Monday, April 20, 2009

कबिता











अगाडि बढ्न देऊ !

-घायलश्री
हो....!
यात्रा मेरो लामो छ र जटिल पनि
तर,
कोही नडराऊ कोही नतर्स
यो यात्रा मेरो मात्र होइन
हामी सबैको हो ।

तिनै धुर्त स्याल र ब्वाँसाहरूबाट
शिकार हुनुपर्दा,
आफ्नै आँखा अगाडि
बहिनी र छोरी जस्ता चेलीको
इज्जत लुटिदा...
हो, तिनै यौन पिपाशुलाई खतम गर्न
तिनै दानबहरुबाट मुक्ती पाउनको लागि
कलम चलाउने हातले
तरबार खेलाउनु परेको छ
पुस्तक बोक्ने झोलामा
भरुवा-बन्दुक बोक्नु परेको छ
यो मेरो रहर होइन
बाध्यता अनि कर्तब्य पनि हो ।

त्यसैले कोही नडराऊ
मबाट कोही नतर्स
मलाई अगाडि बढ्न देऊ
न्याय र मुक्तीको लागि
मलाई साथ देऊ ।

-पर्वत

No comments: