Monday, June 22, 2009

गजल










-डिआर निश्छल
तिम्रो मेरो चोखो प्रीति, ढकमक्क फूल्यो ठूली
अधेँरी मन उज्यालो छर्दै एकाएक खुल्यो ठूली

मेरो नयन भित्र तिमी, म तिम्रो मुटु भित्र छिरे पछि
सगरमाथा छुनलाई हाम्रो प्रेम त चुल्यो ठूली

रोमियो-जूलियट लैला-मजनू , केबल कथा मात्र रहेछ
हाम्रो प्रेम त नमूना भो मुनामदन भूल्यो ठूली

रात दिन एउटै लाग्ने, निरस निरस जिन्दगीमा
तिमी आयौ रंग भर्दै खुशी मात्र डुल्यो ठूली

बिश्वास आशा पलाएर, झ्यागिदै'गो मनको फाँट्भरि
मायै माया जताततै शंका ईर्ष्या सब धुल्यो ठूली

-महेश्वरी -२, खोटांग

2 comments:

acharya prabha said...

bhai gajal............meetho chha hai?

Arjun Dungmen said...

डि.आर. जी; निश्छल आत्माले नै ठूलीलाई फकाए झै लाग्यो नि ! जे होस्- गजल मिठो छ ।