Thursday, July 23, 2009

कबिता

अक्करको त्यो यात्रा

-ईन्द्र जिजीबिषा
अक्करको त्यो यात्रा
हेर्दै दिक्क लाग्ने
कतै नाक ठोक्किने उकालो
कतै हेर्दै खुट्टा काम्ने ओरालो
कतै पच्याङ्हरु
पाइला पाइला गनेर
छिचोल्नु पर्ने
त्यो अक्करे यात्रा
गर्मिमा घाम्ले पोल्दा , न सितल छहारी
आत्मा तिर्खाले आत्मा ब्यकुल बन्दा
प्यास मेट्ने न कुवा
उजाड मानब बस्ती बिहिन
अक्करे यात्रा
ढाकरहरु बोकेर हिंड्नै नमिल्ने
सघुरो गल्लिहरु
टेकुवा टेकाउनै नमिल्ल्ने घुम्तिहरु
यस्लाई अब अली कती फराक बनाउनै पर्छ
दोहोरो ढाक्रेहरु हिंड्न मिल्ने
टेकुवा टेकाउन मिल्ने
त्यही गल्लीलाई छेउकुना खोस्रियर
मात्रा पुगिहाल्छनी
ढुङ्गाहरु पन्छायर फाले भाई हाल्छ नि
कहाँ मैले बाटो नै परिवर्तन गरौ भनेको हुँ र ?
सिउडिको रुखहरु फालेर
सितल दिने वर पिपलहरु रोपौ मात्रा भनेको हुँ
सिउडिले न सितल्तानै दिन्छ
न कुनै कन्दमुल
प्यास लाग्दा तिर्खा मेट्ने कुवाहरु खनौ
अनी थकाई लाग्दा थकाई मेट्ने फलैचाहरु बनाउ
मात्र भनेको हुँ,
त्यो अक्करे यात्राहरुमा बास , गास र कपास
नमिल्न पनि सक्छ
कठाङ्रिने ठन्डी या प्रचन्ड गर्मिहरुमा
तर हतोत्साही नभै
लक्षेलाई पछ्याउदै
अगाडि बढोउ मात्र भनेको हुँ
आमको दुध नसुके सम्म यो छातीमा
आदम्म्य साहस् अनी द्रिढ सन्कल्प
हुनेछ पुरा गर्ने अक्करे यात्राहरुलाई
चोइटिन्दैना खिइन्दैना पाइतलाहरु
बरु धुलिनेछन गल्ली र गोरेटोको धुलोहरु
यस्तै बाटोहरु निर्माण गर्नु पर्छ
जहाँ बिबेक हिन र निमुखा प्रानीहरु पनि
स्वोतन्त्र अनी शान्तिले हिंड्न सकुन
बाघ भलु नलागोस
अनी ठाउँ ठाउमा कुवाहरुहोस्
अनी सितल दिने वर छायाहरु
जहाँ हरेक आमाहरुले तिर्खा लाग्दा
धित मरुन्जेल पानी पिउन
जहाँ हरेक बाबुहरुले
थकाई लाग्दा छहारिमा सुस्केरा हालुन
हिमालको चिरैतो , यार्सगूम्बा , पाखान्बेद अनी
हाड्जोर्नि र माझितो कुरिलोहरु
तरै पुगुन र
तराइको नुन चामलहरु हिमाल पुगुन
अनी त हरेक यायावरहरु आफ्नै देश फर्किने छन
मुक्ती कामी हातहरु
अक्करे यात्राको गोरेटो निर्माणमा जुट्नेछन्
मात्रै त भन्न खोजेको हुँ मैले ।


-खोटांग
हाल: मलेसिया

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।