Wednesday, June 10, 2009

गजल










-सुमन शर्मा
तिम्रो मन बहकियो नयाँ मान्छे देखेपछि
पुरानो मुल भुलिदियौ नयाँ खोला भेटेपछि

जति बेला निर्धो थियौ साथ दिएकै थिएँ मैले
अहिले सबै बिर्सी गयौ आफ्नो तिर्खा मेटेपछि

धेरै ठूला सपनामा लगाएको तिम्रो माया
पाएन फुल्न फल्न जिउदै घाटी रेटेपछि

घोप्टो मुन्टो चेपारे मुख पार्दै फेरि किन आयौ ?
के को 'राम राम' भन्दैछ्यौ भिरबाट घचेटेपछि


-सिंगापुर
ईमेल: sharmadsp@hotmail.com

No comments: