Monday, June 8, 2009

गजल









-आचार्य प्रभा
तिम्रो बचन मेरो लागि ज्यानै लिने जहर भयो
बेचैनीले सताउने कालो त्यो प्रहर भयो

शुन्य मनमा राख्छु भन्थ्यौ बाचा सबै भुली दियौ
कहाली नै लागि दिने हल्लाको शहर भयो

गल्ती गरेँ अन्जानैमा आफ्नो ठानी माया गर्नु
तिम्रो समिप आउन खोज्नु मेरो मात्र रहर भयो

धोका दिनु दिईहाल्यौ अब बाँकी के नै रह्यो ?
तिमी अति जाली रै'छौ मेरो मनको ठहर भयो

-अमेरिका

1 comment:

Arjun Dungmen said...

के गर्ने प्रभा जी ? उ/उनी नै धोकेबाझ भई दिए पछी कस्को के लाग्छर ? हैन ? हा..हा..हा; एनी वे, रचना मिठो छ । किप इट अप !