Saturday, July 4, 2009

कबिता











सपना
(ख्याती श्रेष्ठको सम्झनामा)

-नाकिमा
बलात्कृत भएर
खोलामा बग्यो सपना ।

पहिरोले छाती लग्यो
र आँसु झार्यो पहाडले
मन डढेर खरानी भयो
र समुन्द्रमा खस्यो घाम
तार चुँडियो सारङ्गीको
र बन्द भयो जीवनगीत

बलात्कृत भएर
खोलामा बग्यो सपना ।

जुवाडेहरुले राम्ररी बुझून्-
जुवाघरमा बिक्री हुने मुस्कान जस्तो
सस्तो हुँदैन सपना
मेचमाथिका मान्छेहरुले पनि बुझून्-
सांसद खरिद जस्तो
सस्तो हुँदैन सपना ।


-खोटांग
हाल: काठमान्डौ

No comments: