Friday, July 31, 2009

स्रस्टा संग अन्तरंग कुराकानी-जुलाई २००९

नेपाली साहित्य विश्व साहित्य भन्दा कम छ जस्तो मलाई लाग्दैन ।
-दिलिप योन्जन


♣ साहित्य सागरको मझेँरीमा तपाईलाई हार्दिक स्वागत गर्दछु ।
-धन्यबाद । अबसर दिनु भएकोमा ।
♣ तपाईं अपरिचितहरु सङ्ग कसरी चिनिनु चाहनु हुन्छ नि?
-अपरिचित मित्रहरुसंग परिचित हुने माध्यम भनेको साहित्य नै होला ।
♣ तपाईंको प्रबासी जीबन कसरी चलिरहेको छ ?
-काम र साहित्यसंग जिन्दगीलाई हिडाईरहेछु, कहिले हाँसो कहिले आँसु, दु :ख सुख यस्तै छ।
♣ आफ्नो देश भन्दा धेरै टाढा अर्थात् भूगोलको अर्कै ध्रुब अमेरिकामा रहेर पनि नेपाली साहित्यको लागि मरिमेटी रहनु भएको छ ,हरेक नेपाली इन्टरनेट साहित्यिक पत्रीका त झन् दिलिप योन्जनमय देखिन्छ । यस्तो तपाईंको सिर्जनाको मुल श्रोत के होला ?
-संसारको कुनै कुनामा बसे पनि आफ्नो भाषा र साहित्यलाई जारी राख्दै, सायद जीबनमा केही नकमाए पनि नपाए पनि नाम चाहि बाँचिरहोस भनेर लागेको हुँ । मेरो सिर्जनाको मुल श्रोत चाहि मेरो अन्तर आत्माको चाहाना हो ।
♣ तपाई किन साहित्य क्षेत्र तिरै आकर्षित हुनुभयो ? कहिले देखि शुरु गर्नु भयो लेख्ने काम?
-मनको बह पोख्ने चौतारी ।नँया कुराको जन्म दिई समाजमा भएका राम्रा-नराम्रा कुराको भन्डाफोर गर्दै बिना बन्धन खुल्ला सिमाना भै बाँच्न पाउने क्षेत्र भएकोले म लागेको हुँ । म यस क्षेत्रमा २०४० - ४१ साल देखि लागेको हुँ ।
♣ कबिता र गजल बाहेक अन्य बिधाहरुमा तपाईंको उपस्थिती कस्तो ?
-साहित्य यात्रामा धेरै बिधामा नै कलम चलाईरहेको छु । म कथा, कबिता, गजल, भजन, निबन्ध, गीत, लोक गीत आदि लेख्ने गर्छु। मेरा थोरै मात्र रचनाहरु बिभिन्न रेडियो, एफएम, पत्रपत्रिकाहरुमा प्रशारण र प्रकाशित भएको छ ।हाल सम्म मेरो अप्रकाशित लेखहरु ७५० वटा छन् ।
♣ साहित्यलाई परिभाषित गर्नु पर्दा के भन्नुहुन्छ ?
-साहित्य भनेको सागर हो, जसको कुनै सिमा छैन, यसमा कुनै भेदभाव छैन, जस्ले जसरी पनि आफूलाई बिसाउन सक्छ। जिन्दगीमा लागेका राम्रा-नराम्रा अनुभबलाई पोख्ने खुल्ला चौतारी हो। साहित्य भनेको नँया-नँया फूल थरि-थरिको रङ र रुपमा फुलाउने सुन्दर बगैचा हो ।
♣ हाम्रो साहित्यको बर्तमान अवस्था कस्तो पाउनु भएको छ ? अहिलेको बदलिदो स्थितिमा साहित्यले कस्तो धार पक्रीनु पर्ला ?
-नेपाली साहित्य पनि अन्य देशको तुलनामा स्तरीय छ जस्तो लाग्छ । साहित्यको कुनै धार हुदैन । यो समय र परिस्थिति संग संगै बगिरहेको हुन्छ ।
♣ साहित्य लेखेरै बाँच्न सक्ने बातावरण छ त नेपालमा ? त्यहाँबाटको तपाईंको हेराइमा नेपाली साहित्यको अवस्था र अन्तर्राष्ट्रिय स्तरमा यसको स्थान कहानेर देख्नु भयो ?
-नेपालमा साहित्य लेखनबाट बाँच्ने आधार छैन होला । नेपाली साहित्य बिश्वको साहित्यसंग समान र एउटै स्तरमा छ । खालि अन्य भाषामा प्रकाशित हुन नसकेकोले हामी र हाम्रो साहित्य पछाडि परेको हो कि जस्तो लाग्छ ।
♣ अमेरिकामा नेपाली डायोस्परिक साहित्यको बारेमा केही भनिदिनुस् न । तपाई त्यहाँ कुनै साहित्यिक संघ संस्थासङ्ग आबद्द हुनुहुन्छ कि ?
-अमेरिकाको डायोस्परिक नेपाली साहित्यिक गतिबिधि बारे भन्ने हो भने यहाँ बस्ने बरिष्ठ साहित्यकार अनि लेखकहरुले आफूलाई यो क्षेत्रमा लामो समय देखि समर्पण गर्दै आएका छन् । हाल म कुनै साहित्यिक संघ संस्थासङ्ग आबद्द छैन । अस्टिन बासी साथीहरु मिलेर खोल्ने सोच छ । सबैको ब्यस्तताको कारणले ढिला भएको हो ।
♣ 'डायोस्परिक नेपाली श्रस्टाहरु समग्र नेपाली साहित्यको दह्रो खम्बाहरु नै हुन्।' यो भनाइसङ्ग तपाईंको कतिको सहमति छ ?
-मेरो सहमति छ ।यस कारण कि , नेपाली साहित्यको जन्म नै प्रबासबाट भएको हो ।
♣ तपाईंको लेखनी आदर्श कुनै साहित्यकारद्वारा प्रभाबित छ ? बाद र धार बारे आफ्नो मत ब्यक्त गर्नु परे कसरी गर्नु हुन्छ ?
-म खासै कोही साहित्यकारद्वारा प्रभाबित भएर लागेको होइन तर मलाई धेरै साहित्यकारहरुको सिर्जना मन पर्छ नेपाली होस् या बिदेशी । मलाई लाग्छ - साहित्य बाद र धारमा सिमित रहदैन । यो अनन्त फराकिलो छ ।
♣ तपाईंको कुनै प्रकाशित् कृतिहरु छन् कि ?
-मेरो प्रकाशित कृतिहरु 'मान्छेहरुको भिडमा' ( कबितासङ्ग्रह ) २०५०, 'आस्था खोजिरहेछु'( कबितासङ्ग्रह ) २०५८,'अनुपम'(गीतिसङ्ग्रह) २०५९ र 'अमुल्य' (गीतिसङ्ग्रह) २०६१ । मेरा गीतहरु ५० भन्दा बढी रेकर्डिङ् भैसकेका छन् । अब नयाँ गीति सङ्ग्रह र एल्बम छिट्टै प्रकाशित हुदैछ ।
♣ तपाईंको बिचारमा विश्व साहित्यमा नेपाली साहित्यको पहुचता पुर्याउन के गर्नु पर्ला नेपाली साहित्यका श्रस्टाहरुले ?
-नेपाली साहित्य विश्व साहित्य भन्दा कम छ जस्तो मलाई लाग्दैन । खालि नेपाली साहित्यलाई बिभिन्न भाषा मार्फत बिश्व माझ फैलाए नेपाली साहित्यले पनि किर्तिमान राख्न सक्छ ।
♣ अहिले नेपालको नयाँ राज्य संरचनामा जनजातीहरु आफ्नो संस्कार र संस्कृतिको सुनिश्चित हुने गरी स्वायत्त राज्य निर्माणको निम्ति आन्दोलनरत् छन् । यस्तो परिबेशमा जनजाती साहित्यकारहरुले कस्तो भूमिका खेले उत्तम हुन्छ भन्ने तपाईंलाई लाग्छ?
-जनजाती साहित्यकारहरुले अहिलेको अबस्थामा महत्वपूर्ण भूमिका आ-आफ्नो ठाँउबाट निभाउनु पर्छ र निभाईरहेका पनि छन् । यस बेला सबै बिभेद पन्साएर जनजातीहरु एक भई आफ्नो हक अधिकार सुनिश्चित गरीहाल्नु पर्छ । अहिले राजनीति भन्दा अलिक माथि उठेर जनजातीका नेताहरुले सोच्नु पर्ने बेला भएको छ ।
♣ तपाईंका प्रिय देशी बिदेशी साहित्यकार को-को हुन् र किन ?
-मलाई राम्रा कृतिहरु देशी बिदेशी सबैको मन पर्छ । सबैको फरक -फरक सोचाई अनुसारको लेखाई हुने भएकोले सबै साहित्यकारहरु उस्तै लाग्छ ।
♣ तपाईंका भावी योजनाहरु के छन् ? कहिले स्वदेश फिर्दै हुनुहुन्छ ?
-छिट्टै गीति सङ्ग्रह र आधुनिक गीतहरुको संगालो पस्किने तयारीमा छु । म २०१० मा स्वदेश फर्कदै छु ।
♣ अन्त्यमा मैले सोध्न बिर्सेंको तर तपाईंलाई भन्न मन लागेको केही छ कि ?
-मलाई माया गर्नु हुने देश बिदेशका मेरो संपूर्ण पाठक मित्रहरु, शुभचिन्तकहरु र साहित्यकारहरुबाट थप सल्लाह सुझाब पाउने आशा राखेको छु । देशमा भईरहेको राजनैतिक समस्याको छिटै समाधान होस् , संपूर्ण नेपालीहरुले माया,ममता प्रेमका साथ बाँच्न हाँस्न पाऊन् । डर र त्राश भन्दा पनि नेपाली नेतामा देश बनाउनु पर्छ भन्ने भाबना जागोस् र नयाँ संबिधानमा हरेक जनताको हक अधिकार सुनिश्चित होस भन्ने कामना गर्दछु । भगवान बुद्दको उपदेश नेताहरुले अनुशरण गरी नेपाललाई बिश्वमा शान्तिको देश भनी चिनाऊन् यही कामना छ मेरो ।

6 comments:

Anonymous said...

jaya hos Dilip jiko.

Anonymous said...

malai man paryo dilip jika bhanai haru subhakamana......

Anonymous said...

je cha dilip ji kai cha, pragatiko kamana hai.........

Anonymous said...

Khushi lagyo sathiko pragati dekhera.
lamo samaya paschata feri sahiotyama lagi pareko ma...
Jiban
Dharan

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

hamrobazar said...

really nice post