रिबेणी मेला भरेर ऊ घर फर्कियो । गाउँ हुँदै आउनु पर्ने भएकोले गाउँलेहरुबाट सबै कुरो थाहा पायो उसले । छोरोले बुहारी लिएर आएको छ भन्ने खबर सुनेपछि ऊ औधि खुशी भयो । उसको मन उसै उसै रमायो । उसको पुल्कित मन हतारियो घर पुग्न । “भोलि बिहानै सबै भेला हुनर्ुपर्छ है” सबैलाई भन्दै दगुर्यो ओह्रालो सुरवीर । ऊ ओरालो लाग्दा साँझ पर्न लागेको थियो । त्यस्तै आकाशमा कालो बादल मडारिरहेको थियो । त्यसभन्दा अगाडि पनि बेला बेला अविरल वषर्ा भइरहेको थियो । ससाना खोलाहरु पनि उर्लेर उपद्रो मच्चाइरहेका थिए । दुधकोशीको हरियो पानी बाढी पहिरोले कालोे देखिन्थ्यो । माछा मात्रै त के पशुपञ्छी पनि बिल्लीबाठ भएका थिए, त्यो भीषण वषर्ाले । चराहरुको रोदन, क्रन्दन, बाघको गर्जाइ, स्याल कुकुरको भुकाइ, हाप्सिलो र लाटोकेसेरोको कराइले मानसिकरुपमा गाउँघर झन दुःखमय र आतङकमय लागेको थियो । बाढी पहिरोले ठाउँ ठाउँको गाउँ बगेको थियो । पानी रहेको केही दिन मात्र भएको थियो । तर त्यस दिनको मौसमको लक्षण ठूलै वषर्ा हुने देखिन्थ्यो । उसले झन झन चाँडो पाइला चाल्दै गयो ।
पानी परिसकेको थियो ऊ घर पुग्दा । कनके र एउटी सुन्दरी छिल्लिदै बसिरहेका थिए । उसले उनीहरुलाई हेर्यो । उसको अतीत मानसपटलमा आयो । उसले बिहे गर्दा ऊ पनि कनकेजस्तै सुन्दर थियो । उसकी दुलही पनि त्यो केटीजस्तै राम्री थिई । त्यो केटी शिरपाउ उसकी दुलहीजस्तै थिई । एकदमै पहिलाको घटना सम्झाइदिने त्यो घटना थियो । एक पटक त ऊ कि सपना हो भनी आफू सचेत भयो । तर त्यो घटना यथार्थ थियो । ऊ आर्श्चर्यमा पर्यो, समानरुपको घटना पुनः दोहोरिएकोले । एक पटक उसले अतीतका पाना पल्टायो, फरर । अन्तमा ऊ निकै सुशंकित पनि भयो । उसले निकै बेर सोच्यो । उसले दुवैलाई नजिकै बोलाएर सोध्यो,- “तिमीहरुले बिहे गरेका हौ -”
“हो” दुवैको छोटो उत्तर थियो ।
बुहारीको बाबुआमाले स्वीकारेर बिहे गर्यौ कि आफू खुशी -” ऊ उनीहरुको अन्तरवार्ता लिंदै थियो । हो, ती दुइको त्यो समय परीक्षाको घडी थियो ।
“बाबु त नेपाल जानु भएदेखि फेरि कहिल्यै आउनु भएन । पोइला गएकी आमालाई सोध्न जरुरी लागेन, सोधेनौं । मामामाइजुलाई सोध्न लाज र डर लाग्यो । अनि हामी भागेर यता लाग्यौं ।” उर्मिलाको कुरोले सुरवीर एक पटक झस्कियो । मनमनै सोच्यो र सोध्यो,- “बाबु नेपाल आएपछि फर्केनन् रे -”
“एक पटक त फर्किनु भएको थियो रे । तर आमाले बेइज्जत गरेर फर्काइदिनु भयो रे । त्यसपछि त फर्किनु भएन ।”
“कति वर्षभयो उहाँ नेपाल आउनु भएको - र कहाँ बस्नु हुन्छ -”
पानी अविरल पर्न थाल्यो । घरको छानो चुहुन थाल्यो । उर्मिलाले एकछिन गमेर निकै सोची । भुलेको कुरा सम्झनु खोजेझैँ गर्दै बोली,- “म अहिले बाइस वर्षी भएँ, म पाँच वर्षी, बहिनी साढे तीन वर्षी हुँदा बाबु नेपाल आउनु भएको रे । उहाँ कहाँ बस्नु हुन्छ मलाई थाहा छैन ।”सुरवीर रातोपिरो भयो । उसको ओठमुख सुक्यो । उसले मनमनै भन्यो- “बित्यास परेछ कि क्या हो -” एकछिन अडियो, सोच्यो अनि फेरि सोध्यो- “बहिनी पनि छ रे -” सुशंकितरुपमा उसले सोध्दै गया,े- “अनि बाबुआमा र बहिनीको नाम के हो -”
” सुन्दरे कान्छा, सुन्तली र प्रमिला ।” परिवारकै नाम बताई उर्मिलाले ।
सुरवीर केही बोलेन । मुसल्धारे पानी पर्न थालिसकेको थियो । वारिपारिका खोल्साहरु छ्याङ्ग छ्याङ्ग गर्दै बगिरहेका थिए । वारिपारि पहिरो जान थालेको थियो । आकाशमा विजुली चम्किरहेको थियो । कहीँ कहीँ मेघ गर्जन्दै थियो । सुरवीरको जमिन भासिन्दै गयो । ऊ डुब्दै गयो । ऊ मनभित्रै रोयो । वास्तवमा उसका आँखामा आँशु थिएन । तर मनमा एकदमै ठूलो वेदना थियो । नुन खाएको कुखुरा जस्तै झोक्राइरह्यो । निशब्द बसिरह्यो । दुलाहा र दुलही हुने सपना बोकेर आएका कनके र उर्मिला उसलाई हेरेको हेर्यै भए । सुरवीरलार्इर्र्के भयो दुवैलाई पत्तो भएन । उसको अनुहार झन झन सडिन्दै गयो, कान्तिहीन, शक्तिहीन हँुदै गयो । बाबुलाई के भयो भनेर कनके डरायो । उर्मिलाको उत्तरले सुरवीर दुःखित भएको कुरो उनीहरुलाई थाहा थियो । तर किन दुःखित भयो, त्यो उनीहरुलाई थाहा भएन । त्यसैले कनके बाबुछेउ गयो र सोध्यो,- “बाबु, के भयो र, तपाईं यति दुःखी हुनु भएको -”
सुरवीर बोलेन । छातीमा हात राखेर घोप्टिरह्यो । उसको छातीमा एकदमै पीडा भइरहेको थियो । ऊ रसातलबाट भासिन्दै गयो । ऊ यो धरतीबाट तलतिर भासिन्दै थियो । घँुक्क घँुक्क रोयो, सुरवीर । धेरैले के भयो भनेर सोधे तर ऊ बोल्दै बोलेन । मात्र घोप्टिरह्यो । निकै बेरपछि ऊ उठेर हिंड्यो, मुसल्धारे पानी परिरहेकै बेला । कनकेले,- “कता जानु भएको बाबु -” भनी सोध्यो । ऊ बोलेन । अरुले पनि,- “होइन, त्यस्तो ठूलो पानी परिरहेको छ कता जानु भएको -” भनेर सोध्दा पनि ऊ बोलेन । मानौँ, ऊ वाक्यहीन भएको छ । उसको वाक्य वोली सबै हराएको छ । कनकेले एकछिन त पछ्याइरह्यो । ऊ छिटो छिटो अगाडि बढ्यो । मानौँ, ऊ कसैको बन्धनबाट मूक्ति चाहन्छ । कसैबाट भाग्न चाहन्छ । उसलाई कनकेले,- “बाबु, …. बाबु हौ । होइन, कता हिंड्नु भएको तपाईं - केही त बोल्नुहोस् । तपाईं पग्लाहा त हुनु भएन -” भनेर करायो । तर ऊ अवाक दगुरिरह्यो । केही छिनपछि त ऊ पूर्णरुपमा लोप भयो । पल्लो गाउँ, माथिल्लो गाउँसम्म खोजे सबैले, तर कसैले कतै भेटाएनन् । भोलि त आउँदा हुन् भनेर रातको बाह्र बजेतिर सबै घर आएर सुते ।
कनकेको बिहे खानु भनेर फुर्सत हुनेहरु प्रायः सबै झर्न थाले । कोही छोरोलाई, कोही बाबुलाई कनकेको बिहेमा पठाएर पानीको छेका पारेर हलोजुवा र गोरु लिएर खेततिर लागे । सबै भेला भइसक्दा पनि सुरवीर निक्लेन । सुरवीर नआएकाले कोही कोशीको किनारतिर, कोही खोल्साखाल्सीतिर, कोही वारिपारिको गाउँतिर खोज्न गए । तर उसको पत्तो कतै लागेन । बिहे खानु भनी भेला भएका गाउँलेहरु दिन ढल्किँदा पनि पानीसम्म पेटमा लाउन पाएका थिएनन् । सबैको पेटभरि मुसो दगुरिरहेको थियो । पेटारो जोडिसकेको थियो । भोको झ्वाकमा सबैले सुरवीरलाई सराप्नुसम्म सरापे । खोजेर केही नलागेपछि सबैले सल्लाह गरे,- “अब उसलाई खोजेर समय खेर नफालौं । कार्यसिद्धितिर लागौं । शुभकार्य गर्नलाई ढिलाइ गर्नु हुन्न । ऊ कतै गएको होला, आउला नि ।” तर धेरैले,- “मुलिमान्छे नै घरमा नभएको बेला यो कार्य गर्नुको के अर्थ हुन्छ -” भने । पछिल्लो कुरोले सबै स्तब्ध र निशब्द भए । उनीहरुको संस्कार अनुसार चूल्होमा नयाँ दुलही देखाइसकेपछि सहजरुपमा र्स्वर्ग जानसक्छे भन्ने छ । उनीहरुको तीन चूल्हो पितृको प्रतीक हो । नयाँ दुलहीलाई पितृहरुलाई देखाइए र्स्वर्गको ढोका खोलिन्छ भन्ने जनमत पाइन्छ । त्यसैले उर्मिलालाई चूल्होमा देखाउन सबै हतारिएका थिए । तर सुरवीरको रहस्यमय पलायनले सबैलाई शोकमग्न बनायो ।

कनकेकी आमाले बती बालेर अगाडिदेखि नै बिहेको सामग्री तयार पारी राखेकी थिई । त्यसबेला त्यो सामग्रीले उनीहरुलाई उपहासको रुपमा हेरिरहेको थियो । कनकेकी आमा र उर्मिला घरको पर कुनामा अघिदेखि नै घुँक्क घुँक्क गर्दै रोइरहेक थिए । कनके निन्याउरो मुख लाएर बलेसीमा बसिरहेको थियो । भाइबहिनीहरु पेटीमा उभिएर त्यो रमिता हेरिरहेका थिए । सबैको अनुहार अध्यारो त थियो नै त्यसमाथि भोकको पीडालाई सहनु सकिरहेका थिएनन् । गाउँलेहरु एक पटक कनकेलाई, एक पटक उर्मिलालाई, एक पटक कनकेकी आमालाई दृष्तिपात गरेर आ-आफ्नो घरतिर लागे । सुरवीरको कतै पत्ता लागेन । हुन पनि हो, यो विशाल संसारमा ऊ एउटा व्यक्तिको कसरी पत्ता लागोस् त ! न ऊ भारतको कुनै कुनामा पलायन भयो, न ऊ उसले मारेर खाने कोशीको माछाको खाजा भयो, केही पत्ता लागेन । उसको रहस्यमय पलायनले गाउँनै स्तब्ध भयो, गाउँनै आर्श्चर्यचकित भयो । पछिसम्म त सुरवीरको सम्झना भइरह्यो । त्यसपछि अलि अलि गर्दै हराउँदै गयो ।

हाल: हंगकंग

कबिता

जाडो

-श्रवण मुकारुंग
ल्याम्पपोटस्मुनि आगो तापिरहेछन्-नानीहरू
युगौं देखि छ-जाडो
उहिल्यै त दाउरा बाल्थे रे ताप्न
बाल्थे रे-पानी र हावा
हामीले बाल्यौं टायर भत्केका मिनी बसका
बाल्यौं खबरकागज र राजनेताका पम्प्लेट
आज नानीहरू बालिरहेछन्- धर्मग्रन्थका अन्तिम पृष्ठ
फिल्म फेयर र आधुनिक कविता
के बाल्लान् भोलिका नानीहरू?
के बाल्लान् हँ ......?
युगौं देखि छ- जाडो
ल्याम्पपोस्टमुनि आगो तापिरहेछन्- नानीहरू।
पुरानो मानिस
यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ
तिमीसित अब
के छ त्यस्तो कुरा......?

सुधारिएको प्रजातन्त्र ?
गणतन्त्र ?

अत्याधुनिक बन्दुक
टयाङ्क, मिसाइल, रकेटलन्चर
वा-
जैविक हतियार

अथवा-
अन्तर्राष्ट्रिय गीत......?
घर जलाइदियौ
घर संगै-

उसका बालबच्चाहरू जले
श्रीमती, दाजुभाइ र इष्टमित्रहरू जले
उसले लगाएको भाङ्ग्रा, भोटो र गादो जल्यो

बक्खु, धोती र हाकुपटासी जल्यो
थाहा छ
ऊ किन जलेन ?
उसलाई आतङ्ककारी भन्यौ

सरकारी गुप्तचर भन्यौ
त्रि्रो चरम यातनाले
उसका विनयी हातहरू छिनालिए

निर्दोष आँख र जिब्रो थुतिए
घाँटी र खुट्टाहरू गिँडिए
उसको पृथिवीजस्तो मुटुलाई
सङ्गिनले उनेर
विजयको हुङ्कार गर्‍यौ
तर थाहा छ
ऊ किन मरे ?
यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ
तिमीसित अब
के छ त्यस्तो कुरा......?
भाषा ?

धर्म ?
जाति
संस्कृति, सम्प्रदाय, राष्ट्रियता
वा-
मानवअधिकार
अथवा-
सुप्रिम अमेरिका ?
तिमीसित अब
के छ बाँकी त्यस्तो कुरा......?
जसले-
यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न सक्छ ?
के तिमी -
खेतमा धानको गन्धलाई मार्न सक्छौ ?
के तिमी -
पहाडमा बतासको गन्धलाई मार्न सक्छौ ?
के तिमी -
समुıमा पानीको गन्धलाई मार्न सक्छौ ?
तिमीसित अब
के छ त्यस्तो कुरा....
भन ! के छ ?
जसले -

यस धरतीको पसिनाको गहु“गोरो गन्धलाई मार्न सक्छ ?

गजल

-राज रोबर्ट अजनबी सुब्बा
देशको लागि शहिद हुने सपथ अब खाऔ साथी
सुस्तातिर खुकुरी र तरवार बोकी जाऔ साथी

भारतीको अतिक्रमण सहनु हुन्न हामीले
जननी जन्मभूमिलाई कसै गरी बचाऔ साथी

खुडा, भाला, खुकुरी र तरवारहरुले काट्दै
एक-एक गरी शत्रुहरुको कठालोमा समाऔ साथी

सरकार त नीरो रहेछ ब्यस्त नै बासुरीमा
हामीले नै सुस्तामा बिस्तारबादीलाई झुकाऔ साथी

बीरहरुको देश हाम्रो छिने छिनोस् शीर
हाम्रो सिमानामा साध अब रगतले नै लाऔ साथी

-मामाखे, ताप्लेजुंग

Tuesday, December 2, 2008

कबिता

पाठक

-बिक्रम सुब्बा
म पाठक
आमा मेरी पहिलो पुस्तक
मैले पढेको पहिलो पाठ
आमाका झरिला आँखा
जहाँबाट हरदम वर्षने करूणा
मेरो कलेजो छेउछाउमा पञ्चामृतझैँ पसे
र त मेरो छातीमा नेपालको माया ढलोट भयो
लाग्छ, जसको छातीमा आमाले रोपेको
मुलुक माया गर्ने ढुकढुकीको विरुवा हुर्कन सक्दैन
शायद, ऊ नै दरिद्र नागरिक हो ।

मैले पढेको दोस्रो पाठ
लटरम्मै स्नेहील चुम्बन फल्ने
आमाका एक जोर ओँठहरू
जहाँ फलेका फल खाएपछि
करोड दु:खहरू त्यसै निस्तेज हुन्थे
लाग्छ, आमाको चुम्बन
सबैभन्दा पोषिलो आहारा हो
जसलाई अघाउँनेगरि आमाले चुमेको हुन्न
शायद, ऊ नै सबैभन्दा कुपोषित बालक हो ।

मैले पढेको तेस्रो पाठ
दुधले भरिएका आमाका स्तनहरू
जसले मभित्र सिंचित गरे –
कंचन हिमाली जल र मधेशको तातो जाउलो
पहाडी जडिबुटीका सुगन्ध र कन्दमुलको स्वाद
मेची र कर्णालीको लयदार लोरीका धूनहरू
र त मेरा हरेक अंगअंग पुलकित देखिन्छन्
लाग्छ, जसको नशामा आफ्नो देशको हावा-पानी दौडिदैन
शायद, ऊ नै सबैभन्दा रोगी मानिस हो ।

चौथो पाठमा मैले
कंचनजंघा, सगरमाथा र माछापुछ्रेझैँ फैलिएका
आमाका हातहरू छातीमा टाँसेर पढेँ
जुन हातहरूले मलाई अँगालो हाल्दा
आफुलाई सबैभन्दा सुरक्षित पाउँथेँ
जुन हातका औँलाहरू समातेर हिँड्दा
मुलुकको महान यात्रामा हिँडेजस्तो लाग्थ्यो
आमाका भरोसायुक्त हातहरू मार्फत
म भित्र प्रवेशित उर्जाकै धुप जलाएर
मैले सबैभन्दा महान पुजा गर्न सिकेँ
लाग्छ, सबैभन्दा ठूलो देवीका रुपमा
आफ्नो मुलुकको मानचित्रलाई
छातीभित्रको मन्दिरमा जसले सजाउँन सक्दैन
शायद, ऊ नै सबैभन्दा पाखण्डी पुजारी हो ।

मुटुमा छल्किँदो रक्तिम ममता
अनि स्नेहको अन्तिम थोपा पनि यहीँ छोडेर
आज चुँडियो आमाको पवित्र रेशमी स्वास
र यत्ति बेला नेपालको लाम्चे-आकृतीजस्तै
लम्पसार आमाको पार्थिव शरिरलाई
महान शुत्रझैँ पढिरहेछु
बिजुली चम्केझैँ क्षणभरमा
टुहुरो हुँदाको विरक्तिलो ज्ञान हासिल भयो
भद्र-भलाद्मी र मलामीहरु उपस्थित
यो दिक्षान्त समारोहजस्तो मातृ-मृत्यूउत्सवमा
दुनियामा बाँच्न योग्य भएको प्रमाण-पत्र
सेतो टोपी खौरेको शिरमा थापिरहेछु
लाग्छ, मानिस टुहुरो नहुञ्जेल
समाज र देशलाई माया गर्न असमर्थ हुन्छ
शायद, रुँदै आमाको लाशमा
दागबत्ति दिने क्षणबाट नगुज्रेको मानिस
हरफ-हरफमा आमा र मुलुक मिस्सिएको
एक महान गीत गाउँन पनि असमर्थ हुन्छ ।

(साभार : नेपाली कबिता )


Monday, December 1, 2008

गजल

ईन्द्र कुमार श्रेष्ठ 'सरित्'
तारा नचाहिए तिमीलाई जून दिन्छु
मनै शीतल हुने संगीतको धुन दिन्छु ।

सादा कागज झैं जीवन भयो त के भयो
तिमीलाई मायाको रंगीन फागुन दिन्छु ।

प्रत्येक पाइला जीवनको सुरुवात हो
त्यही सुरुवातका लागि म सगुन दिन्छु ।

माया बिनाको त्यो जीवनलाई सजाउन
तिमीलाई म मायारूपी सुनैसुन दिन्छु ।

तारा नचाहिए तिमीलाई जून दिन्छु
मनै शीतल हुने संगीतको धुन दिन्छु ।

बिचार

बहुनायकत्वको लीलाचेतः लीलालेखन

-कृष्ण धराबासी
बहुलता आजको युगचेतनाको मेरुदण्ड हो। बहुवाद आजको मानवसंस्कृतिको प्रारम्भ हो । विश्वको कुनै कुनामा पनि आज विकसित हुँदै आइरहेको कुरै यही हो। साहित्यमा, राजनीतिमा, कलामा, वैचारिकतामा, संस्कृतिमा सबैतिर पसेर सक्रिय भइरहेको यही नै अबको जीवन हिँड्ने बाटो हो। कुनै एउटा मात्र व्यक्ति, एउटा मात्र पात्र वा एउटा मात्र विचार मुख्य रहने र बाँकी सबै त्यही मुख्यलाई प्रमाणित गर्न सहायक बन्ने परम्परा अब कमजोर हुँदै गएको छ। विषय, गुण र उपयोगितामा कुनै पनि वस्तुको महत्त्व त्यसको त्यहाँ उपस्थित हुनुले नै स्वतः सावित गरिरहेको हुन्छ। उपभोक्ताले त्यसलाई कतिसम्म महत्त्व दिने भन्ने स्वनिर्णय गर्दछ। उपभोक्तामाथि उसको रुचिविरुद्ध केही कुरा पनि लाद्न सकिँदैन । उसलाई मनपर्ने वस्तुको छनौट गर्ने पूर्ण स्वतन्त्रता छ उसलाई । आजको व्यापारमा पनि क्रेताले आफ्नै हातले आफूलाई आवश्यक पर्ने सामान पसलबाट रोजीरोजी छानेर विक्रेताका अघि बिल बनाउने ठाउँमा थुपार्न खुसी हुन्छन् । डिपार्टमेन्टल स्टोर्सहरूको लोकप्रियता बढ्नुको पछि पनि क्रेताको यही स्वतन्त्रताको आधार रहन्छ ।
स्वतन्त्रता प्रत्येक जीवन बाँच्ने प्रथम सर्त हो । जुनसुकै तह र अवस्थाको व्यक्ति पनि आफ्नै हैसियतभित्र स्वतन्त्रताको हक खोज्दछ। सामाजिक, राजनैतिक, धार्मिक वा अरू जुनै पनि बन्धनहरू उसका विरोधी हुन्छन्। मुक्त जीवनको महान् सपना बोकेको ऊ सदा कुनै न कुनै रूपमा सङ्घर्षरत छ नै। आ-आफ्नो स्तरभित्रै ऊ द्वन्द्वमा छ। मजदुरी गरिरहेको ऊ ठेकेदारसँग सङ्घर्षरत छ, अधिकारफ्राप्तिका लागि लड्न खडा गरिएको युनियनसँगै त्यसको नेतृत्वसँग असन्तुष्ट छ ऊ। कहीँ पनि उसलाई कँज्याउने कुराका विरुद्ध भित्रभित्रै सदा सङ्घर्षरत छ।
समाजको जुनै क्षेत्रमा पनि कुनै एउटा विषय वा व्यक्तिलाई विशेष बनाई त्यसकै वरिपरि अरू गतिविधि सक्रिय हुने पुरानो परम्परा हो । आफूलाई गौण ठानी, उसलाई महान् स्वीकार गर्ने परम्परा धेरै कालसम्म चल्यो। पिछडिएको समाजमा चेतना कम भएको समाजमा, यो परम्परा अहिले पनि यथावत् छ। गाँउसमाजमा एउटालाई मूली मानेर, नायक मानेर बाँकी सबै उसैका सहायक पात्ररूपमा गतिशील हुने चलन धेरै पुरानो चलन हो। यस चलनले समाजमा एउटा थिति त बसालेको होला तर त्यसले समाजलाई अघि जान भने पटक्कै दिएको हुँदैन । प्रत्येक कुराको अनुमति नायकबाट लिनुपर्ने, अनुमति नपाइएको कुरा स्वेच्छाले गरे नायक रिसाउने र त्यसको ठूलै सास्ती पाइने हुन्छ। तर अब समाज बिस्तारै एकल नायकत्वबाट मुक्त हुन खोजिरहेको छ। संसारका कैयौँ विकसित मुलुकहरू यो एकल नायकत्वबाट मुक्त भएको कति भयो, भयो....., हामीकहाँ भर्खरै यो चेतनाले प्रवेश गरिरहेको छ । बहुलताको यस चेतनाभित्र मुक्तिको लडाइँ लडिरहेका हामी आपसमै पनि द्वन्द्वरत छौँ ।
हजारौँ वर्षदेखिको एउटा सिलसिलामा आइरहेको यस परिवर्तनले स्वयं मुक्ति चाहने पात्र पनि अन्यौलमा छ । ऊ ठीक गरिरहेको छ कि त ? मौलिकताको ठूलो ज्ञानभण्डार बोकेको व्यक्ति पनि कहिलेकाहीँ परम्परागत प्रभावका कारण चमत्कारहरूतिर आकर्षित हुन पुग्छ । विज्ञानले अस्वीकार गरेको भाग्यवादमा बज्रिन पुग्छ। आज पनि कैयौँ द्वन्द्वात्मक भौतिकवदीहरू कहिले साईधामतिर कहिले सिक्किम,कोप्चेको निर्मलधामतिर लुकीलुकी धाइरहेका छन् । हजारौँ वर्षदेखिको एकनायकत्व स्वीकार गर्दै आएको लुप्त मनोअवस्थामा कहिलेकाहीँ ‘म कहाँ छु’ भन्ने वर्तमान चेत हराउन गई मानिसले आफैँलाई बिर्सिएको बेला थाहै नपाई विगततिर फर्किसकेको हुन्छ। आज कैयौँ ठूलाठूला मार्क्सवादीहरू मन्दिरनिर्माण र जीर्णोद्धार-समितिहरूमा सक्रिय छन्। क्याम्पसको सहयोगार्थ आर्थिक सङ्कलन गर्न भनी क्याम्पस हाताभित्र सप्ताह पुराण आयोजना गरी त्यसका कर्ता भई निधारमा चन्दन लगाइरहेका छन्। उपप्रधानमन्त्री भएका बेला माधवकुमार नेपाल तिरुपति बालाजीको दर्शन गरिरहेका थिए। आज पनि कमरेड आर. के. मैनाली बेलाबखत ज्योतिषीहरूलाई घरमा बोलाई हस्तरेखाको लम्बाइ नापिरहेका छन्, चिनाको दशागोचर गनाइरहेका छन्। वर्तमान विश्वासमा जब आफ्नो नायकत्व कमजोर हुन्छ, पात्र फर्किन्छ पुरातन विश्वासतिर। समूहले आफ्नो नायकत्व स्वीकार गरेसम्म सम्पूर्ण विगतका विरुद्ध एक्लै सङ्घर्ष गर्ने अठोटका साथ संसारतिर हेलिएको ऊ उमेरको वृद्धतासँगै फर्किँदै गरेको पाइन्छ पुरातन विश्वासहरूतिर।
अभाव र गरिबी प्रायः सबै दुःखका कारणहरू हुन्। अभाव र गरिबीका कारण पछि परेको शिक्षा र चेतनाले व्यक्तिलाई शासित र निरीहत्व प्रदान गर्दछ। हारिएको मानसिकता जहाँ पनि समर्पित हुन्छ- मालिकसँग, देवतासँग, जोसँग पनि। तर अब बिस्तारैबिस्तारै हाम्रो समाजमा पनि बहुलताले प्रवेश गर्दै गरेको बेला छ। एकल नायकत्वको विघटन हुन प्रारम्भ भएको छ। अब गाउँमा एउटा साहुमहाजनका हातमा मात्र त्यहाँको अर्थतन्त्र केन्द्रित छैन, टोलटोलमा सामुदायिक वित्तीय संस्थाहरू गठन भएका छन्। सस्तो ब्याजदरमा ऋण प्रदान गर्ने संस्थाहरूका अघि किर्ते साहु धराशायी हुँदै गएको छ। राजनीतिमा कुनै एउटा व्यक्ति सर्वमान्य नेता अब रहेन, नाताहरू एउटै दलभित्र पनि अनेक भए, अनेक विशेषताले कुनै एउटा जातिविशेष, धर्मविशेष, विश्वासविशेषले काम गर्न छाड्दै छ अचेल। अचेल कोही पनि आत्मविश्वासका साथ कुनै कुराको जिम्मा लिन सक्दैन। बाबुआमाको पूर्ण नायकत्व स्वीकार गर्दैनन् छोराछोरी, नोकरचाकरले मालिकको मूर्दा दासता स्वीकार गर्दैनन्।
समाजको यही बदलिँदो अवस्थाको अध्ययन गरिरहेछौँ हामी साहित्यकारहरू पनि आफ्नो लेखनमा। परम्परागत लेखनमा एउटा नायक वा नायिकाकै अघिपछि सम्पूर्ण कथाले केन्द्रित हुनुपर्ने, तिनै नायकनायिकालाई तिनको विशिष्ट भूमिका सार्थक गराउन अरू सानातिना भूमिकामा अरू पात्रहरू आउनुपर्ने, सम्पूर्ण कथाले अन्त्यमा एउटा विशेष उपदेश-सन्देश दिनुपर्ने र त्यसलाई पाठकले मान्नुपर्ने, संयोग वा वियोगमा कथा केन्द्रित रहनुपर्ने आदि परम्परागत लेखनले पाठकहरूलाई पनि त्यसअनुरूप रुढदृष्टि दिइआएको थियो/छ। तर यथार्थमा अबको समाज यति सानो र सीमित घेरामा रहेको छैन। समाज धेरै अघि गइरहेको छ र हाम्रो लेखन धेरै पछि छुटेको छ। पहिलेपहिले लेखनको पछि समाज हुन्थ्यो, आज समाजको पछि लेखन घिस्रिरहेको छ। लेखनले समाजको भविष्यको नेतृत्व गर्नुपर्ने हो तर यो अडिएको छ कहालीलाग्दो भूतकालमा। उति पछाडिको लेखनले वर्तमान कसरी सन्तुष्ट हुनसक्छ?

त्यसैले अबको लेखनमा बहुनायकत्व, बहुविचार र बहुकथाहरूको सन्जाल बुनिएको हुन्छ। समाजका सबै वर्गलाई प्रतिनिधित्व गर्ने लेखनमा समाजको यथार्थचित्रण उठाउँदा त्यहाँ विशेष नायक कोही बन्नै सक्दैन। नायक खडा गरेर लेखन गर्न थाल्दा त्यस लेखनमा लेखकको वैयक्तिक कमजोरी वा उसका अहम्-हरू प्रमुखरूपमा अभिव्यक्त भइरहने हुन्छ तर समाजको लेखन गर्न थाल्ने हो भने कथाले आफैँले नायकको छनौट गर्दै जान्छ। सुरुमा एउटा नायक होला भनी गरिएको अनुमान कथा अघि बढ्दै जाँदा टुट्दै जान सक्छ। सोचेको नायक साधारण पात्रमात्र बनी सोच्दै नसोचेको साधारण पात्रले नायकत्व ग्रहण गर्नसक्छ।
कुनै एउटा पात्रलाई नायक बनाउने परम्परा पुरानो सामन्ती विश्वासको अवशेष हो। त्यस नायकको शासनमा अरूले बस्नुपर्ने र त्यसलाई स्थापित गर्न अरूले उसको भन्दा कमजोर भूमिका खेलिदिनुपर्ने, यो अवस्था पुरानो सामन्ती समाजको चिन्तनपरम्परा हो। समाजमा रहेको कुनै एक धनी मानिसले सारा गाउँलाई आफ्नो इसारामा चलाई त्यस गाउँको नायक आफूलाई उभ्याई पल्लो गाउँको नायकसँग जोरी खेलिरहेको हुन्थ्यो र अरूले आफ्नो नायकको पक्षमा बिपत्तामा पल्लो गाउँको नायकका पक्षधरहरूसँग जुधिरहनुपर्थ्यो। समाजको यो परम्परा नै साहित्यमा पनि आउँदा एकल नायकत्वको परम्परा विकसित भएको हो, तर अब लेखन यस खाडलबाट पाखा आइरहेको छ। हाम्रो साहित्यको नयाँ युगचेतना र उत्तरआधुनिकताले प्रवेश गरिरहेको बेला छ। मुक्त लेखनको यस अभियानमा अब हामी बहुनायकत्वको लीलाचेत लिएर लेखन गरिरहेछौँ लीलालेखन।

निबंध

परिभाषामा नपरेकी उनी

-जेपी तिमिल्सिना
रात्री बसको सिटबाट उठेर हिड्नेबेलामा कागजको सानों टुक्रा हातमा थमाउँदै पुलुक्क मुखतिर हेरेर आफ्नों सिटमा फर्किन् उनी।
ट्याक्सीमा पोका पन्त्यौरा खादेर कलंकी बस स्टैण्ड छाड्दै आफू बसेको कोठातिर हुइकिए“। टुक्रा खोलेर पढें —“भोली बिहान ठीक १० बजे फोन नं। ... मा फोन गर्नुहोला।” दोहोर्‍याइ तेहेर्‍याइ पढेर खल्तीभित्र सम्हालेर राखें। कोठामा पुगेपछि संचो नभएको वाहाना ओछ्यानमा पल्टिए“। भोली पल्टको दश बजेको पर्खाइ मेरो लागि जुगौं भयो।
स्नातक तहको पढाईसकेपछि मैले काठमाडौं गएर पढ्ने निधो गरें। क्याम्पस छोडेपछि उनीसँगका भेटघाटपनि पातलिए। काठमाडौं आउनेबेलामा पनि भेट भएन। मध्यम परिवारमा हुर्किएको हुनाले काठमाडौंमा जागीर खाएर मात्रै पढाईलाई निरन्तरता दिन सकिने मेरो वाध्यता थियो। दशैंको छुट्टीमा उनको घरमा गएको थिएँ। ममता अलि फुसि्रएजस्तो लाग्यो। पुर्‍याउन अलि वरसम्म आइन्, तर खासै कुराकानी भएनन्। मायाका अनुरागहरु खासै थपिएन।
त्यो दिन अचानक मेरो गाउँ र काठमाडौं बीचको करीब १४ घण्टा लामों यात्रामा एकै बसमा सहयात्री हुनुपर्ने संयोग परेछ। म अघिल्लेा सिटमा मेरा मान्यवरस“ग थिए“। उनी पनि आफन्तसँग पछाडिको सिटकी यात्री रहिछन्। विरानों भएको घनिष्टता ताजा भयो। भलाकुसारी पछि …दुब्लाइछा'ै भन्ने मेरो भनाइलाई …मोटाउनु भएछ' भन्ने छोटो प्ा्रत्युत्तरले वीट मारिन्। संचोविसंचो सोधिन्। मैले आफ्नों विवरण बताउन चाहें। …मलाई सबै थाहा छ भनिन्।' धेरै सोध्न सकिन। वैवाहिक लक्षणहरु उनीमा देखिएनन्। उनीसंगै यात्रा गर्ने मित्रसंग अप्रत्यक्ष बुझ्दा अविवाहित भन्ने थाहा पाएपछि नजानिदो पीडा भएजस्तो लाग्यो। त्यत्रो लामों यात्रामा खासै कुराकानी भएनन्। संयोगकोे यात्रा त छँदैथियो, फेरि त्यसको तेश्रो दिन मेरो विदेश लाग्ने यात्राको टिकटपनि निश्चित भैसकेको थियो।

…ठीक ११ बजे म तपाईलाई स्वयंभू मन्दिर छेउमा पर्खिरहेकी हुनेछु। त्यही आउनुहोला।' फोनमा छोटो कुरा गर्दै रिसिभर राखी दिइन्। कौतुहलताकै बीचमा तोकिएकै समयमा आफूलाई उनको अगाडि उभ्याए“। सामान्य कुराकानीसँगै निक्कै बाटो हिडेपछि अन्यौल र उल्झनकै बीचमा उनी बसेको एकान्त घरको कोठामा पुग्यौँ। थोत्रे घरको सानों र अस्तव्यस्त कोठाभित्र पसेपछि बस्न आग्रह गरिन्। एउटा पलंग बाहेक बस्ने कुरा केही थिएन। उनी त्यही पलंगमा बसिन्। म हिच्किचाए“। सहजतापूर्वक हातमा समाएर बस्न कर गरिन्। म थपक्कै बसें।। एक छेउमा राखेको स्टोभ सल्काएर चिया बनाइन्, दुवैले चिया पियौँ। मलाई विदेश जानको कारण सोधिन्। अध्ययन, तालिम र जागिर भने। बीच—बीचमा मैानतलाई चिर्दै म बोल्न आग्रह गर्थे। छोटो कुराकानी पुन : मौनता छाउँथ्यो।
वातावरणमा नौलो निष्तब्धता छाएपछि म हिड्ने तर्खरमा लाग्दैथिए“। एक्कासी हकानिएर मेरो कुममा टाउको राखेर सुक्सुकाउन थालिन् उनी। एकान्त र अपरिचित परिवेश, फेरि उन्कै कोठा। म डराए“। परिस्थितिको आकलन गर्र्ने म मा साहस भएन। निकै अत्तालिएर डराएको स्वरमा भने— …तिमीले यो के गरेको?, …म तपाइलाई अप्ठेरोमा पार्दिन। मलाई केहीबेर रुन दिनुहोस् ......।' मेरो काखमा पुरै घोप्टो परेर रुन थालिन्। सम्झाउन खोजें। मेरो मुख थुनिदिइन्। अनायासै मेरापनि आ“खा रसाएर आए। उनका आ“शु पुछ्न खोजें। …तपाई मेरा आ“शु पुछ्न सक्नुहुन्न।' रोएका तर मायालु आ“खा तर्दै व्यंग्यवाण छोडिन्। …प्रेमी प्रेमिकाले एकअर्काको आँशु पुछेर घट्दैन, झन् बढ्छ,' भन्थे सत्य लाग्यो। फेरि यो नाता लगाउने मेरो अधिकार टुटीसकेको थियो र सोच्नुपनि अपराध हुन्थ्यो। शायद निक्कै अगाडिकोे प्रेमी ....। उनको कपाल सुम्सुम्याएँ। मुटुगाँठो परेर आयो। त्यहि नै वर्षअघिकोे गन्ध, त्यही ममता, त्यही लवज र आत्मियता।
…हजुरले मलाई धोका दिनुभयो भनेर भन्ने आधार त ममा छैन तर मेरो कलिलो मस्तिष्कमा निको नहुने गरी घाउ लागेछ राजा! मैले चाहेर पनि भुल्नै सकिन। हजुरले बिहे गरिसकेपछिका २ बर्षहरु हजुलाई नै घृणा गरेर बिते अनि बांकी ६ बर्ष माया गरेर — हृदयमा सजाएर अनि पूजा गरेर। मलाई थाहा छैन म अर्काको लोग्नेलाई किन पूजा गर्छु तर यस्तै हुन्छ ....। हजुरलाई यदाकदा गाउँ जा“दा देख्थें। आफूलाई लुकाएर निहालेर हेर्थे। तपाइकी जीवन संगिनीलाई म राम्ररी चिन्छु। धेरै पटक देखेकी छु। एकपटक हजुर छलिएको बेला नजिकै गएकी छु, छोएकी छु। शायद अप्रत्यक्ष संसर्ग होस् भन्ने चाहाना पूरा गरेकी हँुदिह“ु। उनी अलि उत्तेजित हुँदै गइन् – … कति माया गर्नुहुन्छ होला हगि वहाँले। किन नगर्नुपनि? कत्रो त्ापस्यापछि मात्रै पाइने एउटा लोग्न,े अनि लोग्नेस“गको सुखसयल .....। र, राजा मलाई अब अर्को कुनै पुरुषसंग बिहे गरेर खुशी हुन्छु जस्तो लागेको छैन। मैले जवानी त खेर फालिसकें। अब त मेरा चाहनाहरुपनि विस्तारै मर्दै गए । विस्वास गर्नुहोस्। म हजुरको सुखद् जीवनका कहिल्यै भा“जो हाल्न पनि आउने छैन। छुने सम्म इच्छा थियो। पूरा भयो। म हजुरकी हु“ र आजीवन रहिरहने छु ...... सदा सर्वदा हजुर सुखी रहेको टाढैबाट चियाइरहन्छु।' धेरैबेर मुखमा हेरेर टोलाएपछि उनले आफ्ना उक्उकीहरु यसरी पोखिन्।
गाली र लाञ्छना सुन्न तयार रहेको मेरो सोचाई पाताल भासियो। आत्मा ग्लानीले भरियो। मुटु टम्म भएपछि जिब्रो लाटिन्छ रे। त्यसै भयो। अपमान सहन तयार रहेको मेरो तन मेरो मन। उल्टो भैदियो। उनको …बिहे गर्दिन' भन्ने अठोटमा जिद्धी गरिरहें। उनले त्यो दृढता छोडिनन्। र, ५ बज्नुभन्दा अघिनै उनका कोठाका साथीहरु नआउँदै म त्यहाँबाट हिडें। भोलीपल्टको फोनमा संझाउन लाख प्रयत्न गरें। असफल प्रयत्न।
पर्सीपल्ट मेरा घरका परिवारहरु विमानस्थल सम्म पुर्याउन आए। सबैको आँखा छलेर उनी मलाई बिदाका हातहरु हल्लाइरहेकी थिइन्। मैले भने हेर्ने सिवाय केही गर्न सकिन। रुन्चे अनुहार लगाएर सिढीमा चढें – परिवारसँगको विछोडको पीडा थियो वा अरु केही त्यो त मैले अहिलेसम्म लख काट्न सकेको छैन। विछोडको पीडामा खाटो बसोस् भन्ने लागेर हो वा हकानीएको मुटु फेरि चिरा पर्ला भन्ने त्रासले, लामों समय सम्म फोन गर्ने साहस आएन। बल्ल तल्लको फोनको उत्तर घर मालिक्नीले दिएकी थिइन्– …कोठा छोडेर गइसके।'

…र, मेरी उनी!
मैले मेरो जीवनमा कहिल्यै प्रेम पत्र लेखिन। तर आज किन हो यो लेखाइ तिमीसम्म पुग्थ्यो कि भन्ने झिनों आशामा मेरा भावना पोख्ने तिमीसँग अनुमति माग्छु। यो लेखाई पढ्ने तिमीमा अनुकुलता समय र पहुँच छ वा छैन त्यो त मलाई थाहा छैन तर तिमीमा पुग्छ नै भन्ने मेरो निर्क्यौल हो।
… प्रेम त्यागमा हुन्छ, बलिदानमा हुन्छ, बदलामा यसले केही चाहदैन' भन्ने तिमीले सुनेकी छौ पढेकी छौ। तर त्यागको पनि आफ्नै सीमा र परिभाषा हुन्छ होइन र? मेरो स्यन्दन रित्तो छैन भन्नेकुरा तिमीले बुझेकी छौ। यो अनाहकको त्याग भएन त? अग्नीरुपि डढेलोमा सातफेरा हालेर वैवाहिक नामको वृक्षमा अठ्याएर कस्सिएको म, तिमीलाई थाहै छ। फेरि त्यसमा मुनापनि पलाइसकेका छन्। मैले त्यो बन्धनको घेरा तोड्न सक्दिन र ती कलिला मुनालाई मैले ठुन्क्याउन किमार्थ हुदैन। जानी जानी गल्ति गर्नु र भूलवश हुनुको हिनताबोधमा धेरै फरक हुन्छ।
१६—१७ बर्षे काउकुतीले भरिएको जीवनमा सामीप्यता बढाउनु, झुक्किएको बहानामा नजानिदो स्पर्श गरिनु,, कटाक्षताको जवाफ नजरैै जुधाएर दिनु, र इत्रिदै संगै घुम्न निस्किनेले दोषै थिएन भनेर पन्छिन मेरो आत्माले मान्दै मान्दैन। तर हामीले कहिल्यै विवाह गर्ने झूठो कसम त खाएका थिएनौ नि? किन त्यसरी निस्सारताको पछाडि तिमी भौतारिइरहेकी? न त यौवनको तुफानीमा होमियौ कुनैदिन। सावित्रीले पछ्याइ रहँदा अचेतन अवस्थाको सत्यवानमा त्यो अनुभूति थियो र? पर्खाल ढालीदिनेलाई यी विश्वासका पर्खाल थिए भन्ने थाहै थिएन भने उसलाई कति दोष दिने?
…आहा, हजुरकी भार्याले कति माया गर्नुहुन्छ होला हगि? हुनपनि किन नगर्नु! कत्रो तपस्या गरेर मात्रै पा“ईदो हो एउटा लोग्ने!' मेरो ललाटतिर हेर्दै उत्तेजित भएर तिमीले भनेको यो प्रसंग शायद प्राप्तीमा अवमूल्यन भैरहेका तिमीजस्तै स्वास्नी मान्छे तर लोग्ने पाएकाहरुकोलागि गतिलो दीक्षा भैदिन्छ कि? साच्चै नै लोग्ने शब्दले तिमीमा अहिले कत्रो महत्व राख्छ हगि! अनि कति पवित्र र लावण्य छ यो …लोग्ने' शब्द – अभावमा। पाएकाहरु मध्ये कतिले यसलाई कौडीको दर्जा दिएको नसुनेकै हुनुपर्छ तिमीले ......। तर म कदाचित् विवाह गर्दिन भन्ने हठचाहीँ त्यागी देउ ल? खुशी भएको देख्न चाहन्छौ होइन? तिम्रो बिहेको खबर भन्दा खुशी अरु कुनै हुदैन मलाई। पूरा गरिदिन्छौ हगि?
टाढाको शहरमा बसेपनि मेरा प्रत्येक पलहरुलाई पूर्वस्मृतिले डसिरहन्छन्। यता र उता बस्नुमा आखिरी फरक नै के भयो र? बरु भेटघाटले कतै केही दोष आउथ्यो कि हामीमा। टाढा हँुदा त हाम्रा वास्तविक भावनाहरु विशुद्ध रुपमा बाँची नै रहे होइनन् र?
…रोग बोकेर नआउनु विदेश पुगेर' भनेकी थियौ तिमीले। यो मेरो प्रायश्चित भयो, म यो खुल्ला शहरमा कसैसँगपनि आफ्नेा अस्मितालाई क्षणिक बन्धक नराखी फर्किनेछु। यद्यपि जुन तिमीलाई कहिल्यै दिन सकिन। शायद दिन हुँदैन भन्ने सीमारेखा छ क्यारे हाम्रो चलनमा। छलेर गौतम पत्नी वरण गर्ने इन्द्र, गुरुपत्नि स्याहार्ने चन्द्र, वृहन्नलाको सत्य डगाउने विष्णु, सप्तऋषिका पत्नी पछि लगाएर हिड्ने शिव, सोह्रशय गोपिनीका साझा पति कृष्ण र सरस्वती — ब्रम्हाको संबन्धलाई पवित्र मान्ने तिमी हामी बस्ने समाजको रीतिमा। अनि यस्तैै आस्थाहरुलार्ई आधार बनाएपनि कस्यप ऋषिले एउटै यज्ञ कुण्डमा एकै पटक दक्षप्रजापतिका १३ वटी छोरीसग विवाह गरेको प्रसंग ढाकछोप गर्दै तयार गरेको ... तर, तिमी हामीलेचाहीँ पालना गर्नैपर्ने हाम्रो कानुनी भाषामा।
मेरो संबोधनको परिधिमा नपरेकी – …उनी'!

फेरिपनि विदा हुनु नै छ हगि ।? लेखाइपनि अन्ान्त हुन्न नि ॥! तर पनि... विवाहित पुरुषले परस्त्रीको सम्झना राख्नु अथवा माया गर्नु अपराध नै हुन्छ भने पनि म तिमीलाई माया गरिरहेको छु, शुषुप्त रुपमा रहेको पवित्र माया, प्राप्तीमा नपाइने माया, पुनरावृत्ति भएको माया र कता कता अनायासै गाला छिचोली सकेपछि आ“शुका ढिक्का भनेर अनुभूति गराइदिने अमर, अजर र कुनै पनि परिभाषामा नअटाउने तिम्रो र मेरो मात्रै अलग्गै ............ माया।।

गजल

-निर्मला थापा
साँचो माया गरिरहन्छु पत्र कुनै केर्दिन म
विश्वास नहोस् चाहे तिम्लाई मनको आस्था फेर्दिन म

रोजे तिम्लाई यी अधरले चुँने लाख-हजारौँमा
तिम्लाई छाडी कोहि पराई अंगालोमा बेर्दिन म

छेक्दिन म तिम्रो बाटो दुनियालाई हँसाउन
मात्र गर्छु माया तिम्लाई तिम्रो बस्ति घेर्दिन म

चाहन्छु म सदा यही मैले गर्दा वाधा नहोस्
चमिरहु शिखर तिमी लज्जित बन्न हेर्दिन म

मेरो पहिलो माया तिम्लाई स्विकार्य छैन भने
मर्छु बरु तड्पी त्यसै तिम्लाई कहिल्यै सेर्दिन म

-सिक्रे -३,नुवाकोट

लघुकथा

पालोको पैँचो

-पूजा ढकाल
छोरो कमलको विवाह भयो तर बिहे भएको छ वर्षम्म पनि नातिको मुख हेर्न नपाएकी कमला बुहारीदेखि रुष्ट थिइन् । छिमेकी महिलाहरूसँग भन्ने गर्थिन्, -"त्यो बाँझीको मुख देखेको दिन त मेरो सर्वनाशै हुन्छ । कुन साइतमा ल्याएछ त्यस अलच्छिनालाई ...।" सासूको अनेकौँ खप्की, रिस र कुर्टाई सहेकी बिचरी बुहारी त्यस्ता बचनवाणहरू सुन्नुपर्दा तरक्क आँसु झार्थिन् । उनकी छोरी इश्वरीको पनि बिहे भएको पाँच वर्षभैसकेको थियो । पालाको पैँचो त सबैले तिर्नै पर्छ नि । घरमा तिनलाई केही भन्न बाँकी राखेकी थिइनन् सासू चाहिँले । बाबु, आमा, दाजु सबैको नाम लिएर गाली गरेको सुन्दासुन्दा र डाडु, पन्यूँका अनेकौँ डामहरू थाम्दाथाम्दा असह्य भएर एकाबिहानै माइती आइपुगेकी इश्वरीलाई देखेर सबै अचम्मित र सशङ्कित भए । कमलाले हत्तपत्त सोधिन्, -"के भो नानी ? किन एकाबिहानै, यस्तो अवस्थामा ?" इश्वरी एक्कासी डाँको छोडेर रुन थाली । आमा मैले उनीहरूलाई नाति दिन सकिनँ..." बाँकी शब्दहरू सुन्न सक्ने शक्ति कमलामा थिएन । उनले एक पटक निर्दोष बुहारीको मुहार हेरिन र एकपटक छोरी इश्वरीको । रसाएको आँखाले आज हेर्दा छोरी र बुहारीको मुहार उस्तै-उस्तै लाग्यो उनलाई ।