Thursday, October 30, 2008

गजल











-रुद्र मिश्र
झुपडीमा आगो बल्ने चुलो हुनुपर्छ अब
गैरीखेतमा पानी लाउने कुलो हुनुपर्छ अब

मुठिभरको बीजबाट बस्ती भित्र उम्रीएका
कोपिला नि फुल्नलाई ठुलो हुनुपर्छ अब

बस्ती अनि झुपडीका छाना छाउनुपर्छ
दरवार र महलहरु धुलो हुनुपर्छ अब

पाखुरीको प्रहारले चट्टान पनि फोर्नुपर्छ
परजिबी हातहरु लुलो हुनुपर्छ अब

जनताले चयन सँग बाँच्न पाउनुपर्छ
निर्दयीको आँखा भित्र फुलो हुनुपर्छ अब


-नागिन-१, पाचथर

कबिता

ईतिहास पाना बाकी नहुने

-ठुले दोभान अरुण कोईमी
जस्ले सपना टागीरहेका
आफै भित्र सबै त उसैलाई थाहा हुन्छ
नेताले जस्तै-जस्तै देश परिबेश नाजुक छोडेर
के अर्थ आयो र ! ती सारा सपनाहरु
टुलु टुलु अरुको खेतीमा बिउहरु छर्दा छर्दै
सकिन भन्न,नसकिने छहारी समय र उमेर
लगभग बुढै भएछ
मात्रै तल माथि श्वासनली छाम्दा
घुटुक्क आशु मै सदा-सदा अन्त
यी यस्ता अन्तहरु
मुलुकको सपनाहरु
बि ग्रीएको सबै सबैमा
घुमिरहन्छ,जमिरहन्छ
अनि परिबेश म र मेरो देश
तर पनि सपना टागिरहदा
कतिन्जेल पर्खा ईमा उभिनु
यो सोच्ने बाध्यता
यस्तो हुँदा हुँदै समय र उमेर लाई छोडेको छु
यसबाट बुझी हेरे
जिन्दगीलाई खियाउदा लडिएछ
बस् यती हो

भुल भएछ
जुना देशको नागरिक भै जन्मिएछ
ईतिहासको पाना बाकी नहुने
म ठिङ्गै ठिङ्गै छु
पछि पछि सम्म ईतिहासमा
केबल मात्रै केही केही लेखिरहेछु ।

-बास्बोटे-८,उदयपुर

Wednesday, October 29, 2008

गजल











-रुद्र मिश्र
दाजुभाइ मिलेर देश चलाउनुछ जरुर अब
रीस,राग र द्वेष जलाउनुछ जरुर अब

सयौ हात मिलाउदै एउटै मुठी बनाएर
श्रीजनशिल फसलहरु फलाउनुछ जरुर अब

खडेरीले सताउदा कलिलैमा सुक्ने हुँदा
पानी लगाई पातहरु पलाउनुछ जरुर अब

नियतीले दिने कष्ट सहेर नै भए पनि
हिन्सारुपी पर्खालहरु ढलाउनुछ जरुर अब

पहराको छातीभित्र फसलहरु फलाउन
चट्टानहरु पाखुरीले गलाउनुछ जरुर अब

-नागिन-१,पाचथर

Tuesday, October 28, 2008

गजल

-देबिन बाबु राई
मृत्यु चुक्ला चुक्दैन त्यो बहादुरको गोली
गोली भन्दा स्वनाम् धन्य स्वाभिमानको बोली

बिरसुको कोखै उस्तो शौभाग्यको देश
गर्भै बाट गर्जी आए बीरताको टोली

गरिमाको सस्कृतिले जिबन्तता मेरी
सानुकान्छी पहिरिन्छे मखमलको चोली

जहा नेपाल नेपाली छ राष्ट्रीयको झोली
हेरे हुन्छ सत्य म भित्रको खोली

तर आज अफसोच आफ्ना आफ्नै छाती
बजाउछन् भाइ-भाइ अपशकुनको ढोली

स्वार्थपर सकुनि झै कस्ले मौका छोप्यो?
बल्झाइदियो कुरु क्षेत्र रक्तपातको होली

मेरो स्वाधिन स्वतन्त्रता कस्ले खायो पोली?
"बाबु" कसम् छादयो डोली बर्बादिको डोली

-बसाह-१, उदयपुर
ईमेल्:bavu_faru006@yahoo.com

Monday, October 27, 2008

गजल







-राज रोबर्ट अजनबी सुब्बा
दोबाटोमा छोडी हिडयौ एक्लै भाछु अचेल
बाचाहरु तोडी हिडयौ एक्लै भाछु अचेल

जिन्दगीको सहयात्राी तिमी नै थियौ मेरो लागि
यात्रााहरु मोडी हिडयौ एक्लै भाछु अचेल

पिरतीको परिभाषा धोका होइन भन्थ्यौ
त्यही धोका गोडी हिडयौ एक्लै भाछु अचेल

प्रेम भित्र पनि स्वार्थकै त खेती हुदो रहेछ
त्यही रित ओढी हिडयौ एक्लै भाछु अचेल

छुट्टीन कै लागि भन्छन नाता जोडनेहरु
तेस्तै नाता जोडी हिडयौ एक्लै भाछु अचेल

-मामाखे, ताप्लेजुंग
ईमेल : atm_sms6pal@yahoo.com

गजल

-मौलश्री लिम्बु
एक नजर पाए हुन्थ्यो केही पल बाच्ने थिए
जिन्दगीको हरखुशी तिम्रै लागि साच्ने थिए

देख्नेले त राम्रै देख्छ आफ्नो ब्यथा आफ्नै हुन्छ
केही साथ तिमी देऊ बाकी आफै हास्ने थिए

कही कतै हराएर आफुलाई भेटेको छु
तिमीलाई पाए मृत्यु सङ्गै सम्बन्धमा गास्ने थिए

चाहा मेरो थन्काएर सारा संगत घटाउदै छु
शिकायत छैन भने अर्को जुनी माग्ने थिए


-अनेसास मलेसिया शाखा,मलेसिया
ईमेल्: maulshri_limbu@yahoo.com

Sunday, October 26, 2008

समय-सन्दर्भ






सयपत्री मासेर सिउँडी रोप्नु हुन्न

- गणेश खड्का " प्रतिक्षा "
" न्याय नपाए गोर्खा जानू, चैन नपाए अयोध्या जानू, खेती नपाए झापा जानू, केटी नपाए ईलाम जानू, बन्दुक नपाए रोल्पा जानू...।" यी भनाइहरुले कत्तिको सार्थक्ता बोकेका छन् त्यो त थाहा छैन। तर अब एउटा उदाहरण पक्का सत्य बन्दै छ - " नेपालमा नेपाली संस्कृति हराए दार्जेलिङ जानू खोज्न... ।" धन्य दार्जेलिङगे सपुतहरु हो , नेपालमा रहेका रैथाने नेपालीहरुले निकम्मा ठानेर त्यागेको नेपाली भेश-भूशा तिमीहरुले थाम्दै छौ। दशै, तिहार, र नेपाली चाड पर्व भरी दौरा-सुरुवाल र फरिया-चोली अनिवार्य लगाउने अभियान थालेर नेपाल आमा प्रती असाध्यै ठुलो गुन लगायौ । सलाम, तिमीहरुको महान कर्मलाई । प्रसंग नेपाली संस्कृति, परम्परा, र भेश-भूशाको हो । हामी हाम्रा मान्यता र अमूल्य निधी प्रती कत्तिको जिम्मेवार र बफादार बन्दै छौं भन्ने साझा सवालको हो। भर्खरै हामीले दशै धान्यौं जसो-तसो। दसैंले हामीलाई एक बर्षको बाटोमा छोडिदिएर बिदा भाईसकेको छ हामीबाट । अब हाम्रो दोश्रो ठुलो सान्स्कृतिक पर्व तिहारले आँगन टेक्दैछ। २०६४ सालको दसैंको छेक पारेर कान्तिपुर टेलिभिजनको 'कल कान्तिपुर' नामक कार्यक्रम मा पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बाले प्याच्च ओकलिन् -"दसैंमा टिका थाप्न जाँदा गुन्यु-चोलोमा स्कूटर चढ्न अफ्ठ्यारो हुने भएकोले पाइन्ट नै उपयुक्त हुन्छ ।" कृत्रिम सिङगार र मुलायम छालाको मापदण्डमा महान बनेकी बिचरीलाई आफ्नो संस्कृति र भेश-भूशाको महत्व थाहा नहुनु अनि उनले प्रयोग गर्ने एउटा पाइन्टको मूल्यले सिङगै एउटा दशै टर्ने परिवार पनि हाम्रो देशमा छन् भन्ने कुराको बोध नहुनु स्वभाविक बन्न सक्छ। त्यसो त अहिले राष्ट्रको कार्यकारीणिको बिल्ला भिर्ने हरु पनि टाई-सूटमा धडिएर विश्व बिचरणमा भका भक निस्कदै छन् । दसैंमा आफ्न बाबुको हातको टिका-आशिर्वाद नथाप्नुले उनी कत्तिको मर्यादा पालक र संस्कृतिप्रेमी रहेछन भन्ने कुरालाई संकेत गर्छ। उनले यसमा आफुलाई जत्ती परिवर्तनकारी ठानेर फुलाए पनि ति ब्रिद्द पिताश्रीको मन कती अमिलियो अड्कलको बिषय बन्न सक्छ। हामी हाम्रा सोचाइका खुम्चाइ र फुकाइ लाई कसरी आँक्दै छौं ? जहाँ घर बालेर खरानी तापिन्छ। क्रान्ति भनेको कोरा परिवर्तन मात्रा होइन, विश्व मानचित्रमा आफुलाई चिनाउने परापूर्व कालदेखी चलीआएको अमूल्य सांस्कृतिक धरोहर हरुको संरक्षण पनि हो। भारतका प्रधानमन्त्री अमेरिका जाँदा आफ्नै राष्ट्रिय पोशाकमा सजिन्छन यता हाम्राले भने उतैतिरको सूट पहिरिन्छन। बाहिरी आवरण फेर्नुलाई मात्रा नयाँ नेपालको परिकल्पना र परिवर्तनको नमूना ठान्ने हो भने मेची देखी महाकाली सम्म रङ रोगन गरेर सप्त रङगी टल्काए भाईहाल्यो नि, किन ठुल-ठुला योजना बुनेर टाउको दुखाइरहनु ? होइन भने देशका कती प्रतिशत जनताले दुई छाक खान पाएका छन, एक आङग लाउन पाएका छन् र देशका कती बिकट भू-भागले मोटर बाटो देखेका छन् सोच्नु आवश्यक छैन र ?आफु वर्माको भ्रमणमा रहेका बेला गैर आवासिय नेपाली संघ मस्कोकी महिला विभाग प्रमुख तथा महिला साहित्यकार रन्जना उदासलाई छोएर त्यहाका मनिस हरुले पवित्र भूमी नेपाल र त्यहाका आरध्य देव श्री पशुपती नाथ लाई छोएको र नेपाल पुगेको महशुस गरी आफुलाई धन्य ठानेछन। बिदेशमा पनि उनले साडी चोलो नछोड्नुले अब स्वदेशमा भन्दा देश बाहिर बस्ने नेपालीले मात्र राष्ट्रिय संस्कृतिको माया गर्दा रहेछन भन्ने कुरालाई पुश्टी गर्छ। नत्र किन राष्ट्रिय पोशाकको सट्टा टाई-सूट र पेस्तोल का साथ सभा हलभित्र पस्छन हाम्रा जनप्रतिनिधीहरु ? एउटा साझा सवाल जटिल बन्दैछ अहिले। आफ्न बिशौं वशन्त नेपालको शिक्षा क्षेत्रमा खर्च गरेकी स्पेनी नागरिक 'विकी शोभराना' ले संसारको सबै भन्दा राम्रो पहिरन नेपाली हो तर यसैलाई नेपालीले भने छोड्दै जानु दु:खको कुरा हो भनेर कान्तिपुर टेलिभिजनको 'भोलिको नेपाल' कार्यक्रमको प्रमुख आतिथ्य जनाइन् एक बर्ष अघि। नेपाली पोशाकमा सजिएकी उनी फुल जस्तै धपक्क देखिन्थिन्। तर पनि हामीलाई एक रत्ती चासो छैन त्यतातिर। यसले हामीलाई गती छाड्नुको पराकाष्ठातिर धकेल्दैन र ? राष्ट्रको चौथो अङगको रुपमा पुकारीएको हाम्रो संचार जगत र यसका सारथीहरुको ताल देख्दा फेरी हाँस उठ्छ। शुद्द नेपाली उच्चारण गर्न नजान्नेहारु कथित आर।जे।र भि।जे. को पण्डित्याईं छाँट्छन्। टेलिभिजनमा समाचार हेर्दा लाग्छ- हामी नेपाली समाचार होइन, कुनै बिदेशी फेशन च्यानल हेर्दै छौं। क्रान्ति र परिवर्तनको यस्तो कुन प्रतिफल हो यो, जसले हामी आँफैलाई लज्जास्पद भोगाई बनाइ रहेछ। उमेर छउन्जेल हड्डी टोक्न बिर्सेंकी कोमल वली बुढेसकालमा दाँत उद्ध्याउँदै आफ्नो पहेंलिएको बैंशको बिज्ञापन देश-बिदेशमा गर्न ब्यस्त छिन्। ब्वाइज कट बाट हब्सी स्टाईल मा अपभ्रंश उनको केशले दुई चुल्ठिको भाका कहिल्यै बुझेन। न त उनी स्वयमले कुनै पनि हब्सी ले आफ्नो घुम्रिएको कपाल सोझ्याएर नेपालीको जस्तो सिधा बनाउँदैन भन्ने बस्तुनिश्ठ सत्यलाई आफ्नो किलकिलेमा अँटाइन । फेरी नेपाली लोक जीवनले पचाउनै नसक्ने छाडा खालका कोठे शब्दजालका लोक गीत गाएर आफुलाई संस्कृतिप्रेमी र लोक गीतको हर्ताकर्ता भनाउन रत्ती सरम रहेनछ उनलाई। हिन्दी फिल्मका परम भक्त दुई हट गर्ल रेखा र रिचाले मजाले साथ दिएका रहेछन उनलाई यतिबेला । समयले यो घडी फेरी एक बर्ष पछि अर्को तिहार ल्याएर फालिदिएको छ हाम्रो माझेरिमा । अनेकतामा एकताको प्रतिक, राष्ट्रिय संस्कृतिको अग्लो धरोहर, आपसी सद् भाव र भाईचाराको सेतु, नेपाली मात्रको महान सांस्कृतिक पर्व । सयपत्री, मक्खमली, गोदाबरी र बाबरी ले आँगनको डिल झकिझकाउ बन्दैछ। राम-रौस गर्ने मौसम हो यो बर्षभरिको दु:ख पीडा भुलेर। चेली र माइती बिचको भावनात्मक सम्बन्धलाई अझ बढी बलियो बनाइदिन्छ तिहारले । आफ्नो माइती प्रति बक्र दृष्‍टिले हेर्ने दुश्मनको खप्पर ओख्खरको दाना सँगै फोरिदिन्छिन चेलीले। अभावले थाङ्थिलो गृहस्थिका कारण बिदेश बस्न विवश माइतिहरु र आफ्नो माइतिको अभावमा सयपत्रीको माला ओइलाउन वाध्य चेलीहरु, जे भए पनि संस्कृति हाम्रो हो, जसो-तसो धान्नु पर्दछ। सप्तरङ्गी टिका र फूलसँगै आफ्नो माइतिको दिर्घायु र प्रगतिको कामना गरे पुग्छ भन्छन्। असारमा रोपेको धानको गाभोले मंसिरमा सूनको रौनकता दिए जस्तै दु:खमा प्रवासिएको माइती एक दिन छातीभरी खुशी बोकेर आउने कुरामा ढुक्क हुनु पर्दछ। समाय परिवर्तन भयो,संसार फेरिंदैछ भन्ने बहानामा कहिल्यै पनि आफ्नोपन त्याग्नु हुँदैन। तिहारमा देउसी-भैलो खेल्नै पर्छ, सयपत्री फुलाउनै पर्छ र आफ्नो औकातले भ्याए सम्म सेल रोटी खानै पर्छ । किनकी संसारमा हामी चिनिने भनेकै यिनै हाम्रा मूल्य सांस्कृतिक परम्परा र निधिहरु हुन् । जसले जे भने पनि, जत्ती नै मिठो गाए पनि कागले कोइलीको स्थान ओगट्न कहिल्यै सक्दैन, न त गधा लाई धोएर गाई नै बन्छ। भनाइको सार तत्व- आफ्नो छोडेर अर्काको नक्क्ल गर्नु हुँदैन भन्ने हो। तिहार हाम्रो हो, बर्षमा एक पटक यो सधैं आउँछ। त्यसैले कहिल्यै पनि हामीले सयपत्री मासेर सिउँडी रोप्नु हुन्न ...! अस्तु ....

-तिवारी भञ्ज्याङग -४ भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

Saturday, October 25, 2008

गजल







-राज रोबर्ट अजनबी सुब्बा
मेरो घरको आगनीमा फूलहरू फुले होलान
तिहार आउदा साथीभाई देउसी खेल्दै डुले होलान

जताततै हरियाली झिलिमिली चारै तिर
बनपाखामा पशुपंछी प्रक्रितिमै झुले होलान

पोहोर सालको तिहारमा संगै हामी नाचेका थियौ
यसपालीको रमाइलोमा मलाई पनि भुले होलान

अस्थिरतामा देश दुख्दा सधै रुन्थे साथीहरु
शान्ति बोकी तिहार आउदा खुशीले चुले होलान

-मामाखे, ताप्लेजुंग
इमेल: atm_sms6pal@yahoo.com

कबिता







परदेश


-रबिन्द्र राई "अधुरो"
यहाँका हरेक छापाहरुमा
मुख्य समाचार बनिरहेछ -मृत्यु
कोही संघर्स गरिरहेछन मृत्‍यु सँग
कोही त्रासादीपूर्ण जीबन जिईरहेछन मृत्‍यु सँग
यी संघर्स र त्रासादी बीच खुम्चिएको
जीन्दगी रहेछ पर्देश
जब रात छिप्पिदै जान्छ
मेरा चोईटीएका सपनाहरु
सिरानीले थिचेर राख्छु
बिछया
उनामा पल्न्छु
परेलीहरु बन्द हुँदैनन

कोल्टे
फेर्छु ,
मनमा
छटपटी
मर्करीको स्विच अन गर्छु
वरिपरि साथीहरु निदाइरहेछन
म साथीहरुको
बिचमै छु
तर अचक्ली डर लागिरहेछ

मुटु जोड जोड
ले उफ्रन्छ
मनमा एक अज्ञात आकृति
मडारिरहेछ मेरै वरिपरि
छम-छम नाची रहेछ
म अनुमान गर्छु
मृत्‍यु
त्यही हो
जस्लाई बोकेर हिडिरहेछु
स्वीकारी रहेछु
लाग्छ मेरो लागि

भोलि
बिहान् हुन्छ हुँदैन
फेरि
सूर्ये उदाउछ उदाउदैन
हरेक रात यही प्रश्नले
थिची रहेछ ,
मिची रहेछ

-
बुइपा -, खोटांग

कबिता








मेरो प्रेम

-राज रोबर्ट अजनबी सुब्बा
अबिछिन्न मनहरुको परागमा
अभिसप्त सपनाहरु फुल्दै

त्यो अस्तितवको बस्तीमा
हाम्रो बिश्वासले
सङ्कट्काल घोषणा गरेको बेला
त्यही कतै हरायो मेरो प्रेम

मैले कहाँ कहाँ खोजिन र प्रेम?
तिम्रो सौन्दर्यको बाली भित्र खोजे
तिम्रो ओठको लाली भित्र खोजे
तिम्रो वान्की नितम्बमा खोजे
तिम्रो प्रतेक यौबनहरुमा खोजे
अह! कही पनि भेटिन मेरो प्रेम

कथित समर्पणमा मैले
पाएका भर्भराउदो तिम्रो जवानी भित्र
अतित कल्पदै बेहोशीमा

ताप र राप सँग खोजे मेरो
प्रेम
प्रेमले सत्य बाली झुल्याएको
खेतको आली-आली खोजे
मनको बगैचामा
फुलेको फूलको डाली-डाली खोजे
त्यहाँ पनि भेटिन मेरो प्रेम

बिश्वासको सङ्कट लागे पछि
समय पनि रोकिदो रहेछ
नदी उकालो लाग्दो रहेछ
सबै बिपरित हुदो रहेछ
अरथात सत्यको ठीक उल्टो
दिन पनि रात हुदो रहेछ

मायामा बात लागेको बेला
समय निरन्तर चल्नुको के अर्थ?
स्वार्थले स्नेह्ता मारेको बेला
नदी ओरालो बग्नुको के अर्थ?
अहमताले मानबतालाई बसाइ सारेको बेला
घाम झुल्किनुको के अर्थ?
यसरी बेअर्थ नै बेअर्थमा
मेरो प्रेम पनि हरायो बे-अर्थ

आखिरीमा मैले भेटे मेरो प्रेम
माघमा फुल्ने चापहरुमा
बैशाखमा फुल्ने गुरासहरुमा
अशाढ्मा फुल्ने आरुहरुमा
मङ्सिरमा फुल्ने सुनगाभाहरुमा
बिस्थापित भएछ मेरो प्रेम त
फुलै फूलको संसारहरुमा

मिथकको कारागार तोडेर
बिश्वासमा सरेको मेरो प्रेम
अब कसो नफुल्ला त बाह्रै मास् !
फूलहरुमा बिस्थापित मेरो प्रेम

-मामाखे,ताप्लेजुङ

Friday, October 24, 2008

संस्मरण










पत्रमित्र चेलीको सम्झनामा

-ईन्द्र नारथुङ्गे
२०५५ सालको तिहार पर्बले बिदा लिए पनि धङ्धङ्गीले राम्ररी छोडिसकेको थिएन । अघिल्लो बर्षहरु झै पार्टीगत देउसी भैलोमा हिंड्न नपरेको ती बर्ष हरुको तिहार अलिक् निरास भएको थियो।पार्टीबाट बाहिर रहेपछि फुलटीका लगाइदिने चेलीहरुको सङ्ख्या पनि घटेको थियो। फोश्रीएको सुन्तलाको केस्रा चपाए जस्तै बिरसिलो २०५५ को तिहार चपाए ।
तिहार सकिएको दोस्रो वा तेस्रो दिन हुनुपर्छ म आफ्नो चिट्ठी खोज्दै हुलाकमा पुग्छु।तिहार अघि देखि थन्किएर् बसेका एक खात् चिट्ठी हुलाकीले मेरो हातमा थम्याईदिन्छ । गाउले राजनितीबाट बाहिर रहेपछि समय काटने मेलोको रुपमा मैले पत्रमित्रतालाई रोजेको थिए । रेडियो नेपालको "साईनो" कार्यक्रम हुदै अन्जान् साथिहरुको माझमा छरिएको थिए।मेरो आव्हानलाई स्वीकार्दै धेरै जना साथीहरुले पत्रचार गर्नु भएको थियो ।पत्र आदान प्रदानको क्रम मा कतिपय सँग साथीकै साईनो थियो,त कतिपय सँग चेली माइतीको सम्बन्ध स्थापना भैसकेको थियो ।सम्बन्ध गहिराईमा भन्दा पनि मनोरन्जनकै रुपमा मैले पत्रमित्रतालाई ग्रहण गरेको थिए । तिहारको रमझम सकिएपनि वाता व र ण उदास थिएन । शरदीय हावा सँग वेएली खेलीरहेको पहेलपुर धान्को बाला हेर्दैमा पनि सारा उदाशी गायब हुन्थ्यो ।टाट्नेको लेकमा ओझेल पर्दै गएको घामको डल्लोलाई पछाडि धकेल्दै म घर आइपुग्छु ।अधिर मनले पत्रहरु फुकाउन थाल्छु ।पहिलो पत्र भावनाको फुकाए । परेवादिन ९ धन कुटाकी सबै साथीहरु भन्दा प्री य थिईन ।कारण -हामीले पत्र बा टै एक आपसमा प्रेम गरिरहेका थियौ ।सदा झै एक फूलको चित्र र कबिताको केही टुक्रा सङै प्रेमामा काउकुती लग्ने शब्दहरु थियो उनको पत्रमा ।लगत्तै अर्को पत्र समिक्षाको फुकाए ।फुङ्लिङ बजार ताप्लेजुङ्की समिक्षा सँग साथीको साईनो थियो । उनको पत्रहरुमा ब्यक्त शब्दहरु साह्रै स लि ल लाग्थ्यो र उनले कोरेर पठा एको चित्रहरुमा कही क तै आफ्नै प्रतिबिम्ब देख्थे ।समिक्षाको पत्र पढिसके पछि मैले निच्छा दिदिको पत्र खोजे तर थिएन ।भोजपुर बास्तिम की निच्छ कोयू म भन्दा दुई बर्ष जेठी रहिछिन र हामीले दिदी भाइको साईनो कोर्यौ ।धेरै साथीहरुमा निच्छा दिदी बिशेष लाग्नुमा एउटा कारण छ-उहा त्यती बेला भूमिगत राजनीतिमा संलग्न हुनुहुन्थ्यो । शायद माओवादी सँग खम्बुवान मुक्ती मोर्चाको कार्यगत एकता भएपछि हुनुपर्छ -उहा खम्बुवानमा आबद्द हुनुहुन्थ्यो ।एकपटक पुलिसबाट गिरफ्तार हुँदा पाएको यातना पत्रमा लेखिपठाउनु भएको थियो ।त्यो पत्र पढ्दा मैले आशु बगाएको थिए ।निच्छा दिदिको पत्र नहुँदा मन क तै अमिलो भयो । तर पत्र पढ्ने क्रम रोकिन मैले ।तेस्रो पत्र नानुलक्ष्मीको उठाए ।भोजपुर लेखगाउकी नानुलक्ष्मी पत्रमा सधैं दाइ सम्बोधन ग र्थिन ।मैले पनि बहिनी सम्बोधन गरेर पत्र पठाउ थे ।शायद त्यसबेला उनि दस् कक्षामा पढ्दै थिईन । उनको अक्षर सा च्चै राम्रो थियो, वाक्य गठन र शब्द छनौट पनि अब्बल नै लाग्थ्यो ।

अध्यारोले सर्लक्क कोठा निले पछि मैले टुकी सल्काए ।मट्टितेलले भिजेको सलेदो बाल्दा फैलिएको घुर्मैलो रोशनीमा नानुलक्ष्मीले लिफामा कोरेका शब्दहरु चम्किरहेका थिए ।चिट्ठीलाई बाहिरबाट सुम्सुम्याए ।बीच भागमा केही बस्तुले पत्रको सतहलाई उचालेको थियो।त्यो बस्तु के हो भन्ने टुङ्गोमा नपुग्दै पत्रको एक छेउ च्यातिसकेको हुन्छ।सेतो पानामा निलो मसीले कोरेका शब्दहरु आली लगाएको खेतको गरा जस्तै देखिन्थ्यो।पत्र भित्रको शब्द भन्दा पनि पोकिएको बस्तुमा पहिला नजर् पुग्यो।कागाअजको सानो टुक्रामा पोका पारेको त्यो बस्तुलाइ जब म ठम्याउछु-एकै पल्त हासो र आशु ओइरिन्छ।ममताले छाती निचोरिद आशु झर्छ, हर्सले फुलेल् हुदा हासो खुस्किन्छ।त्यो बस्तु मेरो लागि हीर भन्दा अ्ऊल्य थियो।त्यहा नानुलक्ष्मीले तिहारको सप्तरङ्गी टिका र सयपत्री पोको बनाएर पठाएँकी थिई ।तिहार गैसके पनि भाइटीका लाईकाखैमा पए मैले ।साघुरो कोठाको आयतन फैलिएर धेरै टाढा अनुभू ति हुन्छ ।नानुलक्ष्मीले तेलको चघेरा हाली बिस्तारै मलाई सुरक्षित बनाउन थाल्छिन्, ढोकाको सङ्घारमा ओखर राखेर मेरो दुश्मनहरुलाई टुक्रा टुक्रा बनाउछिन ।सयपत्रीका पत्रहरु म माथि बर्षएर निधारमा सप्तरङ्गी टिकाअको धर्सो कोर्न थाल्छिन ।म बिस्तारै उनको अनुहारमा आँखा पुर्याउछु ।उनी हर्सले सयपत्री भन्दा बढी सुन्दर बनेकी छिन ।एकै चाइनामा मेरो गलामा सयपत्रीको हार पहिर्याएर मेरो समुन्ने उभिन्छिन ।म शिर निहुर्याएर उनको पाउमा आफुलाइ समर्पण गर्न खोज्छु ।परन्तु त्यहाँ उनको पाउ होइन,उनले लेखेको पत्र थियो ।पत्रलाइ नै नानुको पाउ ठानेर शीर त्यसमा राखिदिन्छु ।पत्र फुकाएर पढे,तिहारमा निम्तो गर्न नसकेकोमा क्षमा माग्दै पत्र जहिले पाए पनिटिकाअ र सयपत्रीलाई ग्रहण गर्नु है भनेर लेखेकी थिईन ।उनको अनुरोधलाइ मैले पुरा गरिसकेको थिए ।साझ गहिरिन्दै थियो । धेरै पर कुकुरले एकोहोरो ह्वाङ्-ह्वाङ बाहेक सारा धर्ती निशब्द पल्टिरहेझै लाग्थ्यो ।छ रपस्ट भएका पत्रहरुलाईसङ्गाल्दै म ओछ्यानमा पल्टेर नानुलक्ष्मीलाइ सम्झनथाल्छु ।भावनामा बह किन्दै जा दा मन तेसै तेसै खुशीमा नाच्न थाल्छ ।भर्खरै बितेको निरस् तिहार बल्ल रसिलो भएको महशुस् गर्छु म ।



समयले कहाँ पर्खिन्थ्यो र? तिहार बितेको केही हप्ता पछि नै रमाईलो मङ्सिर र बनभोजको मौसमले छोडेर गयो ।तुवालोले बक्लो खास्टो ओढेर पल्टीरहेको पौष र माघलाई पार गरे । र शिशिरको सिरेटोमा बग्दै पश्चिम हानिए ।पोखराको मोहिनी जादुमा अल्झिएपछि मैले धेरै कुरा बि र्सिएछु ।पुन्: अर्को तिहार आइपुग्नै लाग्द पो थाहा भयो नानुलक्ष्मी सँग पत्रचार नभ एको पनि कारीब नौ महिना भैसकेछ ।२०५६ को दसैंमा गाउ फर्केर नानुको पुरानो पत्रहरुलाइ पढे ।पत्रहरुमा एउटी चेलीले लेख्नु पर्ने सबै लेखिएको थियो ।धेरै उदाहरण दिएर पत्रमित्रताको मह त व लाई बुझाएकी थिई नानुले । पत्रमित्रताको माध्यम बाट माइती चेली बनेर एक आपसलाई गरेको सहयोगको कथाहरु पनि थियो उनको पत्रमा ।र त्यही कथाहरुको पात्र ब न्ने सङ्कल्प गरेकी थिईन उनीले ।परन्तु बर्तमा नमा हामी बेखबर थियौ ।एक मनले उनलाई पुन्: पत्र पठाउन खोजे तर अर्को मनले तिहार पछिको भाका सार्यो ।२०५५ को जस्तै त्यो तिहार पनि निरास् नै थियो ।गाउले मायासँगको चक्करले मन तिहारतिर फिटिक्कै तानिएन ।देउसी भैलोमा हद भन्दा बढी झ्यामिने मान्छे म, त्यसबर्ष साथीहरुले कर गर्दा पनि डेग चलाईन ।फिल्मा शैलीको विवाहले भाइटिकाको दिन उदयपुरको बसा हा पुर्यायो ।ठुलि फुपु सँग पहिलो पटक त्यो पनि सहयात्राीको साथमा फुल्टिका लगाउदा मन हर्सले हरक्कै भएको थियो ।त्यसबेला मैले नानुलाइ वीरसिए नै ।बसा हाबाट सिधै हामी पोखरा पुग्यौ ।फेवातालको कन्चन पानीमा माछापुछ्रे सँगै डुबुल्की खेलिरहेको आफ्नै प्र ति बिम्ब बर्ष बितेको पत्तै भएन ।कसो कसो २०५७ को दसैं र तिहारले तान्यो गाउतिर ।जब गाउ आइपुगे र नानुको पुरानो पत्रहरुमा एकपटक नजर घुमाए, तब बिस्मृत स्मृतिले मानसपट कोपर्न थाल्यो । त्यो बेला मैले नानुले पठा एको सप्तरङ्गी टिका र सयपत्रीलाइ धेरै सम्झिए ।परन्तु दुई वटा शरदले आँखाइ अ घि बिदा लिईसकेको बेला पुन्:पत्रचार गर्ने सा हा स गर्न सकिन ।


नानुलक्ष्मी सँग पत्रचार बन्द भएको दस् बर्ष बितिसकेछ ।यो दस् बर्षमा जिन्दगीले धेरै घामपानीहरु झेलिसक्यो,जोडीएका धेरै साईनोहरु टुटेर गैसके, आफ्नै भन्नेहरु पनि पराइको लाममा उभिन पुगिसके ।दस् बर्ष भित्र घटेका धेरै घट्नाहरु स्मृतिपटमा खोजे पनि भेटिदैन । अपितु मैले भावना ,समिक्षा र निच्छालाई झै नानुलक्ष्मीलाई भुल्न सकेको छुइन । उनका सुन्दर अक्षरहरु, पत्रमित्रताको महतव दर्शाउदै कथिएका कथाहरु र त्यो पत्र भित्र सानो कागजमा जतनले पोकिएको टिका र सयपत्रीको पत्रहरु मेरो स्मृतिमा ताजै छ ।जब जब तिहार नजिकै आईपुग्छ, त्यो बेला म नानुलक्ष्मीलाई धेरै सम्झिरहेको हुन्छु ।


रात अध्यारो छ मन जस्तै


न मारुनी आगनीमा


न देउसे भैलेनी


दिन उदास छ मन जस्तै


साच्चै आज त भाईटीका


-ईन्द्रेणी पोखरी-८,खोटाङ

कबिता

भने पछि जले कति ....

-ठुले दोभान अरुण कोईमी

साहास नवटुलेको होइन
तर हार खाए जस्तै
तिमीले पनि त साहासमा मात्रै जिएको छौ
अझ साहास बटुलेको छु
हामी अलिक थोरै भए पनि फरक नै भयौ
कस्तो-कस्तो साहास भन्छौ होला
शत्रु संग सधै लड़नु होइन
लड़ाई भूमिमा जस्तै बच्नु पर्छ
बन्दुक मात्रै नभएर
कानुनसँग पनि जिउने गर्नुपर्छ
प्रिथ्बीको एउटै ग्रहमा रहे
साझ बिरानोमा
माथि-माथि अर्कै ग्रहमा पुगे झै
हराउदै हराउदै सम्पर्क बिहीन हुँदा
केबल भगवान लाई मात्र थाहा छ
कुन दुनियामा फसिएछ
एउटै कुरूप समाज सिंगी उभिएको छ
जसले हेला गर्छन
तेरो देशका जनताहरू छि..,नेता त झनै
भने पछि जले कति
केबल मात्रै
के जिन्दगी जिउनुमा ?
के जिन्दगी रहेछ जिउनुमा ?

-बास्बोटे-८,उदयपुर
हाल:मलेसिया

Wednesday, October 22, 2008

गजल










-डोलेन्द्र पौडेल
पानपाते ओठमा रातो रातो लाली रै'छ
लामो त्यों कपालमा रातै फूलको डाली रै'छ

मुसुक्क मुस्काउदा गालैमा डिम्पल आउने
ठुला आखा कति राम्रा तर केही काली रै'छ

बान्की पर्या शरीर कम्मर भाची हिड्दा खेरि
सबैलाई लोभ्याई दिने तर मनकी जाली रै'छ

मन्दिर गई फर्किएकी पुजा पाठ सकाएर
निधारको टिका माथि सिउदो तेसै खाली रै'छ

काली मोरी नभेटेको धेरै बर्ष भाको थियो
सबै कुरा सोध्दा खेरी मेरै दाइकी साली रै'छ


-बाग्लुङ
हाल्:आइ एम इ राबाङ्ग्, मलेसिया









Tuesday, October 21, 2008

गजल







-रबिन्द्र राई "अधुरो"
समय बद्लिएकै रहेछ जनताहरु बाठा भएछन
सधैं एउटै मियोमा घुम्ने नेताहरु टाटा भएछन

मेरो होइन यो बात परिणामले तेस्तै देखाइदियो
देश बेचेर मालिक बन्नेहरु घाटा भएछन

जनता ले नपत्याए पछि कस्को के लाग्छ र खै !
राजनीतिमा हिड्दा हिड्दै शरिर भाटा भएछन

हात तान्नु पर्ने बेलामा खुट्टा तान्न थाले पछि
देशका उडुसहरु दुइपाटा भएछन !


-बुइपा-२,खोटाङ
हाल्:मलेसिया


कबिता

आच्छु छू ..छू..छू डायस्पोरा

-बियोगी काला

काम्दै थर-थर बातवरमा इतर
पर्देशै परदेश हो जीबन
बुझ्नु पर ...देश
अलिकति पर एउटा जिन्दगी
धेरै पर ..... देशमा हुनु
छाना, भित्ता, बलेसी ,आगन ,कौसीफुल
टाढा हुनु , छुट्टीनु, छूट्टीदै छुट्टीनु
सम्बंधका किला दाम्ला चुडेर
सेकाउनु चुडाएर मुटु
सरंग मुनि भरमा तप-तप
सिंग्रिंग जिउमात्र भएर परदेशी
पाई बस्छ ,चेपेर परिस्थितिको गिजाले
चलाई बस्छ बिबसताको जिब्रोले
निचोरेर समयले पल पल !
छोक्रा मात्र जीबन बोक्रा मात्र डायस्पोरामा

चाप फूल्यो बन सेतै
जिउ मात्र यता मन तेतै
संगीतको कोलाजभित्र अन्तस्करण
यही आकाशमुनी तेही भुगोलमा
परदेश पिडाको जंगल हो
जहाँ थुप्रै रुखहरू झ्यागिएका हुन्छन्
सुकेर खस्नु मात्र स्वभिमानका पातहरु
सुनामी क्यास्त्रिना बिच भूमरिमा
जोहो गर्न गार्हो -फलाउन जिन्दगी
घाम नभेटर पहेलो पहेलो बाच्नु
निस्पट्टा दु:खको जंगलमा
फर्कन नसकेका निर्बासित चराहरू /परदेशी मनहरू
बुन्नु मखमली सपना देखेर
खस्नु फद्केबाट म्रिगमरिचिकाको
उमेरहरू बेच्नु मात्र
बगाउनु पसिनको तमोर
श्रम सीपको खिया लगनु
उचाल्नु अरुलाई माथि
हाम्रो बुद्दी बस तेती

टेकेर यात्रा गर्नु अखाटोमा आफै कपेर
भन्ज्यांगको चिसो बतास -पेंगकर उक्लनु
सिरेटोले जिउमा हात हालेर जान्छ
मिनापचासको बिदा हो -डायसपोरा
कक्रिएर जिउ मार्काउन नसकिने तन्काउन
साइबेरियाको ठिही भन्दा हुन्छ
आच्छु ! कति जाडो हो -परदेश

शहीदको रगतले कोरेको रुपरेखा
रंग भरू तेल्चित्रमा मनोहर -भन्छु
घुम्नु -चढ़नु हिउको आफ्नै टाकुरामा
कुन बाली फल्दैना ! आफ्नै पाखुरामा
आउछ सहकाल पसिना बगाएर बंजर भूमिमा
परिश्रम गरे फल्छा सुन पनि मातृभूमिमा

नबुझेरै थाहामा लागेको लै लैमा
(पिरशाला) परदेश
भग्नावशेस जिजीबीषाहरु बटुलेर
गाली गर्नु जस्तो युयुत्साले
थुइक्का: परदेश
छ्या : परदेश
छि : परदेश

घ्रिनाको जंगल बाट फर्क
न्यानो मातृभूमिको काखमा
निर्बासित मनहरू /अभिशप्त सपनाहरु
पर्खिरहेछ सेतै फुलेको सगरमाथा
फर्क ! श्रम , सीप जागरहरू
फर्क !! पाखुरा पसिनाहरू
फर्क !!! अस्तित्व स्वाभिमानहरु
आच्छु कति जाडो -डायस्पोरा


-पौवासार्ताप-, पाँचथर
हाल : मलेसिया

Monday, October 20, 2008

कबिता

तन्देरी युग

-मुना निश्चल

कयौ परिहरूले

त्यो निरंकुस अदिप्त हिरासत भित्र

त्रासमग्न दीप बाल्दै

लुकीछिपी गासेका बरमाला

मौसमानुकुल पुस्पहरुको

केबल तिम्रो बग्दो उमेरको

उदाउदो यौबन देखेर

तर बिडम्बना

परिबर्तित युग सेपीहरू

दबी रहे नयाँ रूप

आदिम युगको घुम्टो ओढाई

ढुन्गे युगका परिहरु

जलाई रहे खोजी-खोजी

समयशील बारमाला

तिनै कुसस्कार र कुरीतिको

जंजीर भित्र

खुन र पसिनाको पुष्पा गुच्छा

बिना स्वयंबर सेलिरहे

प्रतिगामी सडयंत्री पन्जामा

ज्युदै मरीरहे

अग्रगामी ठेला गाढाहरु

योग्य प्रमाणपत्रको

अयोग्य प्रतिलिपिसंगै दुखेर

तर युग तिमी त ज्युदै रहेछौ नि हैन ?

बग्दो गतिको तन्देरी

अब मन बिश्वस्त ...निश्चय नै

नब युग

दमनकारी बक्ष

बिच्छेदक अटम

नयाँ प्रजातीय अंकुरण

हिमपतिया क्रुर ज्यादातिहरू छिचोल्दै

धमाधम तुसाउदैछन

गल्ली गल्ली

नयाँ स्मरणसूचक

बरमाला लिई
तिम्रो स्फटिक तुल्य यौबन चूमना

तछाड़ -मछाड यज्ञघरमा परिहरु

ऐ तन्देरी युग !

यो पल तिम्रो स्वयंबर निश्चित ...

अनि बैज्ञानिक बिधिको बेहुलो

तन्देरी युग !!!

गीत

रूदा रुदै ......
- डिआर निश्छल
रूदा रुदै रित्तिएछ आखा भित्र आशु पनि
कति बसू पर्खिएर तिमी आउने दिन गनी

पर्देशको संसार भित्र तिमी कतै हरायौ कि
मलाई बिर्सी अरु कोही पो प्राणप्रिय बनायौ कि
सपनीमा दुख दिन्छौ आइदिन्छौ झल्झली
कति बसू पर्खिएर तिमी आउने दिन गनी

जुनिभरि साथ दिने कसम मैले खाए भन्थ्यौ
जिन्दगीको गोरेटोमा असल साथी पाए भन्थ्यौ
कता हिद्याऊ छुटिएर याद आउछ घरि-घरि
कति बसू पर्खिएर तिमी आउने दिन गनी

रूदा रुदै रित्तिएछ आखा भित्र आशु पनि
कति बसू पर्खिएर तिमी आउने दिन गनी

-महेश्वरी-२, खोटांग
हाल: भिक्टोरिया

Sunday, October 19, 2008

गजल

-सन्जय राई "छुच्चा"
बिहानीको आशमा कति रातै हरायो
फूल मात्र होइन यहाँ पातै हरायो

बेदना चित्कारमा दुखन छाडे मुटुहरु
यस्तो लाग्छ मानबताको जातै हरायो

बाच-बचाऊ भन्नु के मर- मार मात्रै
ज़िन्दगी जिउनु बिचको भाकै हरायो

चोइट्याएर भुगोल पनि रम्नेहरू देख्दा
एकता मेलमिलापको नातै हरायो

-दावा -, भोजपुर
हाल : धरान, सुनसरी

गजल

-ईन्द्र नाराथुंगे
प्राण भन्दा धेरै माया देशको
अघि पछि सधै छाया देशको

अझै हुन्छ बुढो रूप अमिल्दो
कोर्नु पर्छ खाका नयाँ देशको

खानेहरू थोरै हेर्ने हजार
फेर्ने पर्छ काया देशको

मुखहरू बन्द कसको डरले ?
बसेका छौ दायाँ बायाँ देशको

बिमारले आमा अझै थकित
पुर्नु पर्छ अब घाया देशको

- इन्द्राणी पोखरी -, खोटांग
हाल: मलेसिया

गीत





सबै कुरा
-डिआर निश्छल
सबै कुरा बिर्सिएर अब एउटा बिन्ती मेरो
बसेपनि छुटिएर घुम्नु मेरो सेरोफेरो

भेल आई बर्सातमा मनको बाध फुटे पनि
धोका पाई पिरतीमा भंगालो भई छुटे पनि
सम्झिनु है कसम खाको बिर्सिदिनु दोस् मेरो
बसेपनि छुटिएर घुम्नु मेरो सेरोफेरो

रात भर अनिदोमा परेलीको झरी पर्दा
मनभरी चैत्रमासे अलच्छिने हुरी चल्दा
नभुल्नुहै न्यानो साथ सम्झी दिनु माया मेरो
बसेपनि छुटिएर घुम्नु मेरो सेरोफेरो

सबै कुरा बिर्सिएर अब एउटा बिन्ती मेरो
बसेपनी छुटिएर घुम्नु मेरो सेरोफेरो

-महेश्वरी-,सानोदुम्रे,खोटांग
हाल: भिक्टोरिया