
ननिभ्ने दिप
-दिलिप योन्जन
ननिभ्ने दिप हो, हाम्रो माया प्रिती
हासी-हासी जिबन बिताउ, मरे हुन्छै मिटी।
दु:ख सुख जिन्दगीको, जिउने मिठो आधार
जन्म-जन्म रहन्छ माया, इतिहास भै अमर
नसुक्ने खोला हो, हाम्रो प्रेम कहानी
हासी- हासी जिबन बिताउ, मरे हुन्छै खरानी।
माया ठूलो संसारमा, हिरा मोती भन्दा
मरेर नि बाचेका छन् , मायामा ज्यान दिदा
नरोकिने यात्रा हो, युगै युग भरी
हासी-हासी जिबन बिताउ, लानु के छ मरी।
मरेर नि बाचेका छन् , मायामा ज्यान दिदा
नरोकिने यात्रा हो, युगै युग भरी
हासी-हासी जिबन बिताउ, लानु के छ मरी।
-अस्टिन , अमेरिका
No comments:
Post a Comment